Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #महिला टी-२०
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • अध्यागमनबाटै श्रम स्विकृतिको विवरण हेर्न सकिने
अध्यागमनबाटै श्रम स्विकृतिको विवरण हेर्न सकिने
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, माघ १६, २०७६
Hardik health
काठमाडौं– वैदेशिक रोजगारमा गएको व्यक्तिहरूको श्रम स्विकृतिको विवरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले आफैँ हेर्न सक्ने भएको छ । यसअघि सबै काम श्रम डेस्कबाट हुँदै आए पनि मंगलबार अध्यागमन विभागसँग वैदेशिक रोजगार विभागको सूचना प्रणालीहरू एकीकरण भएपछि श्रम स्विकृतिको बिवरण आफैँ हेर्न सकिने भएको हो । विभागका महानिर्देशक डा.भीष्मकुमार भुषालका अनुसार वैदेशिक रोजगार विभागले अध्यागमन विभागसँग डाटा सेयरिङ र इन्टिग्रेसन गरेपछि अब कुनै व्यक्ति नेपालको अध्यागमनबाट जुनसुकै प्रयोजनका लागि बाहिर गए पनि आए पनि तथ्यांक हुनेछ । यसबाट कुनै व्यक्तिले हिजोका दिनमा कुन कुन भिसामा बाहिर गएको हो हेर्न र अपराध नियन्त्रण गर्नसमेत सहयोग पुग्नुका साथै कति नेपाली भारतबाहेकका देशमा गएका छन् भन्ने वास्तविक सूचना संकलन हुने उनले बताए । तर, यसअघि वैदेशिक रोजगारीमा जाने नेपालीको संख्याको वास्तविक तथ्यांक नभएको महानिर्देशक डा.भुषालले बताएका छन् । उनका अनुसार सन् २००० को अप्रिल २९ देखि हालसम्म करिब ६३ लाख श्रम स्विकृति जारी भएको छ । यसको अर्थ ६३ लाख नेपाली वैदेशिक रोजगारीमा छन् भन्ने होइन, यसमा एउटै व्यक्तिले पटकपटक लिएको श्रम स्विकृतिको गणना हुने हुँदा विदेशिएकाहरूको तथ्यांक एकीन नभएको उनी बताउँछन् । त्यस्तै, यता भिजिट भिसा, बिजनेस भिसा, विद्यार्थी भिसा, आश्रित भिसाका साथै रोजगारीमा भारत जानेको पनि वास्तविक तथ्यांक नभएको उनले बताएका छन् । त्यसका साथै अहिले विदेशमा ४५ लाख नेपाली कार्यरत छन् भन्ने कुरा पनि तथ्यांक नभएर मिथ्यांक मात्र भएको डा.भुषालले जानकारी दिएका छन् । यसअघि वैदेशिक रोजगार विभागले २० असार ०७६ मा अध्यागमनसँग सूचना प्रणालीको एकीकरण गर्न प्राविधिक तयारी पूरा गरेर पत्रचार गरे पनि मंगलबारबाट नेपाली पोर्टलको शुभारम्भसँगै उक्त प्रणालीमा जोडिएको महानिर्देशक डा.भुषालले जानकारी दिएका छन् । जसले गर्दा अब वैदेशिक रोजगार विभागको श्रम डेस्कबाट हेरिने र परीक्षण गरिने कागजातहरू अध्यागमन विभागको नेपाली पोर्टलबाटै परीक्षण गर्न सकिने उनले बताए । त्यति मात्र होइन, विभागले छोटो समयमै अनलाइन टोकन, श्रम स्विकृतिको जानकारी मोबाइल मेसेजिङ सेवाबाट प्रदान गर्ने, पुरानो कागजमा छापिने श्रम स्टिकरको साटो बारकोडमा आधारित श्रम स्विकृतिको निस्सा ,श्रमिकको इमेलमै जाने व्यवस्था, अनलाइन कागजात प्रमाणीकरण, अनलाइन आवेदन प्रणाली, अनलाइन बिमा र कल्याणकारी कोषको रकम भुक्तानी, अनलाइन पूर्वस्विकृति, अनलाइन छनोट सूची प्रकाशन र अनलाइन अन्तिम श्रम स्विकृतिको व्यवस्था गरिसकिएको महानिर्देशक डा.भुषालले बताए ।
प्रकाशित मिति: बिहीबार, माघ १६, २०७६  ०६:०९
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
साउदीसँग जनवरीभित्रै श्रम सम्झौता गर्ने तयारी
साउदीसँग जनवरीभित्रै श्रम सम्झौता गर्ने तयारी बिहीबार, पुस १०, २०८२
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण 
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण  बुधबार, पुस ९, २०८२
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने बुधबार, पुस ९, २०८२
सरकारले गर्‍याे वृद्धि गरिएको  स्वास्थ्य परीक्षण शुल्क   खारेज
सरकारले गर्‍याे वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज मंगलबार, पुस ८, २०८२
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ मंगलबार, पुस ८, २०८२
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति मंगलबार, पुस ८, २०८२
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP