Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • सरकारी जग्गा हडप्नेलाई छुट नदिइयोस्
सरकारी जग्गा हडप्नेलाई छुट नदिइयोस्
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, माघ २३, २०७६
Hardik health
लोकतन्त्रमा कानुनी राज्यको कल्पना गरिन्छ । कानुनभन्दा कोही माथि नहुनु पर्ने बेलामा राजनीतिक पार्टीहरूले यसलाई लत्याएर आफू मात्र सर्वैसर्वा बनाउन लागेका छन् । कुनै बेला ज्यानमाराको आरोप लाग्नेबित्तिकै उसलाई सार्वजनिक पदमा बस्न दिइँदैनथ्यो । तर, नेता भन्नेबित्तिकै अहिले सबै छुट दिने वा पाउने चलन बस्न लागेको छ । यसले कानुनी राज्यको उपहास गरेको छ । अहिले नेताहरूलाई कानुन नलाग्ने भएकाले जनताले लोकतन्त्रमाथि विश्वास गर्न सकेका छैनन् । नेताहरूको छोटेराजा बन्ने इच्छाले लोकतन्त्रको शाब्दिक अर्थमा नै धक्का पुगेको छ । सरकारी जग्गा हडप्नेमा नेताहरूकै नाम अगाडि भएको छ । प्रहरी तथा अन्य छानबिन समितिले गरेको छानबिनको प्रतिवेदनमा पनि नेताहरूलाई भने जोगाएर कर्मचारीलाई मात्र कारबाहीको सिफारिस गरिएपछि आमजनतामा एक किसिमको निराशा पैदा भएको छ । सरकारी जग्गा हडप्ने जो कोहीमाथि पनि कारबाहीको डन्डा चलाएर उक्त जग्गा फिर्ता गर्नुपर्ने बेलामा सरकारले नै छानबिनमा हस्तक्षेप गरेर नेतालाई जोगाउने प्रपञ्च गर्नु सरासर गलत काम हो । अहिले बालुवाटारको ललिता निवास जग्गा प्रकरणले मुलुक तताएको छ । यस प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले १ सय ७५ जनाविरुद्ध भ्रष्टचार निवारण ऐन, ०१७ अनुसार मुद्दा दायर गरेको छ । सो जग्गालाई हडप्नका लागि राजनीतिक तहबाट नै कीर्ते भएको छ । ललिता निवास र त्यसले चर्चेको ११४ रोपनी जग्गा हिनामिना प्रकरणमाथि प्रहरीको सिआइबीले दिएको प्रतिवेदनमा नेतालाई जोगाउने काम भएको छ । आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरिसकेको छ । यस्तो प्रतिवेदनको आधारमा दायर भएको मुद्दा कति कमजोर होला ? यो हेर्न बाँकी छ । हुन त प्रहरीले पनि ठगी र कीर्ते सम्बन्धी कसुरमा अर्को मुद्दा दर्ता गर्ने बताइएको छ । तर, यस्तो प्रतिवेदन दिने सिआइबीको मुद्दाको कुरा केवल देखाउका लागि हुन सक्छ । ललिता निवास प्रकरणमा मुख्यगरी नेताहरू नै मुछिनुपर्ने हो तर प्रहरीले तिनै नेताहरूलाई जोगाउनु आश्चर्यजनक कुरा भएको छ । सिआइबीले मुद्दा जिल्ला अदालत, काठमाडौंमा दर्ता गर्ने भएको छ । अदालतले प्रमाणको आधारमा मुद्दा हेर्ने हो । जब प्रहरीले कमजोर प्रतिवेदनका आधारमा दायर गरेको मुद्दाले तिनै नेताहरूलाई क्लिन चिट दिने सम्भावना छ । नेताहरूले आफूलाई चोखो प्रमाणित गराउन प्रहरीलाई प्रयोग गर्न लागेको देखिन्छ । यो देशलाई बिगार्ने भनेकै प्रहरी र नेताहरू भएका छन् । उनीहरूको मिलेमतोमा असम्भव काम पनि सम्भव हुँदै आएको छ । प्रहरी र नेताले चाहने हो भने १२ वर्षपछि पनि सच्चाइ बाहिर ल्याउन सक्छन् तर नचाहने हो भने युगौँ युगसम्म पनि यस्ता घटना भित्रको भित्रै लुक्न सक्छन् । त्यसैले प्रहरी र नेताहरू सच्चा निस्के भने मुलुक बन्न समय लाग्दैन । सिंगापुरको कायापलट हुनुमा प्रहरीको सहयोगभन्दा अरु केही छैन । यहि कुरालाई राम्ररी जानेका नेताहरूले प्रहरीलाई बलियो बनाउनुको सट्टा उनीहरूलाई नै आफूले खेलाउन थालेका छन् । यो मुलुक बनाउनका लागि प्रहरीलाई मात्र नीति र निर्देशनमा चल्ने गरी जिम्मेवारी दिइयो भने सबै ठीक हुन्छ ।
प्रकाशित मिति: बिहीबार, माघ २३, २०७६  ०८:४३
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु शुक्रबार, कात्तिक २१, २०८२
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP