Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #विश्व दृष्टि दिवस
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • आठ महिनामा ४१ करोडभन्दा बढी आर्थिक सहायता
आठ महिनामा ४१ करोडभन्दा बढी आर्थिक सहायता
शुक्रबार, चैत १०, २०७९
shram-rojgar-tatha-samajik-
Hardik health
काठमाडौं– सरकारले चालु आर्थिक वर्षको आठ महिनामा वैदेशिक रोजगारीको क्रममा मृत्यु हुने नेपाली श्रमिकका परिवारलाई ४१ करोड रुपैयाँभन्दा बढी आर्थिक सहायता उपलब्ध गराएको छ । वैदेशिक रोजगार बोर्डको सचिवालयले चालु आवको फागुन मसान्तसम्मको विवरण सार्वजनिक गर्दै विदेशमा ज्यान गुमाएका ७८९ नेपालीको परिवारलाई ४१ करोड एक लाख ८० हजार रुपैयाँ सहायता रकम उपलब्ध गराइएको जानकारी दिएको हो । तथ्यांकअनुसार ज्यान गुमाउनेहरुमध्ये २८ जना महिला रहेका छन् । त्यस्तै अंगभंग तथा गम्भीर बिरामी भएका छ महिलासहित १६६ जना श्रमिकलाई पाँच करोड ९३ लाख १३ हजार रुपैयाँ आर्थिक सहायता उपलब्ध गराइएको छ । साथै, २६ जना श्रमिकका परिवारलाई औषधोपचार खर्चबापत १२ लाख ८० हजार रुपैयाँ वितरण गरिएको बोर्डले उल्लेख गरेको छ । विभिन्न कारणले विदेशमा अलपत्र परी समस्या भोगिरहेका १२१ श्रमिकको उद्धारका लागि गन्तव्य मुलुक हेर्ने नेपाली नियोगसँग समन्वय गर्दा १७ लाख २७ हजार ६०० रुपैयाँ खर्च भएको जनाइएको छ । यस्तै २१२ जना मृतकको शव झिकाउन सम्बन्धित नियोगसँग समन्वय गर्दा एक करोड ५४ लाख २० हजार ६०० रुपैयाँ खर्च भएको बोर्ड सचिवालयले जनाएको छ । यस अवधिमा ३३० मृतकको शव घर ठेगाना सम्म ढुवानी गर्दा एक करोड ९० लाख १३ हजार ९०० रुपैयाँ खर्च भएको र ३७० जना महिलालाई अभिमुखीकरण तालिमबापत शोधभर्ना रकम दुई लाख ५९ हजार रुपैयाँ वितरण गरिएको बोर्ड सचिवालयको तथ्यांकले देखाएको छ । समग्रमा उल्लिखित शीर्षकअन्तर्गत आठ महिनामा बोर्डले करिब ५० करोड ७२ लाख रुपैयाँ खर्च गरेको देखिएको छ । सरकारले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरु गम्भीर बिरामी परे, दुर्घटनामा परी अंगभंग भए वा मृत्यु भएमा आर्थिक सहायता उपलब्ध गराउँदै आएको छ । मृत्यु हुने श्रमिकका परिवारले सात लाख रुपैयाँ आर्थिक सहायता पाउनसक्ने व्यवस्था गरिएको छ भने बिरामी तथा अंगभंग भएका श्रमिकले अधिकतम अवस्था मूल्यांकन गरी अधिकतम सात लाख रुपैयाँसम्म पाउने छन् । वैदेशिक रोजगारीको क्रममा मृत्यु, अंगभंग वा बिरामी भएर स्वदेश फर्किएका श्रमिक तथा उनीहरुका परिवारलाई दिइने आर्थिक सहायता रकम बढाउने तयारी भइरहेको बोर्डका निर्देशक एवं सूचना अधिकारी राजन पौडेलले जानकारी दिए । अहिले प्रदान गरिरहेको रकम समय सापेक्ष नभएको भन्दै यसलाई वृद्धि गर्न आवश्यक गृहकार्य गरिरहेको उनको भनाइ छ । ‘कति रकम बढाउने र कहिलेदेखि लागू गर्ने भन्नेबारे निर्णय भइसकेको छैन,’ उनले भने, ‘तर अहिले भएको व्यवस्था संशोधन तथा आवश्यक कानुनी प्रक्रिया पूरा गरी बोर्डले छिट्टै निर्णय गर्नेछ ।’ यतिमात्र नभई बोर्डले थप सुधारका प्रयाससमेत गरिरहेको जनाएको छ । बोर्डखले कल्याणकारी कार्यलाई विद्युतीय प्रणालीमा आधारित बनाइएको र पूर्णतः अनलाईन प्रणालीमा लैजान प्रयासरत रहेको बताएको छ । त्यसैगरी वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकहरुलाई पुनएकीकरण कार्यक्रम सञ्चालन गर्न १५६ स्थानीय तहसंग प्रस्ताव आब्हान गरिएकोमा ८२ वटाले प्रस्ताब पेश गरिसकेको र सोही अनुरुप कार्यक्रम सञ्चालनको तयारी गरिरहेको छ । वैदेशिक रोजगारबाट फर्किएका नेपाली नागरिकको तथ्यांक अभिलेखीकरण, सूचना प्रवाह तथा शव ब्यवस्थापनको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थल र भैरहवा विमानस्थलमा आवश्यक जनशक्ति परिचालन गरिएको पनि उल्लेख छ । त्यस्तै रोजगारीका लागि विदेश जाने तयारी गरिरहेका श्रमिकहरुलाई लक्षित गर्दै राहदानी बिभाग परिसरभित्र वैदेशिक रोजगार सहायता तथा सूचना कक्ष सञ्चालनमा ल्याइएको पौडेलले जानकारी दिए । उनका अनुसार हाल वैदेशिक रोजगारीमा रहेका श्रमिकका लागि बोर्डले आगामी शुक्रबारदेखि ‘टेलिमेडिसिन’ सेवा सञ्चालन गर्दै छ । हप्ताको दुई दिन शुक्रबार र आइतबार ‘टेलिमेडिसिन’ सेवा सञ्चालन गर्न बोर्डले वीर अस्पतालसँग सम्झौता गरेको बताइएको छ । विदेशमा रोजगारी गरिरहेका श्रमिकहरुमा देखिएको विभिन्न स्वास्थ्य समस्या निदानका लागि नेपालबाटै चिकित्सकीय परामर्श दिन लागिएको पौडेलले बताए । श्रमिकले कम्तीमा जनरल फिजिसियन, मनोसामाजिक परामर्शकर्ता वा मनोचिकित्सकहरू टेलिमेडिसिन सेवा प्राप्त गर्न सक्ने उनको भनाइ छ ।
प्रकाशित मिति: शुक्रबार, चैत १०, २०७९  १०:४९
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP