Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #विश्व दृष्टि दिवस
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • ओमानबाट नक्कली मागपत्र बनाएर ठगीधन्दा
ओमानबाट नक्कली मागपत्र बनाएर ठगीधन्दा
शुक्रबार, फागुन १९, २०७९
Oman
Hardik health
काठमाडौं– ओमानस्थित मस्कटमा रहेको नेपाली दूतावासले दूतावासको छाप र पदाधिकारीको हस्ताक्षर दुरुपयोग गरी नक्कली मागपत्र (डिमाण्ड लेटर) बनाएर ठगी भइरहेकोबारे सचेत गराएको छ । दूतावासका अनुसार ठगीमा सक्रिय गिरोहले नक्कली मागपत्र प्रमाणीकरण गराइ नेपालमा रहेका म्यानपावरहरूलाई पठाएर झुक्याउँदै आर्थिक ठगी गर्ने गरेको पाइएको छ । दूतावासले मंगलबार एक विज्ञप्ति जारी गर्दै ठगी गर्ने गिरोहले मागपत्र प्रमाणीकरणसम्बन्धी कागजातहरू विशेषगरी बिहीबार नेपालमा रहेका म्यानपावरहरुलाई उपलब्ध गराउने र आइतबार मात्र दूतावासबाट वैदेशिक रोजगार विभागको अनलाइन प्रणाली सफ्टवेयर फेइम्स्मा अपलोड हुने भनी झुक्याउने गरेको उल्लेख छ । साथै, म्यानपावरबाट उल्लिखित कागजात फेइम्स् प्रणालीमा अपलोड गर्न अनुरोध गर्दै दूतावासमा इमेलसमेत प्राप्त हुने गरेको भन्दै त्यस्ता गिरोहको झुक्यानमा नपर्न र सतर्क रहन दूतावासले आग्रह गरेको छ । दूतावासले प्रमाणीकरण भएका कामदारका मागपत्रहरु प्रत्येक दिन भोलिपल्ट बिहानसम्ममा फेइम्स् प्रणालीमा अपलोड भइसक्ने जनाउँदै बिहीबार प्रमाणीकरण भएका मागपत्रहरू पनि त्यही दिन साँझसम्म अपलोड भइसक्ने जनाएको छ । साथै, यसरी प्राप्त नक्कली कागजातमाथि आवश्यक अनुसन्धान गरी कानुनी कारबाही गर्नका लागि सम्बन्धित निकायमा पठाइसकिएको दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । दूतावासबाट प्रमाणीकरण भएका कुनै मागपत्र सम्बन्धमा थप जानकारी चाहिएमा वा नक्कली कागजात, सरकारी छाप बनाउने तथा मानवतस्कर गर्ने गिरोहबारे कुनै जानकारी भएमा नेपाल सरकारको सम्बन्धित निकायमा वा ओमानमा रहेको दूतावासलाई जानकारी गराउन सरोकारवाला सबैलाई दूतावासले आग्रह गरेको छ । त्यस्तै दूतावासले हालै वैदेशिक रोजगारीको लागि ओमानमा रहेका नेपालीहरुलाई चेतना अभिवृद्धिका लागि ‘श्रमिक सचेतना’सम्बन्धी कार्यक्रमसमेत सञ्चालन गरेको छ । कार्यक्रममा विशेषगरी ओमानमा गर्न हुने र नहुने कार्यहरू, त्यहाँको श्रम कानुनको मूलभूत पक्षहरू, श्रम स्वीकृत लिएर विदेशमा काम गर्ने कामदारहरूले स्वदेशमा व्यवस्था गरिएको आरक्षित सेयरमा लगानी गर्ने तरिकाकोबारेमा जानकारी दिइएको थियो । यसैगरी औपचारिक तथा बैंकिङ माध्यमबाट नेपालमा रकम पठाउने तरिका, मानव तस्करीबाट बच्ने उपाय, पीडितहरूले न्यायका लागि उजुरी तथा कानुनी कारबाहीमा अपनाउनुपर्ने तरिका, नेपाल तथा ओमानमा सामाजिक सुरक्षामा आबद्ध हुने तरिकाको विषयमा पनि जानकारी दिइएको दूतावासले उल्लेख गरेको छ । यस्तै सामाजिक सञ्जालको प्रयोग र ओमानमा यससम्बन्धी कानुनी व्यवस्था, राहदानी तथा कन्सुलर सेवासम्बन्धी विषयहरूका बारेमा पनि कार्यक्रममा सहभागीहरुले जान्ने मौका पाएका थिए । उक्त कार्यक्रममा १४० जना कामदारले सक्रियतापूर्वक सहभागिता जनाएको दूतावासले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, फागुन १९, २०७९  १२:३५
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP