Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #विश्व दृष्टि दिवस
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • शोधभर्ना विवरण नबुझाउने व्यवसायीको अडान
शोधभर्ना विवरण नबुझाउने व्यवसायीको अडान
मंगलबार, फागुन २३, २०७९
nafeaa
Hardik health
काठमाडौं– वैदेशिक रोजगार व्यवसायीहरुले वैदेशिक रोजगार विभागलाई आफूले विदेशमा पठाएका कामदार तथा सेवा शुल्कबापत प्राप्त शोधभर्नाको विवरण नबुझाउने अडान लिएका छन् । व्यवसायीहरुको छाता संगठन नेपाल वैदेशिक रोजगार व्यवसायी संघले विभागलाई आइतबार एक पत्राचार गर्दै ‘फ्रि भिसा, फ्रि टिकट’ तथा शून्य लागतमा कामदार विदेश पठाउने प्रावधान वैदेशिक रोजगार ऐन,२०६४ विपरीत रहेको भन्दै कामदार तथा सेवा शुल्क शोधभर्ना विवरण माग नगर्न आग्रह गरेको छ । विभागले फागुन १५ गतेको निर्णय भन्दै वैदेशिक रोजगारलाई स्वच्छ एवं मर्यादित भर्ना प्रक्रियामार्फत विश्वसनीय र भरपर्दो बनाउन म्यानपावर कम्पनीहरुले पठाएको कामदार र रोजगारदाताबाट प्राप्त गरेको शोधभर्ना रकमको विवरण उपलब्ध गराउन संघलाई पत्राचार गरेको थियो । पत्रमा विभागले इजाजतपत्र प्राप्त संस्थाहरुलाई प्रोत्साहित गर्ने भन्दै उल्लिखित विवरण उपलब्ध गराउन संघमार्फत व्यवसायीहरुलाई आग्रह गरेको हो । विभागको पत्र प्राप्त भएपछि अन्योलमा रहेका व्यवसायीलाई तत्काल कुनै निर्णय नगर्न र शोधभर्नालगायतका विवरण पठाउनेबारे संघले आवश्यक छलफलपश्चात् मात्रै निर्णय गर्ने ‘सर्कुलर’ जारी गरेको थियो । शुक्रबार संघको कार्यसमिति बैठकले विभागलाई कुनै विवरण नबुझाउने निर्णय गर्दै आइतबार औपचारिक जानकारी दिएको महासचिव मेघनाथ भुर्तेलले बताए । ‘विभागले माग गरेको विवरण हरेक आर्थिक वर्षको अन्त्यमा बुझाउने गरेको र जरुरी परे आवश्यक विवरण विभागमा नै सुरक्षित हुने हुँदा अहिले विवरण माग गर्नुको कुनै औचित्य छैन,’ उनले भने, ‘सरकारले ल्याएको फ्रि भिसा, फ्रि टिकट’ तथा शून्य लागतमा कामदार पठाउने नीतिप्रति त्यतिबेलादेखि नै हाम्रो असहमति छ, यसमा थप छलफल आवश्यक छ ।’ सरकारले दिएको निर्देशन पालना गर्नु सबैको दायित्व भए पनि व्यवसायीको जायज माग र व्यावहारिक जटिलतालाई सम्बोधन नगरी विवरण माग गर्नु न्यायोचित नहुने भुर्तेलले बताए । संघले वैदेशिक रोजगार ऐन संसोधन तथा मलेसिया तथा खाडी मुलुकमा कामदार पठाउँदा लिइने सेवा शुल्क परिमार्जन गर्न पटक–पटक बैदेशिक रोजगार विभाग, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा जानकारी गरउँदासमेत कुनै सुनुवाइ नभएको उनको भनाइ छ । २०७२ असार २१ गतेको राज्यमन्त्रीस्तरीय निर्णयमार्फत लागू गरिएको ‘फ्रि भिसा, फ्रि टिकट’मा कामदार पठाउन बाध्य भएको हँुदा उक्त बाध्यात्मक अवस्थाको अन्त्य नगरेसम्म सरकारको निर्णय अवज्ञा गर्ने संघले जनाएको छ । साथै, सरकारबाट विनाअध्ययन र परामर्शविना एकतर्फीरूपमा फ्रि भिसा र फ्रि टिकटमा कामदार पठाउनुपर्ने भनी सिर्जना गरेको बाध्यात्मक अवस्थाको अन्त्य गर्न पनि संघले माग गरेको छ । उता विभागले भने वैदेशिक रोजगारका क्षेत्रमा काम गर्ने म्यानपावर कम्पनीहरुलाई विदेशमा कामदार पठाउँदा स्वच्छ एवं न्यायोचित भर्ना प्रणालीमा आबद्ध गराउने उद्देश्यले शोधभर्नालगायतका विवरण माग गरिएको जनाएको छ । वैदेशिक रोजगारीमा विशेषगरी मलेसिया जाने नेपाली कामदारहरुको भर्ना प्रक्रियामा अपारदर्शी आर्थिक कारोबार हुने गरेको भन्दै जनगुनासो बढेपछि ‘फ्रि भिसा, फ्रि टिकट’ तथा शून्य लागत कार्यान्वयनमा सहयोग पु¥याउन विवरण उपलब्ध गराइदिन व्यवसायीलाई आग्रह गरिएको विभागले उल्लेख गरेको छ । सरकारले २०७२ सालबाट खाडी र मलेसिया जाने कामदारको हितलाई ध्यानमा राखी ‘फ्रि भिसा, फ्रि टिकट र १० हजार रुपैयाँ सेवा शुल्क लिन पाइने कानुनी व्यवस्था गरेको थियो । उक्त व्यवस्था अनुसार मलेसिया, कतार, साउदी अरेविया, युएई, कुवेत, जोर्डन, बहराइन र ओमान जाने नेपाली कामदारका लागि भिसा र हवाई टिकटबापत लाग्ने खर्च रोजगारदाता कम्पनीले व्यहोर्नुपर्ने नीति विद्यमान छ । सरकारले लिएको नीतिका कारण म्यानपावर व्यवसाय नै धरापमा परेको भन्दै व्यवसायीले यसको पुनरवलोकन हुनुपर्ने माग गर्दै आएका छन् । त्यसो त व्यवसायीहरुले उक्त नीति लागू हुनेवित्तिकै एक महिने लामो आन्दोलनसमेत गरेका थिए ।
प्रकाशित मिति: मंगलबार, फागुन २३, २०७९  १०:१६
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP