Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #महिला टी-२०
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • युवाहरूको सुरक्षाको विषयमा संवेदनशील हुन आग्रह
युवाहरूको सुरक्षाको विषयमा संवेदनशील हुन आग्रह
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, माघ २६, २०७६
forum-stage-
Hardik health
काठमाडौं– नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वैदेशिक रोजगारीमा गएका युवाहरूको सुरक्षाको विषयमा संवेदनशील हुन व्यवसायीहरूलाई आग्रह गरेका छन् । शुक्रबार नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमको दशौँ साधारणसभा काठमाडौंमा उद्घाटन गर्दै उनले वैदेशिक रोजगारले देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याएकाले रोजगारीमा गएका युवाहरूको सुरक्षाको विषयमा संवेदनशिल हुन व्यवसायीहरूलाई आग्रह गरे । उनले भने, ‘परिवार पाल्नकै लागि विदेशिएका युवाहरूले पठाएको बिप्रेषणले देशको अर्थतन्त्रमा निकै ठूलो योगदान पुगेको छ, जसकारण वैदेशिक रोजगार व्यवसायीहरूले उनीहरूको सुरक्षामा ध्यान पुर्याउनुपर्छ ।’ देशमा रोजगारीको वातावरण सिर्जना नहुँदासम्म देशका क्रियाशील युवाहरूलाई सुरक्षित र राम्रो काममा पठाउनु साथसाथै अझ प्रभावकारी ढंगले अगाडि बढ्न उनले आग्रह गरे । कार्यक्रममा प्रतिनिधिसभामा नेपाली कांग्रेसका प्रमुख सचेतक तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले कार्यक्रमा बोल्दै वैदेशिक रोजगार व्यवसायीहरू चुनौतीपूर्ण अवस्थामा रहेको बताएका छन् । व्यवसायीहरूले स्वतन्त्र रूपमा आफ्नो व्यवसाय गर्न पाउने संवैधानिक अधिकारमाथि अहिलेको कम्युनिस्ट सरकारले अंकुश लगाउन खोजेको र अधिनायकवाद सिर्जना गरी व्यवसायीमाथि नियन्त्रणकारी भूमिका खेलेको आरोप लगाए । वैदेशिक रोजगार व्यवसायीहरूले स्वतन्त्र रूपमा आफ्नो व्यवसाय गर्न पाउनुपर्ने भन्दै त्यसका विरुद्ध नेपाली कांग्रेसले व्यवसायीहरूलाई सबै प्रकारले सहयोग गर्ने प्रतिवद्धता जनाए । नेपाली कांग्रेसको खुला नीतिकै कारणले नै नेपालमा वैदेशिक रोजगार व्यवसाय मौलाउन पाएकोे उनले बताएका छन् । वैदेशिक रोजगार ऐनको व्यवस्थाविपरित नियमावलीमा व्यवस्था गरी करोडौँ रकम धरौटी राखेका व्यवसायीहरूलाई कामदार पठाउनुपर्ने संख्या तोक्नु न्यायोचित नभएको भन्दै त्यसका विरुद्ध कांग्रेसले व्यवसायीहरूलाई साथ दिने बताए । अहिलेको कम्युनिस्ट सरकारले संविधानलाई कमजोर बनाउन खोजेको आरोप पनि उनले लगाएका छन् । ‘कुनै पनि व्यवसाय गर्न अहिलेको संविधानले छुट दिएको छ, तर पछिल्लोपटक सरकारले वैदेशिक रोजगार व्यवसायलाई नै संकटमा पार्न सक्ने किसिमले अघि सरेको छ,’ कांग्रेसका प्रमुख सचेतक खाँणले बताए । करोडौँ धरौटी राख्न लगाउने अनि एक आर्थिक वर्षमा कम्तीमा सय जना कामदार वदैशिक रोजगारमा पठाउनै पर्ने कानुन ल्याएर व्यावसायीहरूलाई विस्तापित गर्न खोजेको उनले बताए । कार्यक्रममा पूर्वश्रममन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले अहिले मुलुक इतिहासकै जटिल अवस्थामा रहेको बताएका छन् । नेपालको अर्थतन्त्रमा वैदेशिक रोजगारले ४० प्रतिशत योगदान दिएको उनले बताए । ‘यसको मुल श्रेय वैदेशिक रोजगार व्यवसायीहरूले पाउनु पर्छ,’ उनले वैदेशिक रोजगार क्षेत्रले दिएको योगदानप्रति कांग्रेसले गर्व गर्ने बताए । ०४८ यताको इतिहास पल्टाउँदै वैदेशिक रोजगारलाई सुरक्षित र व्यवस्थित गर्न कम्युनिस्ट पार्टीहरूको योगदान १० प्रतिशत मात्र रहेको र बाँकी ९० प्रतिशत योगदान कांग्रेसको रहेको दाबी पूर्वमन्त्री लेखकले गरेका छन् । यसमा कसैलाई शंका उपशंका भए नेपाल वैदेशिक रोजगार व्यवसायी संघले पूर्वश्रममन्त्रीहरूलाई राखेर एकदिने छलफल चलाउन आग्रह गरे । वैदेशिक रोजगारको कानुनी व्यवस्था, श्रम सम्झौताजस्ता उपलब्धिमा नेपाली कांग्रेसको सरकारका पालामा भएको पनि उनले दाबी गरेका छन् । आवश्यक परे छलफलमार्फत नै पुष्टि गर्न सकिने पूर्वमन्त्री लेखकले चुनौती दिए । त्यस्तै, राष्ट्रिय सभाका विपक्षी दलका नेता सुरेन्द्र पाण्डले पनि वैदेशिक रोजगार व्यावसायीकै कारण मुलुक सञ्चालनमा सहज भएको बताएका छन् । बिप्रेषणकै भारमा मुलुक चलेको तर यहि क्षेत्रलाई पनि सरकारले सौतेनी व्यवहार गरेको भन्दै आफूहरूले वैदेशिक रोजगार व्यवसायलाई सुधारका लागि सधैँ तयार रहेको बताए । लोकतान्त्रिक फोरमका पूर्वअध्यक्ष एवं संघका वर्तमान अध्यक्ष विष्णुप्रसाद गैरेले वैदेशिक रोजगार व्यवसायी संघको नेतृत्वमा आएपश्चात आफूहरू सुधारात्मक तवरले अगाडि बढेको बताए । ऐन र नियमावलीमा भएका समस्याको समाधानका निम्ति मन्त्रालयमा छलफल गरिरहेको बताए । यस विषयमा श्रम मन्त्री पनि लचिलो भई समस्याको समाधानका निम्ति तयार रहेको बताए । उनले नेपाली कांग्रेसका छाँया श्रम मन्त्रीले व्यवसायीहरूसँग सहकार्य नगरी एकलौटी रूपले अगाडि बढेको बताएका छन् । कार्यक्रममा नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमको नयाँ सदस्यता लिएका ४२ जना व्यवसायीलाई साधारणसभामा सदस्यता प्रदान गरिएको थियो ।
प्रकाशित मिति: आइतबार, माघ २६, २०७६  ०५:३०
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
साउदीसँग जनवरीभित्रै श्रम सम्झौता गर्ने तयारी
साउदीसँग जनवरीभित्रै श्रम सम्झौता गर्ने तयारी बिहीबार, पुस १०, २०८२
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण 
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण  बुधबार, पुस ९, २०८२
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने बुधबार, पुस ९, २०८२
सरकारले गर्‍याे वृद्धि गरिएको  स्वास्थ्य परीक्षण शुल्क   खारेज
सरकारले गर्‍याे वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज मंगलबार, पुस ८, २०८२
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ मंगलबार, पुस ८, २०८२
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति मंगलबार, पुस ८, २०८२
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP