Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #विश्व दृष्टि दिवस
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • कोरियाले मौसमी कामदारमा नेपालीलाई नलिने
कोरियाले मौसमी कामदारमा नेपालीलाई नलिने
सोमबार, फागुन ८, २०७९
Hardik health
काठमाडौं– मौसमी कामदारको अधिक माग रहेका मुलुक दक्षिण कोरियाले नेपाली कामदारलाई नलिने निर्णय गरेको छ । यसअघि कोरिया पुगेका अधिकांश नेपालीहरु नफर्किएको भन्दै त्यहाँको मौसमी कामदारसम्बन्धी अध्यागमन विभागले नेपालीहरुलाई मौसमी कामदारको रुपमा भित्र्याउन प्रतिबन्ध लगाउने निर्णय गरेको हो । अध्यागमन विभागले मौसमी कामदारको रुपमा कोरिया पुगेका झण्डै ८० प्रतिशत नेपाली कामदार स्वदेश नफर्किएको उल्लेख गरेको छ । विभागका निर्देशक इसुङ्ह्यनले अधिकांश नेपालीहरु सम्झौता अवधि पुरा भए पनि कार्यस्थल छोडेर कोरियामा नै काम गरिरहेको पाइएकाले नेपालबाट मौसमी कामदारका लागि तीन वर्षको प्रतिबन्ध लगाइएको बताएका छन् । कोरियाको श्रम कानुनमा कुनै पनि मुलुकबाट मौसमी कामदारको रुपमा कोरिया प्रवेश गरी ७० प्रतिशतभन्दा बढी व्यक्तिहरु अवैधरुपमा बसेको पाइए त्यस्ता मुलुकबाट मौसमी कामदार नभित्र्याउने व्यवस्था रहेको छ । मौसमी कामदारको रुपमा कोरिया पुगेका अधिकांश नेपालीहरु स्वदेश नफर्किएपछि आगामी तीन बर्षलाई प्रतिबन्ध लगाउनुपरेको अध्यागमनले जनाएको छ । अध्यागमनले लिएको निर्णयबाट वैदेशिक रोजगारीका लागि मौसमी कामदारको रुपमा कोरिया जाने तयारीमा रहेका थुप्रै नेपालीहरु प्रभावित हुने देखिएको छ । यद्यपि, कोरियन नागरिकसँग विवाह गरेका नेपालीका आफन्तलाई भने मौसमी कामदारको रुपमा कोरिया जानसक्ने ढोका खुलै राखिएको छ । उनीहरुले आफ्नो आफन्तलाई मौसमी कामदारको रुपमा ल्याउन अध्यागमनले छुट दिएको छ । त्यसरी कोरियन नागरिकसँग विवाह भएका नेपालीहरुले आफ्नो दाजुभाई, दाजुभाइका छोराछोरी, आमाको दाजुभाईको छोराछोरी र बुबातर्फका दाजुभाइको छोराछोरीलाई मौसमी कामदारको रुपमा कोरिया भित्र्याउन सक्ने छन् । नेपाल सरकारले हालसालै मात्र छोटो अवधिको लागि वैदेशिक रोजगारीमा जाने ‘मौसमी कामदार व्यवस्थापनसम्बन्धी निर्देशिका, २०७९’ जारी गर्दै नेपालीहरुलाई कोरिया पठाउने तयारी गरेको थियो । यहीबीचमा कोरियाले नेपालबाट मौसमी कामदार तीन वर्षका लागि नलैजाने निर्णय गरेको छ । सरकारले निर्देशिकामार्फत मौसमी कामदार पठाउने अधिकार स्थानीय तहलाई सुम्पिएको छ । मौसमी कामका लागि नेपालीहरु विदेशिने र ठगिने क्रम बढ्न थालेपछि शून्य लागतमा मौसमी कामदारलाई गन्तव्य मुलुकमा पठाउने व्यवस्थासहित सरकारले निर्देशिका जारी गरेको हो । श्रम, रोजगार तथा सामजिक सुरक्षा मन्त्रालयका सहसचिव एवं प्रवक्ता डण्डुराज घिमिरेले मौसमी कामदार लिने वा नलिने भन्नेबारे कुनै आधिकारिक जानकारी नभएको बताए । ‘यसबारे बाहिर हल्ला सुने पनि आधिकारिक जानकारी नभएसम्म प्रतिक्रिया दिनु हतार हन्छ,’ उनले भने, ‘यदि त्यस्तो केही भए सरकारले पनि एकखाले कार्यविधि बनाएको छ, आपसी छलफल र समझदारीबाट समस्या हल गर्ने प्रयास भइहाल्छ ।’ कोरिया मात्र नभएर बेलायतले समेत नेपालबाट यस वर्ष मौसमी कामदार नलिने निर्णय गरेको छ । बेलायतमा मौसमी कामदार भित्र्याउन अनुमति पाएको पाँचवटा कम्पनीले नेपालबाट कामदार नलिने घोषणा गरिसकेका छन् । ती कम्पनीहरुले बेलायतको अध्यागमन विभागलाई उद्धृत गर्दै नेपालीहरु स्वदेशमै शोषणमा पर्ने गरेको कारण मौसमी कामदारको रुपमा भित्र्याउन नसकिने उल्लेख गरेका छन् ।
प्रकाशित मिति: सोमबार, फागुन ८, २०७९  १४:०९
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP