Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #विश्व दृष्टि दिवस
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • ‘मौसमी कामदार लैजाने भ्रामक सूचनाको प्रलोभनमा नफस्नू’
‘मौसमी कामदार लैजाने भ्रामक सूचनाको प्रलोभनमा नफस्नू’
मंगलबार, फागुन १६, २०७९
bibhag buddhanagar
Hardik health
काठमाडौं– वैदेशिक रोजगार विभागले मौसमी कामदारको रुपमा दक्षिण कोरियालगायतका मुलुकमा पठाइदिने भन्दै ठगी गर्ने क्रम बढेको भन्दै सचेत गराएको छ । पछिल्लो समय विभिन्न माध्यमबाट भ्रामक सूचना निकालेर मौसमी कामदारमा विशेषगरी कोरिया पठाइदिने भन्दै ठगी गरेको जानकारी तथा उजुरी बढेको विभागले उल्लेख गरेको छ । विभागले सोमबार एक सूचना जारी गर्दै मौसमी कामदारहरुलाई कोरियालगायतका मुलुकमा कसैले प्रलोभन वा भ्रममा पारी ठगी गर्न सक्ने हुँदा त्यसबाट बच्नसमेत आग्रह गरेको छ । हालसम्म मौसमी कामदार पठाउने अनुमतिका लागि वैदेशिक रोजगार विभाग र सम्बन्धित मुलुकमा रहेको नेपाली नियोगमा कसैले पनि कागजात पेस नगरेको विभागले प्रस्ट पारेको छ । सरकारले यसका लागि सम्बन्धित मुलुकमा रहेको नेपाली दूतावासले स्वीकृति दिनुपर्ने र विभागलाई जानकारी हुने व्यवस्था गरेको छ । यसरी दुई देशबीच हुने सम्झौताअनुसार मौसमी कामका लागि जाने कामदारले कुनै शुल्क तिर्नु नपर्ने विभागले जनाएको छ । अतः ‘मौसमी कामदार व्यवस्थापन निर्देशिका, २०७९’ को दफा ४ अनुसार विदेश जाने कामदारले कुनै पनि शुल्क तिर्नु÷बुझाउनु नपर्ने व्यवस्थाको विपरीत कतिपय व्यक्तिहरुले भ्रामक सूचना फैलाइ रकम उठाउने गरेको भन्ने जानकारी प्राप्त भएको भन्दै विभागले सम्बन्धित सबैलाई भ्रममा नपर्न सूचित गरेको छ । ‘दक्षिण कोरियालगायत कुनै पनि मुलुकमा मौसमी कामदारमा पठाइदिने भनी कुनै व्यक्ति÷संस्थाको भ्रममा नपर्न, रकम नबुझाउन र आवश्यक सत्यतथ्यका लागि स्थानीय निकायको आधिकारिक पदाधिकारी वा यस विभाग वा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको कल सेन्टरमा सम्पर्क गरी जानकारी लिन अनुरोध छ,’ विभागले जारी गरेको सूचनामा उल्लेख छ । वैदेशिक रोजगारीमा छोटो अवधिका लागि मौसमी कामदारको माग बढ्न थालेपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले हालसालै ‘मौसमी कामदार व्यवस्थापन निर्देशिका, २०७९’ जारी गरेको छ । सोही निर्देशिकाको अधिनमा रही मौसमी कामदार पठाउन सकिने व्यवस्था भए पनि मौसमी कामदारको उल्लेख्य माग भएका मुलुक कोरिया र बेलायतले यसअघि नै नेपालबाट कामदार नलैजाने निर्णय गरिसकेका छन् । बेलायतले स्वदेशमा नै नेपाली कामदार छनोटमा आर्थिक शोषण हुने दाबी गर्दै यस वर्ष मौसमी कामदार नलिने जनाएको छ । कोरियाले भने मौसमीरुपमा काम गर्न आएका नेपालीहरुमध्ये ८० प्रतिशत समय सकिएपछि स्वदेश नफर्किएको कारण देखाउँदै आगामी तीन वर्षका लागि मौसमी कामदार नलिने बताएको छ । यस विषयमा अहिलेसम्म सम्बन्धित मुलुकबाट कुनै आधिकारिक जानकारी प्राप्त नभएको विभागले जनाएको छ । सरकारले निर्देशिकामार्फत विदेशमा मौसमी कामदार पठाउने जिम्मा स्थानीय तहलाई सुम्पेको छ । यस्तै विभागले अर्को एक सूचना जारी गर्दै म्यानपावर कम्पनीहरुले वैदेशिक रोजगारसम्बन्धी गर्ने विज्ञापनहरु अनलाइनमार्फत स्वतः स्वीकृत हुने व्यवस्था गरेको जनाएको छ । विभागले इजाजतपत्र प्राप्त म्यानपावर कम्पनीले विभागबाट स्वीकृत विज्ञापन पहिलोपटक राष्ट्रिय दैनिक पत्रिकामा अनिवार्य प्रकाशन गर्नुपर्ने उल्लेख गरेको छ । त्यसपछि दोस्रोपटक छापिने विज्ञापनलाई संस्थाहरुले आफ्नै वेबसाइटमा प्रकाशन गरी विभागलाई जानकारी दिनुपर्ने व्यवस्था गरिएको छ । साथै, विज्ञापन सम्बन्धमा विभागबाट नियमितरुपमा अनुगमन हुने र सोबमोजिम भए गरेको नपाइएमा कानुनबमोजिम कारबाही हुने चेतावनीसमेत दिइएको छ ।
प्रकाशित मिति: मंगलबार, फागुन १६, २०७९  १४:४७
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP