Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #विश्व दृष्टि दिवस
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • चैतमा ६१ हजारभन्दा बढीले लिए श्रम स्वीकृति
चैतमा ६१ हजारभन्दा बढीले लिए श्रम स्वीकृति
बिहीबार, वैशाख ७, २०८०
baideshik-rojgar
Hardik health
    • मलेसिया पहिलोस्थानमा कायमै
    •  पाँच हजार १३५ जना महिला
काठमाडौं– चालु आर्थिक वर्षको नवौं महिना अर्थात् चैतमा वैदेशिक रोजगारीमा जानका लागि ६१ हजारभन्दा बढीले श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको विवरणअनुसार चैतमा ६१ हजार ४७८ जनाले नयाँ तथा पुनः श्रम स्वीकृति लिएका हुन् । यो संख्या फागुनको भन्दा न्यून हो । फागुनमा ६१ हजार ८४५ जनाले विदेश जान श्रम स्वीकृति लिएका थिए । यसभन्दा अघिल्लो महिना माघमा यस्तो संख्या ६४ हजार २८४ थियो । पुस महिनामा ६५ हजार ४६४ जना र मंसिरमा ६८ हजारभन्दा बढीले श्रम स्वीकृति लिएको तथ्यांक छ । सरसर्ती हेर्दा गत आर्थिक वर्षबाट पुरानै लयमा फर्किएको वैदेशिक रोजगारीको यात्रा चालु आवको मंसिरबाट खस्किँदै गएको विभागको तथ्यांकले देखाएको छ । चालु आवको सुरुआतदेखि नै पहिलो गन्तव्य बनेको मलेसिया जाने नेपाली कामदारहरुको संख्या पनि खस्किँदै गएको तथ्यांक छ । चैत महिनामा १६ हजार २६५ जनाले मलेसिया जान श्रम स्वीकृति लिएका छन् । गत फागुनको तुलनामा चैतमा मलेसियाका लागि श्रम स्वीकृति लिनेको संख्या तीन हजार ५५९ ले कम हो । अघिल्ला महिनाहरुको तुलनामा मलेसिया जाने संख्या घट्दो क्रममा छ । यद्यपि, विभागले दिएको श्रम स्वीकृतिको आधारमा अझै पनि मलेसिया नेपालीहरुको पहिलो गन्तव्य नै रहेको छ । मलेसियाले नेपाली कामदारलाई प्राथमिकता दिँदै आएको छ । जसअनुसार नेपालबाट अधिक कामदार आपूर्ति गर्ने नीति लिएको छ । यसैगरी चैत महिनामा रोजगारीका लागि कतार जान ११ हजार २४९ जनाले श्रम स्वीकृति लिएका छन् । कतार जाने नेपालीहरुको संख्यामा पनि क्रमिकरुपमा गिरावट आएको छ । विभागको तथ्यांकअनुसार कतार जान गत फागुन महिनामा ११ हजार ३०३, माघ महिनामा १२ हजार ७०४ र पुस महिनामा १३ हजार ६६ जनाले श्रम स्वीकृति लिएका थिए । यस्तै चैत महिनामा साउदी अरेबियाका लागि ११ हजार ३६४, संयुक्त अरब इमिरेट्स (युएई) १० हजार १९३ र कुवेतका लागि दुई हजार ७९४ जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ । साउदी र कुवेत जाने नेपालीको संख्यामा अघिल्लो महिनाको भन्दा बढेको छ । उल्लिखित यी पाँच देशमा जाने नेपाली श्रमिकको संख्याले वैदेशिक रोजगारको ठूलो हिस्सा ओगटेको विभागको तथ्यांकले देखाएको छ । त्यस्तै रोमानियामा एक हजार ५७८, जापानमा ९२८, बहराइनमा ६७४, क्रोएसियामा ५४०, पोल्याण्ड ४७८, साइप्रसमा ४४४, ओमानमा ४५३, माल्दिभ्समा ३११ र माल्टामा २२० जना श्रम स्वीकृति लिएर रोजगारीका लागि गएका छन् । चैतमा इपिएस प्रणालीमार्फत दक्षिण कोरिया जाने नेपालीको संख्या दुई हजार ३२३ रहेको विभागले जनाएको छ । विभागबाट कूल श्रम स्वीकृति लिनेमध्ये पुनः श्रम स्वीकृति लिने २५ हजार ४०० जना छन् भने पहिलोपटक विदेश जान श्रम स्वीकृति लिनेको संख्या ३६ हजार ७८ जना रहेका छन् । चैतमा श्रम स्वीकृति लिनेमध्ये पाँच हजार १३५ जना महिला रहेको विभागले उल्लेख गरेको छ । विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार जिल्लागतरुपमा धनुषाबाट सबैभन्दा बढी रोजगारीका लागि श्रम स्वीकृति लिएको देखिन्छ भने झापा दोस्रो स्थानमा रहेको छ । यस्तै सिरहा र महोत्तरी क्रमशः तेस्रो र चौथो स्थानमा छन् । मोरङ पाँचौं स्थानमा रहेको छ । सर्लाही, सुनसरी, सप्तरी, नवलपरासी पूर्व, रौतहट, स्याङजा, तनहुँ, दाङ, चितवन, बारा, बागलुङ, पर्साबाट पनि विदेश जानेको संख्या उच्च रहेको छ । रुपन्देही, तनहुँ, कपिलवस्तु, मकवानपुर, डडेलधुराबाट पनि उल्लेख्य मात्रामा नेपालीहरु विदेश गएको विभागले जनाएको छ । चालु आर्थिक वर्षको सुरुआतदेखि नै रोजगारीका लागि विदेशिने नेपालीको संख्यामा वृद्धि हुँदा यो नौ महिनाको अवधिमा छ लाख ३४ हजार जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ । यस अवधिमा सबैभन्दा बढी कात्तिक महिनामा ७८ हजारभन्दा बढीले श्रम स्वीकृति लिएको तथ्यांक छ ।  
प्रकाशित मिति: बिहीबार, वैशाख ७, २०८०  १०:५५
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
मारिया कोरिना मचाडोलाई नोबेल शान्ति पुरस्कार
मारिया कोरिना मचाडोलाई नोबेल शान्ति पुरस्कार
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP