Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • अख्तियार गलत बाटोमा
अख्तियार गलत बाटोमा
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, माघ २६, २०७६
Hardik health
साँच्चै भन्ने हो भने अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विधिको शासन तोडेको देखिन्छ । सत्तामा बस्नेलाई माफी दिने र सत्ता बाहिरकालाई भने मुद्दा लगाउने संस्कार अख्तियारले बसालेको छ । एक जनाले जग्गा फिर्ता दिन्छु भनेको भरमा मुद्दा नलगाइनु सबैभन्दा ठूलो गल्ती भएको छ । कसैले नदेखे चोर्ने तर कोही कसैले देखेमा जिस्केको भनेर टार्ने हो भने यो त सबैभन्दा ठूलो बद्मासी हो । यसरी नक्कल गर्नेलाई झन् ठूलो सजाय दिनुपर्छ । गणतन्त्र भनेको नै कानुनी राज्य हो । यो शासन व्यवस्थामा कोही कसैले पनि कानुनभन्दा बाहिर गएर काम गरेको छ भने कुनै पनि बाहनामा माफी पाउँदैन किनभने कानुन अनभिज्ञतामा कोही कसैले माफी पाउँदैन । तर, अहिले भने अख्तियारले सत्ता पक्षको भएको नाताले कुनै व्यक्तिलाई माफी दिएको छ । अख्तियारको यो कदमलाई पूर्वाग्रहपूर्ण र राजनीतिक बदनियतका रूपमा लिन सकिन्छ । ललिता निवास जग्गा प्रकरणमा अख्तियारले १७५ जनाविरुद्ध विशेष अदालतमा म्ुद्दा दायर गरेको छ । यो अत्यन्तै प्रशंसायोग्य कार्य हो तर यस क्रममा सत्तापक्षका केही नेताहरू र पूर्वप्रधानमन्त्रीहरूलाई जोगाउने प्रपञ्च भएको छ, यो अत्यन्तै गलत भएको छ । यसै विषयलाई लिएर यसको विरोधमा बिहीबार प्रतिनिधि सभा बैठकसमेत अवरुद्ध गरेको थियो । गणतन्त्रमा कोही कसैले माफी पाउने कुरै हुँदैन । झन् नेताहरूले त अनजानमा भएको गल्ती भन्नसमेत मिल्दैन । हिजो राजाले कानुनलाई हातमा लियो । उसलाई कानुन नलाग्ने भयो भनेर आन्दोलन छेडेका नेताहरूले आज आफैँ कानुन हातमा लिने मात्र होइन, आफू नै छोटेराजा बनेर अघि बढेको देखिन्छ । कानुनी शासनलाई नटेर्ने हो भने हिजोको राजा नै ठिक थिए । हिजो एक राजाले यो मुलुकको फाइदा लिइरहेका थिए तर आज हजारौँ छोटेराजाहरूलाई जनताले पाल्नु परेको मात्र होइन, यो देशको ढुकुटीमा पनि उनीहरूको मनपर्दी भएकाले कानुनको उपहास गर्ने छुट कसैलाई छैन । अख्तियारले सत्तापक्ष र पहुँचवाला भएकाले माफी दिने हो भने कानुन किन चाहियो ? किन अदालत चाहियो ? उसैले पक्राउ गर्याे, सत्तापक्ष र पहुँचवाला भए छाडिदियो, नत्र कानुन भन्दै उसैलाई जाके भइहाल्यो नि । सुशासनको कल्पनाका साथ गठन भएको अख्तियारले सत्तापक्ष र पहुँचवालाहरूलाई कारबाही नगर्ने हो भने अख्तियारको स्थापनाको उद्देश्य पूरा होला त ? यदि पूर्वाग्रहपूर्ण र राजनीतिक बदनियतले अघि बढ्ने हो भने गणतन्त्र आवश्यक छ कि छैन ? आफू इतर नेता र कार्यकर्तामाथि झुठ्ठा मुद्दा लगाउने र हतोत्साहित गर्ने शृंखला अख्तियारले रोक्नुपर्छ । अख्तियारको यो कदमलाई लोकले मन पराएका छैनन् । त्यसमाथि अख्तियारलाई गलत ढंगले प्रभावित गरी राजनीतिक पूर्वाग्रह राखी काम गर्ने सरकारले पनि लाज भन्ने चिजको महसुस गर्नुपर्छ । कानुनको नजरमा सबै जना बराबर हुन् । विपक्षी नेताहरू भएकै कारण फसाउन खोजिएको हो भने यो कदमलाई विरोध गर्नैपर्ने हुन्छ । नेताका छोरा र नेता हुनेबित्तिकै बचाउनुपर्ने तर विपक्षीलाई भने नछाड्ने हो भने यो शैलीलाई पञ्चायत शैली भन्दा फरक पर्दैैन ।
प्रकाशित मिति: आइतबार, माघ २६, २०७६  ०९:४१
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु शुक्रबार, कात्तिक २१, २०८२
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP