Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #विश्व दृष्टि दिवस
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • साउदीमा गैरकानुनीरुपमा काम गर्ने आप्रवासी कामदार बढ्दो
साउदीमा गैरकानुनीरुपमा काम गर्ने आप्रवासी कामदार बढ्दो
बुधबार, फागुन २४, २०७९
saudi
Hardik health
काठमाडौं– पछिल्लो समय साउदी अरेबियाको निर्माण क्षेत्रमा अवैधरुपमा श्रम गर्ने आप्रवासी कामदारहरु बढ्दै गएको बताइएको छ । साउदीको श्रम मन्त्रालयले गरेको एक अध्ययनअनुसार निर्माण क्षेत्रमा गैरकानुनीरुपमा काम गर्ने आप्रवासी कामदारको संख्या बढेको त्यहाँको सञ्चारमाध्यम अरबन्युजले उल्लेख गरेको छ । गैरकानुनी श्रमलाई निरुत्साहित गर्न विभिन्न कार्यक्रम तथा कानुनी बन्देजका उपायहरू अवलम्बन गरे पनि गैरकानुनीरूपमा काम गर्ने कामदारहरू बढेको मन्त्रालयले जनाएको छ । अरबन्युजका अनुसार श्रम मन्त्रालयले गैरकानुनी कामदार ठूलो संख्यामा बढ्नुलाई रोजगारदाताहरुले जवाजत (अध्यागमन विभाग)को नियमलाई उल्लंघन गरेको र अवैधरुपमा कामदारलाई रोजगारी दिनु रहेको उल्लेख गरेको छ । जवाजतको नियमविपरीत कुनै रोजगारदाताले आफ्नो वा अरूका लागि प्रवासी कामदारलाई रोजगारको अनुमति दिन्छ भने आर्थिक जरिवाना, जेल सजाय, निर्वासन, वा कामदार भर्तीबाट प्रतिबन्धलगायतको कारबाही सामना गर्नुपर्ने कानुनी व्यवस्था रहेको उक्त सञ्चारमाध्यमले जनाएको छ । कानुनी प्रावधानअनुसार गैरकानुनीरुपमा काम लगाउने रोजगारदातालाई छ महिनासम्म कैद वा पाँच वर्षसम्मका लागि कामदार भर्ती प्रतिबन्ध र आर्थिक जरिवाना संलग्न व्यक्तिहरूको संख्याको आधारमा गुणन गरी तय हुनेछ । यदि रोजगारदाता प्रवासी हो भने देश निकालासम्मको सजाय भोग्नुपर्ने व्यवस्था छ । अधिकांश कामदारसँग साउदी श्रम बजारलाई आवश्यक पर्ने सीप नभएको भन्दै नियमितरूपमा अनुगमन र नियमन गर्दा गर्दै पनि निर्माणको क्षेत्रमा गैरकानुनीरूपमा काम गर्नेहरू बढ्नु दुःखद रहेको विज्ञहरूले बताएका छन् । रियादको सार्वजनिक प्रशासन संस्थानका सल्लाहकार तथा कानुनका प्राध्यापक डा. ओसामा घनेम अल–अबैदीले अध्यागमनले गरेको कानुनी सजायको व्यवस्थाले श्रमबजारलाई राम्रोसँग नियमन गर्न सघाउ पु¥याउने र वास्तवमा गैरकानुनी कामदारबाट आर्थिक फाइदा लिनेहरूलाई दण्डित गर्न सजिलो हुने बताएको अरबन्युजले उल्लेख गरेको छ । साउदीको अध्यागमन विभागलेसमेत ट्वीटमार्फत श्रम कानुनविपरीत काम गरिरहेका आप्रवासी कामदारहरू पक्राउ पर्ने क्रम पनि बढिरहेको भन्दै रेसिडेन्सी र सीमा सुरक्षा नियमहरू उल्लंघन गर्नेहरूको पहिचान भएमा रिपोर्ट गर्न आफ्ना जनतालाई आह्वान गरेको छ । कडा नीतिका कारण वैदेशिक रोजगारीका लागि साउदी पुगेर विविध कारणले गैरकानुनीरुपमा बसेका थुप्रै नेपाली आवश्यक प्रक्रिया पूरा गरी नेपाल फर्किने क्रमसमेत बढेको छ । यसका लागि रियादस्थित नेपाली दूतावासले समन्वय गर्दै आइरहेको छ । हुरुब लागेका (कम्पनी छाडेर भागेका), इकामा (बस्ने अनुमति) नभएका वा रोजगारीको अवधि सकिएर गैरकानुनीरुपमा बसेका नेपालीलाई दूतावासको पहलमा साउदीले एक्जिट भिसा दिने गरेको छ । दूतावासका अनुसार चालु आर्थिक वर्षको सात महिनामा झण्डै एक हजार ७०० जनाले एक्जिट भिसा प्राप्त गरी नेपाल फर्किएका छन् ।
प्रकाशित मिति: बुधबार, फागुन २४, २०७९  ११:१५
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP