Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #विश्व दृष्टि दिवस
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • सरकारीस्तरबाट कामदार लैजाने मलेसियाको तयारी
सरकारीस्तरबाट कामदार लैजाने मलेसियाको तयारी
आइतबार, फागुन २८, २०७९
malaysia
Hardik health
काठमाडौं– मलेसिया सरकार नेपाली कामदारलाई सरकारीस्तरबाटै आफ्नो श्रमबजारमा लैजान इच्छुक देखिएको छ । केही समयअघि मलेसियाका गृहमन्त्री सैफुद्धिन नासुसन इस्माइलले नेपाल भ्रमण गरी फर्किएपछि मलेसियाले सरकारी तवरबाट नेपाली कामदार लैजाने इच्छा देखाएको हो । मलेसियाले निजी क्षेत्रको म्यानपावरमार्फत नेपालबाट कामदार आपूर्ति गर्दै आएको छ । तर, यसरी कामदार लैजाँदा चर्को सेवा शुल्क असुलेको देखिएको भन्दै जिटुजी (सरकार–सरकार)मार्फत कामदार लैजान अध्ययन सुरु गरेको त्यहाँको सञ्चारमाध्यम मलेमेलले जनाएको छ । गृहमन्त्री इस्माइलको नेपाल भ्रमणका क्रममा म्यानपावर तथा व्यक्तिले रोजगारीका लागि पठाउँदा नेपाली कामदारसँग चर्को सेवा शुल्क लिएको विषय गम्भीररुपमा उठेपछि मलेसियाले आफ्नो नीतिमा परिवर्तन तयारी गरिरहेको बताइएको छ । उक्त सञ्चारमाध्यमका अनुसार मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले गत शुक्रबार गरेको एक सम्बोधनमा आप्रवासी कामदार माग गर्दा सिधै सरकारीस्तरबाट लिने संयन्त्र बनाउन आवश्यक रहेको बताएका थिए । यसले पनि मलेसिया विदेशी कामदार सरकारी तवरबाटै लिने तयारी गरिरहेको देखाउँछ । यस्तै मलेसियाका मानव संसाधनमन्त्री भी शिवकुमारले पनि केही समयअघि रोजगारीका लागि मलेसिया आउने आप्रवासी कामदारलाई सेवा शुल्कको मार नपर्ने वातावरण तयार गर्न सरकार लागिपरेको बताएका थिए । उनले कामदार माग गर्ने सम्बन्धमा म्यानपावर र एजेन्टको भर पर्दा लागत खर्च बढेको भन्दै श्रम गन्तव्य मुलुक र कामदार स्रोत मुलुकबीच सरकारीस्तरबाटै कामदार भर्ना लिनु उपयुक्त हुने बताउँदै आएको मलेमेलले जनाएको छ । यसैगरी मलेसियाका रोजगारदाताहरुको संगठन फेडेरेसन अफ मलेसियन म्यानुफ्याक्चरर्स (एफएमएम)ले पनि विदेशी कामदार भर्ना प्रक्रियामा स्रोत मुलुकमा रहेका म्यानपावर र एजेन्टको एकाधिकार रहेको उल्लेख गरेको छ । एफएमएमले नेपालजस्ता मुलुकबाट म्यानपावर र एजेन्टमार्फत कामदार लिँदा आर्थिक शोषण भइरहेको भन्दै मलेसियाको छवि अन्तर्राष्ट्रिय जगतमा बिग्रिँदै गएको जनाएको छ । कामदार भर्नाका लागि निजी क्षेत्रका संस्थाहरुको सहभागिता हटाउन र सरकारी तवरबाट नै विदेशी कामदार लिनु उचित हुने रोजगारदाताहरुको संगठनले पनि सुझाव दिएको छ । पछिल्लो समय युरोप तथा पश्चिमा मुलुकले मलेसियाको नीतिका कारण विदेशी कामदार चर्को आर्थिक शोषणमा पर्नुका साथै बाध्यकारी श्रमले थलिएको बताउँदै आएका छन् । उनीहरुले कामदारप्रति भएको शोषण अन्त्य नभई मलेसियाको उत्पादन खरिद नगर्ने चेतावनी दिएका कारण दाबाबमा परेको मलेसिया सरकार आफ्नो नीति पुनरवलोकन गर्ने अवस्थामा पुगेको बताइएको छ । साथै, मलेसियाले विदेशी कामदारमाथि हुने सबैखाले शोषण अन्त्य गर्ने प्रतिबद्धतासमेत जनाएको छ । यता मलेसियाले आप्रवासी कामदार भर्नामा गरिरहेको आन्तरिक तयारीको खबर बाहिरिएपछि नेपालका म्यानपावर व्यवसायीहरुमा संशय पैदा भएको छ । उनीहरुले तत्काल कुनै प्रतिक्रिया नजनाए पनि ‘पर्ख’ र ‘हेर’को अवस्थामा रहेको एक व्यवसायी बताउँछन् । नेपालबाट रोजगारीका लागि मलेसिया जाने नेपाली कामदारहरुले म्यानपावर र अवैधरुपमा राखिएका तिनका एजेन्टलाई तीन लाख रुपैयाँसम्म बुझाउने गरेको जानकारहरुले बताउँदै आएका छन् । यद्यपि, नेपाल सरकारले मलेसिया सरकारसँग गरेको सम्झौताअनुसार नेपाली कामदारले ‘फ्रि भिसा, फ्रि टिकट’ अर्थात् शून्य लागतमा मलेसिया रोजगारीमा जान पाउने व्यवस्था गरिएको छ । प्रभावकारी नियमन तथा कार्यान्वयनको अभावमा कामदारसँग म्यानपावरहरुले अनधिकृतरुपमा चर्को रकम असुल गरिरहेको उजुरी पर्ने गरे पनि नियमनकारी निकायले कुनै कारबाही गर्न सकेको छैन । सरकारको नियमनकारी निकाय वैदेशिक रोजगार विभागले भने ‘फ्रि भिसा, फ्रि टिकट’मा कामदार नपठाउने र अनधिकृतरुपमा रकम असुल्ने म्यानपावरलाई कारबाही हुने बताउँदै आएको छ । कतिपय सन्दर्भमा उजुरी पर्ने तर प्रमाण नहुने समस्याका कारण कारबाही गर्न कठिन हुने विभागका निर्देशक एवं सूचना अधिकारी कृष्णप्रसाद भुसाल बताउँछन् । उनका अनुसार कतिपय म्यानपावरमा छापा मारेर म्यानपावरलाई कारबाहीको दायरामा ल्याइएको र कामदारलाई रोजगारीमा पठाउन सहजीकरण गरिएको
प्रकाशित मिति: आइतबार, फागुन २८, २०७९  १०:१४
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP