Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #महिला टी-२०
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • फोरम कार्यसमितिमा सहमति असम्भव बन्दै
फोरम कार्यसमितिमा सहमति असम्भव बन्दै
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, माघ २३, २०७६
Hardik health
काठमाडौं– नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमको कार्यसमितिमा सहमतिको सम्भावना कम हुँदै गएको छ । फोरमको शुक्रबार हुने कार्यसमिति चयनसहितको दशौँ साधारणसभामा नेतृत्वमा पुग्ने आकांक्षीहरू बढ्दै गएपछि सहमतिको सम्भावना कम हुँदै गएको हो । सहमति कायम गर्न नेपाली कांग्रेसले केन्द्रबाट केन्द्रीय सदस्य रमेश लेखकलाई पठाएको थियो । उनले बुधबार दिनभर सहमतिको प्रयास गरेका थिए तर सहमतिमा पुग्ने वातावरण भने बनेन । व्यावसायीहरूले सहमतिभन्दा पनि आफ्नो दाबी मात्र पेस गरेपछि बैठकमा सहमति हुन नसकेको बैठकमा सहभागी एक सदस्यले प्रभाव दैनिकसँग बताए । अहिले फोरम नेतृत्वको अध्यक्षको आकांक्षीमा ५ जनाको नाम चर्चामा आएको छ । जसमा पूर्ववरिष्ठ उपाध्यक्ष नरेन्द्र ढकाल, नेपाल वैदेशिक रोजगार संघका पूर्वद्वितीय उपाध्यक्ष भुवनसिंह गुरुङ, पूर्ववरिष्ठ उपाध्यक्ष ऋषिप्रसाद शर्मा, सल्लाहकार सीता देवाकोटा र देवीप्रसाद काफ्लेले आकांक्षा व्यक्त गरेका छन् । त्यस्तै ,फोरमको नेतृत्वको वरिष्ठ उपाध्यक्षमा तारानाथ अर्याल, रमेश राई र थीरमणि पौडेल चर्चामा छन् भने द्वितीय उपाध्यक्षमा प्रकाश खड्का र नारायण पराजुली रहेको बताइन्छ । साथै महासचिवमा भवानी निरौला, कृष्णकुमार जैसी र चिरञ्जिवी बस्यालको नाम चर्चामा रहेको छ भने सचिवमा कमल काफ्ले, प्रकाश बोहरा र सञ्जय पनेरुले इच्छा देखाएका छन् । यता, फोरमका महासचिव तारानाथ अर्यालका अनुसार फोरमको निर्वाचनमा अहिलेसम्म सदस्यता नवीकरण गर्ने तथा नयाँ सदस्यता लिनेको संख्या २०० भन्दा माथि पुगेको छ । जसले गर्दा अब निर्वाचन समिति गठन गरेर सहमति भएमा सहमतिबाट र नभएमा निर्वाचनबाट नयाँ कार्यसमित आउने उनले बताए । साथै विगतका वर्षहरू भन्दा फरक तरिकाले दुई हजार लेभी बुझाएर साधारण सदस्यहरूले निर्वाचनमा मतदान गर्न पाउने भएकाले यसपटक सदस्यता नवीरकण नभई फोरमको साधारण सदस्य भएकै आधारमा मतदान गर्न नपाइने महासचिव अर्यालले बताए । फोरमको विधानअनुसार अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्षसहित ७ पदाधिकारी र १४ जना कार्यकारी सदस्यहरूसहित २१ सदस्यीय कार्यसमिति रहने व्यवस्था छ । तर कार्यसमितिका ७ पदाधिकारी र दश सदस्यसहित १७ जनाको मात्र निर्वाचन हुन्छ । बाँकी ४ जना कार्यसमिति सदस्य अध्यक्षले मनोनयन गर्ने व्यवस्था रहेको छ ।
प्रकाशित मिति: बिहीबार, माघ २३, २०७६  ०६:१६
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
साउदीसँग जनवरीभित्रै श्रम सम्झौता गर्ने तयारी
साउदीसँग जनवरीभित्रै श्रम सम्झौता गर्ने तयारी बिहीबार, पुस १०, २०८२
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण 
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण  बुधबार, पुस ९, २०८२
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने बुधबार, पुस ९, २०८२
सरकारले गर्‍याे वृद्धि गरिएको  स्वास्थ्य परीक्षण शुल्क   खारेज
सरकारले गर्‍याे वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज मंगलबार, पुस ८, २०८२
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ मंगलबार, पुस ८, २०८२
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति मंगलबार, पुस ८, २०८२
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP