Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • लोकतन्त्रप्रति इमानदार बन्न आवश्यक
लोकतन्त्रप्रति इमानदार बन्न आवश्यक
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, माघ १६, २०७६
Hardik health
लोकतन्त्रको दुहाइ दिए पनि काम भने लोकतन्त्रविपरीत काम गर्ने सरकारको वास्तविक लक्ष्य थाहा पाउन सकिएको छैन । पत्रकारहरूलाई आफ्नो पार्टीमा ल्याउने मात्र होइन, उनीहरूलाई सरकारी निवासमा ल्याएर सरकारविरुद्ध केही नबोल्न, नलेख्नका लागि शपथ खुवाएर पठाउने काम सरकारबाट भइरहेको छ । सरकारविरुद्ध कुनै शब्द प्रयोग नगर्न उसले आफ्नो पार्टीका शुभचिन्तक पत्रकारहरूलाई स्पष्ट रूपमा नै पार्टी शीर्ष नेताहरूबाट निर्देशन भएको छ । नेताहरूले जे जति गलत काम गर्दै आएको भए पनि यसलाई बाहिर नल्याउन निर्देशन दिनुको पछाडि सरकारले लोकतन्त्रमाथि विश्वास नगर्नु हो । लोकतन्त्रमा विरोध गर्नुलाई सामान्य मानिएको भए पनि अहिले सत्तारुढ दलले आफ्ना कार्यकर्ताहरूलाई सरकारविरुद्ध बोल्ने स्वतन्त्रता नदिनुले सरकार लोकतन्त्रप्रति इमानदार छ भन्ने कुराको विश्वास गर्न सकिँदैन । सत्तारुढ दल यत्ति अघि बढेको छ कि अब सरकारविरुद्ध भ्रम छर्ने नेता तथा कार्यकर्तामाथि कारबाही गर्ने पक्षमा पुगेको छ । सत्तारुढ दलले पार्टी र सरकारविरुद्ध जनतामा भ्रम छर्नेगरी पार्टी अनुशासन र पद्धतिविपरीत बोल्ने, लेख्ने तथा त्यसविपरीत भेला बैठक गर्ने काम बन्द गर्नु अधिनायकवादभन्दा अर्को केही हुनै सक्दैन । सत्तारुढ दलको जारी केन्द्रीय समिति बैठकमा पेस भएको राजनीतिक प्रतिवेदनमा सो कुराको प्रस्ताव गरिएको हो । पार्टीलाई विधि, अनुशासनमा चल्ने शक्तिका रूपमा विकास गर्न आवश्यक छ । अनुशासनहिन काम गर्नेहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्नेछ सत्तारुढ दलको प्रतिवेदनमा उल्लेख छ । जसलाई सत्तारुढ दलले यसलाई संघीय लोकतान्त्रिक गणतन्त्रको नयाँ प्रणाली र अभ्यासको रूपमा लिइएको छ । लोकतन्त्रको गहना भनेकै वाक स्वतन्त्रता हो । तर, पार्टीको काम गराइप्रति चित्त नबुझेमा यसलाई बाहिर ल्याउन नपाउनुलाई अधिनायकवादको चरम परकाष्ठाका रूपमा हेर्दा फरक पर्दैन । सत्तारुढ दलको यस्तो निर्णयले लोकतन्त्रका लागि अनुकूल वातावरण नभएको भन्न सकिन्छ । सत्तारुढ दलले अहिले आफ्नो पार्टी सदस्यहरूलाई पार्टी र सरकारको विरोध गर्न निषेध गरेको छ । भोलि आमजनतालाई सरकारविरुद्ध केही नबोल्न निर्देशन दियो भने यसले मुलुक कतातिर लैजाला ? त्यसैले अब लोकतान्त्रिक शक्तिहरू सतर्क र जागरुक हुनु जरुरी छ । सत्तारुढ दलको यो सर्वसत्तावाद निर्णयले जनताको लोकतान्त्रिक अधिकारमाथि अंकुश लगाउने सम्भावना बढ्दै गएको छ । सरकारको यस्तो योजनालाई असफल बनाएर लोकतन्त्रको रक्षा गर्न जनता र प्रेस सचेत हुनै पर्ने बेला भएको छ । यति भए मात्र लोकतन्त्र बचाउन मद्दत मिल्ने देखिन्छ अन्यथा लोकतन्त्रको हत्या हुने देखिन्छ । सरकारले संविधानले दिएको वाक स्वतन्त्रतामाथि प्रहार गरेको छ । सत्तारुढ दलले आफ्नो दर्शन जनतामा लाद्न खोज्ने र त्यहीअनुरूप संविधान दिन चाहने भएकाले पनि लोकतन्त्र असुरक्षित भएको देखिन्छ । जनताले लोकतन्त्रका लागि ठूलो संघर्ष मात्र गरेनन्, जनताले बलिदानी नै दिएका थिए । लोकतन्त्रको मान्यतालाई बचाउन अब जनता नै सडकमा उत्रनु पर्ने भएको छ । जुनसुकै पार्टीले पनि मुलुकलाई लोकतान्त्रिक पद्धतिमा अघि बढाउनु पर्छ ।
प्रकाशित मिति: बिहीबार, माघ १६, २०७६  १०:४८
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु शुक्रबार, कात्तिक २१, २०८२
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP