Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #विश्व दृष्टि दिवस
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • इपिएसमार्फत कोरियामा रोजगारी
इपिएसमार्फत कोरियामा रोजगारी
मंगलबार, फागुन ३०, २०७९
EPS
Hardik health
मोहनप्रसाद पन्त काठमाडौं– अब नेपालबाट रोजगार अनुमति प्रणाली (इपिएस)मार्फत प्रतिमहिना दुई हजारका दरले नेपाली श्रमिक दक्षिण कोरिया जान पाउने भएका छन् । कोरियाले नेपालबाट इपिएसमार्फत वार्षिकरुपमा निश्चित कोटा निर्धारण गरी श्रमिक लैजाने गरेकोमा उक्त प्रणाली हटाउँदै मासिकरुपमा दुई हजार श्रमिक लैजाने भएको छ । कोरियाले गत फेब्रुअरीबाट यसअघि लागू कोटा प्रणाली हटाउँदै इपिएसअन्तर्गत हुने परीक्षा पद्धतिमा सुधार र छिटोछरितो तवरले श्रमिक पठाउने मुलुकबाट धेरै श्रमिक लैजाने नीति अवलम्बन गरेको छ । कोरियाले नेपाललगायत १६ वटा मुलुकबाट इपिएसमार्फत श्रमिक लैजाने गरेको छ । नेपालले इपिएस भाषा परीक्षा पद्धतिमा गरेको सुधार र छिटोछरितो तवरले श्रमिक पठाउन खेलेको भूमिकाको मूल्यांकन गर्दै कोरियाले थप श्रमिक लैजान प्रतिबद्धता खोजेको वैदेशिक रोजगार विभागको इपिएस कोरिया शाखाका निर्देशक पुष्पराज कटुवालले बताए । ‘वैदेशिक रोजगारीको आकर्षक गन्तव्य बनेको दक्षिण कोरियाले थप श्रमिक लैजान प्रतिबद्धता खोज्नु उपलब्धि नै हो,’ निर्देशक कटुवालले भने, ‘हामी मागअनुसारको श्रमिक उपलब्ध गराउन सक्षम छौं र कोरियालाई तयारीकासाथ पठाउन सक्छौं भन्ने प्रतिबद्धता जनाएका छौं ।’ सोहीअनुसार भाषा परीक्षा उत्तीर्ण गरेका युवाहरुलाई कोरिया पठाउने रोस्टर तयार पारिएको उनले बताए । मासिक दुई हजारका दरले नेपाली श्रमिकलाई कोरिया पठाउन लागिएको उनले जानकारी दिए । ‘इपिएस भाषा प्रणाली र श्रमिकको लगनशीलता तथा इमान्दारिताले नेपाली श्रमिकहरु कोरियाको रोजाइमा परेका छन्,’ कटुवालले भने । उनका अनुसार कोरियाले गत फेब्रुअरीबाटै दुई हजार श्रमिक लैजान थालिसकेको छ भने मार्च महिनाका लागि पनि उत्तिकै संख्यामा रोस्टर तयार भइसकेको छ । कोरियाले १६ वटै मुलुकका लागि समान नीति अवलम्बन गर्दै श्रमिकको माग पूर्तिमा सबैका लागि सबै कोटा अवधारणा सुरु गरेर नेपाललाई अवसर दिएको कटुवालले बताए । कोरियाले सबै मुलुकबाट वार्षिकरुपमा एक लाख १० हजार विदेशी श्रमिक लैजाने कोटा तय गरेको छ । ‘यसबाट जतिसक्यो धेरै नेपालले लाभ लिनसक्छ,’ कटुवालले भने, ‘हाम्रो क्षमता र तयारीअनुसार यस वर्ष (२०२३ मा) २० देखि २५ हजारको हाराहारीमा नेपाली युवाले कोरियामा रोजगारी पाउने छन् ।’ यसअघि २०२२ मा नेपालबाट १५ हजार युवा कोरिया गएका थिए । अब कोरियाले भनेअनुसार प्रतिमहिना दुई हजारका दरले पठाउन सकेमात्रै पनि २४ हजार नेपाली रोजगारीका लागि कोरिया पुग्ने देखिन्छ । हाल रोस्टरमा रहेका उत्पादनमूलक क्षेत्रमा जाने श्रमिकलाई कोरिया पठाइसकेपछि थप श्रमिकका लागि भाषा परीक्षा सञ्चालन गर्ने इपिएस कोरिया शाखाले जनाएको छ । भाषा परीक्षा उत्तीर्ण गरेका एक हजार ६०० मध्ये एक हजार २०० युवा कोरिया जाने प्रतीक्षामा छन् । साथै, कृषि क्षेत्रमा जाने श्रमिकहरुको भाषा परीक्षा चलिरहेको शाखाले उल्लेख गरेको छ ।
प्रकाशित मिति: मंगलबार, फागुन ३०, २०७९  १०:५१
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP