Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • एमसिसीबारे स्पष्ट हुनु जरुरी
एमसिसीबारे स्पष्ट हुनु जरुरी
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, माघ १७, २०७६
Hardik health
एमसिसीको सवालमा मुलुक अहिले दुई भागमा विभाजन भएको छ । यसमा आमजनता एमसिसीको विपक्षमा देखिएका छन् भने केही नेता, सांसद र केही कर्मचारीहरू भने यसको पक्षमा उभिएका छन् । एमसिसीका नाममा अमेरिकाबाट रकम आउने र त्यसमा भ्रष्टाचार गर्न पाउने भएपछि उनीहरू खुसी भएका देखिन्छन् । नेताहरूले हिजो एमसिसीको चर्को विरोध गर्दै आएका थिए तर पछिल्लो समय भने उनीहरू फेरि एमसिसीको पक्षमा उभिनुलाई अर्थपूर्ण रूपमा लिइन्छ । भाग पुगेपछि नेताहरूले एमसिसीको विरोध गर्न छाडेको देखिन्छ । यस्तो अवस्थामा जनतालाई भने सरकारले वास्ता गरेको छैन । साँच्चै भन्ने नै हो भने एमसिसीका सवालमा अब जनमतसंग्रह नै गर्नुपर्ने बेला भएको छ । सत्तारुढ दलका केही नेताहरूले विरोध गर्दै आए पनि अहिले उनीहरू चुप बस्नुले जनताले शंका गर्ने बेला भएको छ । राष्ट्रवादको नारामा बनेको सरकारले एमसिसीजस्तो राष्ट्रघाती परियोजनालाई स्वीकार गर्नु आमजनताका लागि दुःखद कुरा हो । सत्ताबाहिर हुन्जेलसम्म राष्ट्रवादको नारा घन्काउने जब सत्तामा बस्यो, तब राष्ट्रवादलाई ‘फेरि भेटौँला’ भन्दै राष्ट्रघाती काम सरकारले गर्दै आएको छ । यहि विषयमा सत्तारुढ दलले एमसिसीलाई अनुमोदन हुनुपर्ने जनाएर आफ्नो पार्टीबाट अनुमोदन गर्ने क्रममा देखिन्छ । सो पार्टीका शीर्ष नेताहरूले नै एमसिसी सम्झौता अनुमोदन गर्नुपर्ने अडानमा रहेकाले सो परियोजना संसदबाट पास हुने देखिन्छ । एमसिसी सम्झौता संसदले नै पारित गराउनुको उद्देश्य के ? जनतालाई बुझाउनुपर्छ । एमसिसी सम्झौता मन्त्रिपरिषद्ले पारित गराए पनि हुने अवस्थामा संसदलाई प्रयोग गर्नुको पछाडि राष्ट्रघाती छ भनेर बुझ्न सकिन्छ । कुनै पनि सम्झौता संसदले पारित गर्नु भनेको जनताले नै उक्त परियोजना पारित गरेको ठहर्छ, सो सम्झौता नेपालमा लागू गर्न भारतले स्विकृति दिनुपर्ने भन्नेजस्ता शब्द जालमा कुनै न कुनै षड्यन्त्र देखिन्छ । पैसा पाइन्छ भनेपछि हुरुक्क हुने नेता र कर्मचारीका कारण मुलुक अन्तर्राष्ट्रिय स्तरमा धरौटी बस्नु पर्ने हुँदा पनि यसमा चुपचाप बस्नु मुलुकका लागि भने दुर्भाग्य देखिन्छ । अहिले सत्तारुढ दलभित्रै एमसिसीको विरोध हुँदै आएको भए पनि शीर्ष नेताहरूको अडानका कारण उक्त सम्झौता पारित हुने करिब करिब निश्चित छ । प्रमुख प्रतिपक्ष दल पनि सत्तारुढ दलकै लाइनमा देखिन्छ । यी दुवै दलहरू नाम मात्रका फरक देखिन्छन् । सारमा भने उनीहरूको उद्देश्य एउटै देखिएकाले अब जनताले नै यसविरुद्ध आन्दोलन थाल्नुको विकल्प देखिएको छैन । सम्झौतामा अनेकौँ शब्दजालहरू भए पनि यसलाई पारित गर्नै पर्ने लाइनमा सरकार देखिन्छ । पाँचवर्षे सो सम्झौताको कतिपय बुँदामा प्रश्न उठे पनि यसलाई कार्यान्वयन गर्नाको विकल्प नभएको बताउँदै सत्तारुढ दलले विवाद नगर्न भनेकाले नेताहरूको भित्री उद्देश्य भने राष्ट्रवादी छैन भन्ने बुझ्नु पर्ने भएको छ । यसमा नेपाललाई होच्याउने, अपमान गर्नेजस्ता शब्दावली भए पनि यसलाई सरकारले सहर्ष स्विकार्नुको पछाडि कुनै न कुनै षड्यन्त्र देखिन्छन् । पैसा भए मुलुक बेच्नसम्म पछि नपर्ने नेताहरूका कारण मुलुक कतै अलपत्र हुने त होइन ? त्यसैले एमसिसीका बारमा सरकार स्पष्ट हुनै पर्छ ।
प्रकाशित मिति: शुक्रबार, माघ १७, २०७६  ११:३६
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु शुक्रबार, कात्तिक २१, २०८२
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP