Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • सीमाबारे किन मौन ?
सीमाबारे किन मौन ?
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, माघ २१, २०७६
Hardik health
साँच्चै वर्तमान सरकारले सीमाका बारेमा आधिकारिक रूपमा बोल्न सकेको छैन । आफ्नो देशको सीमाको रक्षा गर्न नसक्ने सरकारले खोक्रो राष्ट्रवादको कुरा ल्याएर जनताको दिमाग भुट्ने काम गरिरहेको छ । सरकारले आफ्नो देश र जनताको सुरक्षा दिनु नसक्ने हो भने उसले सरकार कहलाउन सुहाउँदैन । आफ्नो देशको सीमा अतिक्रमण हुँदा बोल्न नसक्ने सरकारसँग राष्ट्रवादको गफ हाँक्न मिल्ने कुरा भएन । तर, उसले लाजमर्दो किसिमले राष्ट्रवादको कुरा गरेर जनतामा एक किसिमको गलत सन्देश पुर्याउन लागेको देखिन्छ । सरकारको यहि कुरामाथि जनताले खिसिटिउरी गर्लान् भनेर सामाजिक सञ्जालमा सरकारको व्यंग्य गर्ने काममाथि बन्देज लगाउने काम भइरहेको छ । सरकारले यहि काम नगरेको भनेर भनिरहँदा सरकारलाई लाज लाग्ने भएकाले सरकारले यस्ता समाचारमाथि बन्देज लगाउन मिडिया काउन्सिल ल्याउने तयारी गरेको हो । सत्तारुढ दलको बैठकले भारतले नेपाली सीमा मिचेको निष्कर्ष निकालेको छ । तर, उसले यसप्रति के गर्ने भनेर केही बोल्न सकेको छैन । भारतले नेपाली सीमा मिचेको मिच्यै छ । तर, नेपाल सरकार भने केवल रमिते बनेर बसेको छ । उसले यसलाई प्रतिकार गर्ने मात्र होइन, यो समस्याको समाधानका लागि भारतसँग वार्तामा बस्न बोलाउन सकेको छैन । कस्तो गज्जबको सरकार, आफू पनि सार्वभौम सम्पन्न मुलुकको सरकार भएको कुरा बिर्सने सरकारले जनतामाथि जाइलाग्ने कामभन्दा अरु काम गरेको छैन । अरु देशसँग आफ्नो मुलुकको समस्या राख्न नसक्ने तर आफ्नै घरमा भने निक्कै घमण्डका साथ प्रस्तुत हुने काम सरकारले गरेको छ । नेपाली जनतालाई दुःख दिने तर अन्य मुलुकका जनताका बारेमा भने सरकार चिन्तित हुनुलाई विडम्बना नै भन्नुपर्छ । घरको बाघ भएर होइन, बाहिर पनि बाघ हुने हैसियत राख्नुपर्छ, अन्यथा सरकारको अस्तित्व रहनेछैन । भारतले नेपाली सीमा मिचेको निष्कर्ष निकाल्दै सत्तारुढ दलको बैठकले यसलाई समाधान गर्न कूटनीतिरूपमा समाधान गर्नु पर्ने निर्णय गरेको छ । यो निर्णय यत्तिकै सुकेर जाने देखिन्छ । भारतका अगाडि बोल्नै नसक्ने सरकारले आफ्नो सीमा मिचिएको कुरा औपचारिक रूपमा राख्न नसक्नु सबैभन्दा दुर्भाग्य हो । भाषण गरेर मात्र हुँदैन, जनताको मन जित्न नसक्ने सरकारलाई सरकार भन्नै नसुहाउने भएको छ । विदेशीको इशारामा मुलुकमा निर्णय गर्ने सरकारले आफ्नो सीमा मिचियो भन्न नसक्ने हो भने सरकार कुर्सीमा बस्ने कि नबस्ने ? स्पष्ट बहुमतको सरकारले पनि देशको रक्षा गर्न सक्दैन, हिजो भारतविरुद्ध सुरुङ युद्धको उद्घोष गर्ने पार्टी सरकारमा हुँदा पनि उसले नेपालको सीमा रक्षा गर्न सकेको छैन । सीमाको सुरक्षा गर्न नसक्ने सरकारले जनताको सुरक्षा गर्न सक्ला भनेर विश्वास गर्न नसकिने भएको छ । तर, उसैले राष्ट्रवादको भाषण दिएर जनतालाई मख्ख पार्ने काम भइरहेको छ ।
प्रकाशित मिति: मंगलबार, माघ २१, २०७६  ०९:४६
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु शुक्रबार, कात्तिक २१, २०८२
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP