Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #विश्व दृष्टि दिवस
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • साउदी जेलमा नेपाली
साउदी जेलमा नेपाली
आइतबार, चैत ५, २०७९
prison
Hardik health
काठमाडौं– वैदेशिक रोजगारीका लागि साउदी अरेबिया पुगी विभिन्न कारणले जेल परेका नेपालीमध्ये अधिकांश मदिरा ओसारपसार (कारोबार) गर्ने रहेको बताइएको छ । रियादस्थित नेपाली दूतावासले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत लाइभ जानकारी दिँदै अधिकांश नेपालीहरु मदिरा ओसारपसारको अभियोगमा जेल परेको उल्लेख गरेको छ । दूतावासले साउदीको सेन्ट्रल जेलमा रहेका नेपालीहरुको संख्यालाई आधार मान्दै जेल परेकामध्ये अधिकांशलाई मदिरा कारोबारमा संलग्न रहेको अभियोग लागेको जनाएको छ । दूतावासले हालै सञ्चालनमा ल्याएका विभिन्न अनलाइन प्रणालीको बारेमा जानकारी दिने क्रममा श्रम काउन्सिलर देवेन्द्र कार्कीले साउदीको सेन्ट्रल जेल निरीक्षण गर्दा झण्डै १५० नेपालीहरु बन्दी रहेका र त्यसको ८० प्रतिशत मदिरा ओसारपसार र खरिद बिक्रीमा संलग्न भएको अभियोगमा जेल परेको बताए । नेपालीहरु मदिरा कारोबारको अभियोगमा जेल पर्नु दुःखद रहेको भन्दै कार्कीले गैरकानुनी क्रियाकलापमा संलग्न नहुन र साउदीको कानुनबारे जानकारी राख्नुपर्ने बताए । साउदी कानुनमा मदिरा उत्पादन, सेवन र बिक्री बितरण गर्नु अपराध मानिएको भन्दै कार्कीले यस्तो गतिविधिमा संलग्नलाई जेल सजायसहित ठूलो रकम जरिवाना हुने हुँदा सचेत रहन उनले आग्रह गरे । कार्कीका अनुसार मदिरा बिक्रीवितरणको मात्राका आधारमा छ महिनादेखि वर्षौंसम्म जेल सजाय र जरिवाना भुक्तान गर्नुपर्छ । उनले जेलमा पुगेर नेपालीहरुलाई भेट्दा चिनजानकै मान्छेबाट अर्थात् नेपालीहरुबाटै उल्लिखित कार्यमा लगाई जेलसम्म पुग्नुपरेको र ठगिएको गुनासो गरेको बताए । ‘जेलमा गएर जति नेपालीलाई भेटियो उहाँहरु सबैले चिनेकै साथीभाइ र नेपालीले अह्राएर गरेको कामले जेल सजाय भोग्नुपरेको बताउनुभयो,’ कार्कीले भने, ‘कानुन थाहा नभएका, भर्खर साउदी आएका नेपाली आफंै पनि सचेत रहन र आफ्नै दाजुभाइलाई फसाउने घृणित कार्य नगर्न आग्रह छ ।’ केही नेपालीले धेरै नेपालीलाई दुःख दिइरहेको र यसबारे दूतावासले पनि निगरानी गरिरहेको कार्कीले जानकारी दिए । ‘यस्ता क्रियाकलापमा संलग्न हुनेहरुका बारेमा दूतावासलाई जानकारी दिनुहोला, बढी पैसा कमाउने प्रलोभनमा परेर आफ्नो जिन्दगी खराब नगर्नूस्,’ उनले भने, ‘जे कामका लागि आउनुभएको हो त्यही काम गर्नुस् र नेपाली भएर दुःख गर्न आएको अर्को नेपालीलाई ठगेर लाभ लिने कल्पना नगर्नूस् ।’ क्षणमै पैसा कमाउने र धनी हुने लोभमा परेर कतिपय नेपालीहरु गैरकानुनी कार्यमा संलग्न रहेको पाइएको भन्दै कार्कीले आफ्नो महŒवाकांक्षा त्याग्न र त्यस्तो धन्दामा नलाग्न आग्रह गरे । त्यस्तै काम गर्ने सिलसिलामा धेरै तलब पाइने आशामा कसैले कम्पनी छोड्छ वा भाग्छ भने त्यो पनि गैरकानुनी हुने जनाउँदै त्यस्तो कार्य गर्न नेपाली, बंगाली वा अन्य कसैले लोभ देखाएमा पनि सचेत हुनुपर्ने उनको भनाइ छ । कम्पनी छाडेमा ठूलो जरिवानामा पर्ने र स्वदेश फिर्तीमासमेत समस्या हुने उनले बताए । तसर्थ साउदी आउनुपूर्व सम्पूर्ण जानकारी लिएर मात्र आउन कार्कीले आग्रह गरे ।
प्रकाशित मिति: आइतबार, चैत ५, २०७९  ११:३१
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP