Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • टुँडिखेल बचाऊ
टुँडिखेल बचाऊ
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, माघ २०, २०७६
Hardik health
टुँडिखेल भन्नेबित्तिकै नेपालको ऐतिहासिक स्थान हो । आज त्यहि ऐतिहासिक स्थानमाथि आँखा गाड्नेहरूले कब्जा गर्न थालेका छन् । यसमा सरकारले पनि मौन स्विकृति जनाएको छ । सरकारले पनि यसलाई बचाउनुभन्दा पनि यसमाथि कब्जा गर्न खोज्नेहरूलाई साथ दिनु दुर्भाग्य नै हो भन्ने बेला भएको छ । टुँडिखेलमाथिको आक्रमण रोक्नका लागि अकुपाई टुँडिखेलले अब प्रतिनिधि सभा, राष्ट्रियसभा, प्रदेश सभाका विभिन्न समितिमा गई टुँडिखेलको संरक्षण गर्न सरकारलाई निर्देशन दिन लगाउने आगामी योजना घोषणा गरेको छ । यसलाई सरकारले सुन्नै पर्छ । इतिहासको विभिन्न कालखण्डमा आएको विभिन्न भूकम्पका बेला टुँडिखेलले आमजनतालाई बासस्थान दिएको थियो । गत भूकम्पमा पनि टुँडिखेलले यस्तो सहयोग गरेको थियो । यस्तो अवस्थामा टुँडिखेलजस्तै विभिन्न स्थानमा खुलास्थान चाहिएको बताइँदै आइएको थियो । तर, भूकम्पको केही वर्ष नबित्दै यस्तो आवश्यकताको महसुस गरिएन । सरकारले पनि यस्तो आवश्यकता महसुस गरेको छैन । अकुपाई टुँडिखेलका अगुवाहरूले अहिलेसम्म स्थानीय सरकारसँग पटक–पटक टुँडिखेलको संरक्षणका लागि हारगुहार गरेका छन् । तर कुनै सुनुवाई भएको देखिएको छैन । यसो भए पनि बाध्य भएर वाग्मती प्रदेशको सरकार र संघीय सरकारलाई नै अब यसको संरक्षणका लागि उनीहरूले आग्रह गरेका छन् । टुँडिखेलको अतिक्रमण गम्भीर मानव अधिकारको उल्लंघन भएको भए पनि यसलाई सरकारले साधारण रूपमा लिएको देखिन्छ । आयोगले यसलाई गम्भीर रूपमा लिएर सरकारलाई सो अतिक्रमण तत्काल हटाउन सिफारिस गर्नुपर्छ । टुँडिखेलको संरक्षणका लागि विभिन्न तहबाट सुरुदेखि नै आवाज उठाउँदै आएको भए पनि यसलाई सरकारले सुनुवाइ नगर्ने पक्षमा देखिएको छ । यस्तो अवस्थामा सरकार जनताप्रति जिम्मेवार भएर प्रस्तुत हुनुपर्छ । सरकारले सुनेन भने यसलाई निरन्तर आवाज उठाउँदै जानुपर्दछ । जनताको आवाज सुन्न आनाकानी गरेको खण्डमा जनताले सरकारको कान खोलेर पनि सुनाउनुपर्छ । टुँडिखेलको संरक्षणका लागि सांसदहरूले संसदमा समेत आवाज उठाउनु पर्ने बेला भएको छ । प्रमुख रूपमा राजधानीका सांसदहरूले टुँडिखेलको संरक्षणका लागि कुनै न कुनै रूपमा आवाज उठाउनैपर्छ । टुँडिखेलको संरक्षण गर्नु मानवअधिकारको रक्षा पनि भएको स्पष्ट रूपमा सरकारले बुझ्नुपर्छ । टुँडिखेल भन्नेबित्तिकै काठमाडौंको लाइफलाइन नै हो । यसको रक्षा गर्नु सबै सचेत नागरिकको कर्तव्य र दायित्व हो । यो अभियानलाई सफल नबनाउने हो भने सांसदहरू पनि असफल हुने छन् । ऐतिहासिक महत्व बोकेको टुँडिखेलको संरक्षणमा तीनै तहका सरकारले गम्भीर तरिकाले अघि बढ्नुपर्छ । टुँडिखेल स्वास्थ्यको दृष्टिकोणले पनि अत्यावश्यक र महत्वपूर्ण स्थान हो किनभने भोलिका दिनमा वीर अस्पतालमा कुनै प्राकृतिक कारणले उपचार गर्न सकिएन भनेपनि टुँडिखेलमा अस्थायी केन्द्र बनाएर उपचार गर्नुपर्ने हुन्छ । टुँडिखेल मूर्त तथा अमूर्त सम्पदाले भरिपूर्ण स्थल हो । टुँडिखेल भन्नेबित्तिकै स्थानीय दुईमाजु, गुरुमापा, पाँचार्य यस्ता विभिन्न सांस्कृतिक पर्वहरू यो ठाउँमा हुने गरेका छन् । त्यसैले यो क्षेत्रलाई पुरानै स्वरूपमा फर्काउनुपर्छ । पूर्ण टुँडिखेल कायम गर्न लगाउने र सो क्षेत्रमा भएको सम्पूर्ण अतिक्रमण तत्काल हटाइ सो क्षेत्रको मूर्त तथा अमूर्त अवयवहरूको अस्तित्व संरक्षण र संवद्र्धन गर्न सरकारले कुनै कसर बाँकी राख्न मिल्दैन ।
प्रकाशित मिति: सोमबार, माघ २०, २०७६  ०८:५४
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु शुक्रबार, कात्तिक २१, २०८२
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP