Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #विश्व दृष्टि दिवस
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • माघमा श्रम स्वीकृति लिने घटे
माघमा श्रम स्वीकृति लिने घटे
बुधबार, फागुन १०, २०७९
baidesik
Hardik health
काठमाडौं– वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या घट्दै गएको छ । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको माघ महिनाको विवरणमा श्रम स्वीकृति लिनेको संख्या अघिल्लो महिनाको तुलनामा घटेको पाइएको हो । माघ महिनामा विभिन्न मुलुक जानका लागि ६४ हजार २८४ जनाले अन्तिम श्रम स्वीकृति लिएको विभागले जनाएको छ । यो सँगै चालु आर्थिक वर्षको सात महिनामा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या चार लाख ८० हजार नाघेको छ । तर, माघ महिनामा श्रम स्वीकृति लिनेको संख्या अघिल्लो महिना (पुस)को भन्दा एक हजार १८० ले न्यून हो । पुसमा ६५ हजार ४६४ जनाले श्रम स्वीकृति लिएका थिए । यसअघि मंसिरमा यस्तो संख्या ६८ हजारभन्दा बढी थियो । माघ महिनामा श्रम स्वीकृति लिनेमध्ये पाँच हजार ८३७ जना महिला रहेको विभागले उल्लेख गरेको छ । गत आर्थिक वर्षबाट पुरानै लयमा फर्किंदै बढोत्तरी भइरहेको वैदेशिक रोजगारीको यात्रा पुस महिनादेखि घट्न थालेको विभागको तथ्यांकमा देखिन्छ । त्यसअघिका महिनाहरुमा भने श्रम स्वीकृति लिनेको संख्या बढ्दै आएको थियो । चालु आर्थिक वर्षको सात महिनामध्ये कत्तिकमा सबैभन्दा धेरै ७८ हजारभन्दा बढीले श्रम स्वीकृति लिएको तथ्यांक छ । चालु आर्थिक वर्षको सुरुआतदेखि नै पहिलो गन्तव्य बनेको मलेसिया जाने नेपाली कामदारहरुको संख्यामासमेत पछिल्लो महिना गिरावट आएको छ । माघमा १९ हजार ७८३ जनाले मलेसिया जान श्रम स्वीकृति लिएको विभागले जनाएको छ । यसअघि पुसमा २० हजार ३३९ र मंसिरमा ३० हजार ५४० जनाले मलेसिया जना श्रम स्वीकृति लिएका थिए । यद्यपि, श्रम स्वीकृतिको आधारमा यतिखेर रोजगारीका लागि अन्य मुलुकभन्दा मलेसिया नेपालीको रोजाइमा परेको विभागको तथ्यांकले देखाएको छ । गत आवमा नेपालीहरुका लागि पाँचौं श्रम गन्तव्य बन्न पुगेको मलेसिया चालु आवमा पहिलो स्थानमा रहेको छ । आप्रवासी कामदारको चरम संकट झेलिरहेको मलेसियाले नेपालबाट अधिक कामदार लैजाने रणनीतिसमेत अपनाएको छ । यसै सिलसिलामा मलेसियाका गृहमन्त्री सैफुद्धिन नासुसन इस्माइलले नेपालको तीन दिने भ्रमणमा नेपाली कामदार आपूर्तिका लागि उच्चस्तरीय छलफल गरेका थिए । माघ महिनामा कतार जान १२ हजार ७०४ जनाले श्रम स्वीकृति लिएका छन् । जहाँ गत पुस महिनामा १३ हजार ६६ जनाले श्रम स्वीकृति लिएका थिए । यसैगरी संयुक्त अरब इमिरेट्स (युएई)मा जान नौ हजार ७७०, साउदी अरेबिया १० हजार ५७६ र कुवेत जानका लागि दुई हजार ९९२ जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ । यी पाँच मुलुकले नै नेपालबाट वैदेशिक रोजगारीका लागि जानेको ठूलो हिस्सा ओगटेको विभागको तथ्यांकले देखाएको छ । यसैगरी माघ महिनामा श्रम स्वीकृति लिनेमा जापानका लागि ८८२, रोमानिया ८०४, बहराइन ७७१, पोल्याण्ड ७०२, क्रोएसिया ४७१, साइप्रस ४१७, ओमान ४०६ र माल्टाका लागि २७० जना रहेका छन् । श्रम स्वीकृति लिएर युरोपेली मुलुक जाने नेपालीको संख्या भने निकै घटेको विभागको तथ्यांकले देखाउँछ । यस्तै इपिएस प्रणालीबाहेक श्रम स्वीकृति लिएर दक्षिण कोरिया जाने नेपालीको संख्या एक हजार ७९७ रहेको छ । कूल श्रम स्वीकृति लिनेमध्ये पुनः श्रम स्वीकृति लिने २५ हजार १६० जना छन् भने पहिलोपटक विदेश जान श्रम स्वीकृति लिनेको संख्या ३९ हजार १२४ रहेको छ । जिल्लागतरुपमा मधेसका जिल्लाबाट सबैभन्दा बढी रोजगारीका लागि श्रम स्वीकृति लिएको देखिन्छ । मधेसका जिल्लाहरु धनुषा, सिरहा, महोत्तरी, सर्लाही, बारा, रौतहट, पर्सा र सप्तरीबाट विदेश जानेको संख्या ठूलो रहेको छ । त्यसैगरी झापा, मोरङ, सुनसरी, रुपन्देही, तनहुँ, धादिङ, कपिलवस्तु, मकवानपुर दाङ, स्याङ्जा र नवलपरासी पूर्वबाट पनि उल्लेख्य मात्रामा नेपालीहरु विदेश गएको विभागले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, फागुन १०, २०७९  १२:३८
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP