
दोहा– नेपाली व्यवसायी संघ कतारको प्रथम अधिवेशनले आगामी ४ बर्षका लागि महेन्द्र चौलागाईलाई अध्यक्षमा निर्वाचित गरेको छ । कतारमा रहेका नेपाली व्यवसायीहरूलाई मर्यादित बनाउने उद्देश्यले दुई वर्ष पहिला स्थापना भएको संघको प्रथम अधिवेशनले नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।
समितिको उपाध्यक्षहरूमा राजेन्द्रकुमार शर्मा, प्रकाश कोइराला, नरेन्द्रबहादुर भाट, राज रेग्मी र सागर नेपाल रहेका छन् । त्यस्तै महासचिवमा रमेश भट्ट, सचिवमा पूर्ण पोखरिया र सुनिलकुमार घिमिरे चयन गरिएको छ भने कोषाध्यक्ष चुडामणि कार्की र सहकोषाध्यक्षमा अब्दुल वासिदलाई चयन गरिएको छ ।
त्यस्तै सदस्यहरूमा रामकुमार श्रेठ, नवीन सत्याल, युवराज शर्मा, पिताम्बर चापागाई, धनबहादुर बलायर, रामु रेग्मी, बालकृष्ण शर्मा र सुरज बुढाथोकी चयन भएका छन् । कार्यक्रम गैरआवासीय नेपाली संघ (एनआरएनए आइसिसी)का अध्यक्ष कुमार पन्तको प्रमुख आतिथ्यमा सप्पन्न भएको थियो ।
नयाँ कार्यसमितिलाई शुभकामना दिँदै अध्यक्ष पन्तले कतारमा रहेका व्यवसायीहरू संगठित भएर अधि बढेकोमा आफू हर्षित भएको बताउँदै नेपाल भ्रमण वर्ष २०२० सफल पार्न सबै व्यवसायीलाई आग्रह गरेका थिए ।
नवनिर्वाचित अध्यक्ष चौलागाइले कार्यक्रमको समापन गर्दै कार्यक्रम सफल पार्न सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन नेपाली व्यवसायी संघले एनआरएनएसंग सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धतासमेत व्यक्त गरेका थिए ।