Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • राजनीतिक बेथिति बन्द गर
राजनीतिक बेथिति बन्द गर
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, माघ १५, २०७६
Hardik health
संसदीय व्यवस्थामा संसद भन्नेबित्तिकै योभन्दा अर्को उच्चस्थान नै हुँदैन । यत्तिको महत्वपूर्ण निकायलाई सरकार र राजनीतिक दलहरूले बच्चाजस्तै खेलाँचीका रूपमा लिएका छन् । जनताको सुख र दुःखका बारेमा मन्थन गरेर निचोड निकाल्नुपर्ने निकायलाई शक्तिको आडमा आफूलाई चाहेजस्तो गरी वातावरण निर्माण गर्ने काम नेताहरूबाट भइरहेको छ । जनताको नाममा आफू अनुकूल कानुन बनाउने काम सरकारले गर्दै आएको छ । त्यहि निकायका प्रमुखले गलत काम गर्दै हिँड्ने गरेका छन् । संसद सभामुखको अधिनमा हुन्छ । सभामुखले सबै सांसदको नेतृत्व गर्छन् तर सभामुख नै गलत काममा लिप्त भएपछि यसबाट जनताले के आसा गर्ने ? हत्या अभियोगमा डामिएका व्यक्तिलाई नेताहरूले सभामुख बनाएका छन् । अदालतले सफाइ नदिई पनि आरोपितलाई संसदको सभामुखजस्तो गरिमामय पदको जिम्मा दिनु नेताहरूको मपाइँत्व हो । सभामुखले संसद्लाई जनता र सांसद्को आवाज उठाउने मञ्चका रूपमा स्थापित गर्नुपर्ने हुन्छ । लामो समयदेखि नेतृत्वविहीन भएको संसदले नेतृत्व त पायो तर आरोपित व्यक्ति सो पदमा आउनु सबैभन्दा ठूलो खतरा छ । यो नियुक्तिले अदालतलाई नै प्रभाव पार्न सक्छ । भलै सभामुखले न्यायालयलाई प्रभावमा नपार्लान् तर आमजनताले भने यसमा विश्वास नगर्न सक्छन् । यसो हुँदा जनताले नेताहरूमाथिको विश्वास घटाउन सक्छन् । लोकतन्त्रले जनताको भावनालाई बुझेन भने लोकतन्त्रको अर्थ रहला त ? जनताकै लागि भनेर ल्याइएको शासन व्यवस्था जनताबाट नै अस्विकृत भएको खण्डमा यसको विकल्प के ? लोकतन्त्रमा नेताहरूले जनतालाई नै आफ्नो विश्वासपात्र बनाउने क्षमता देखाउनुपर्छ । तर, लोकतन्त्रको नाममा नेताहरूले कानुन हातमा लिएर आफू अनुकूल काम गर्ने हो भने कानुनी शासनको उपहासभन्दा अरु केही हुने छैन । लोकतन्त्र भनेकै जनताको शासन हो तर जनताको नाममा औँलामा गन्न सकिने नेताहरूले मात्र फाइदा लिने हो भने यसको कुनै काम देखिँदैन । हुन त सांसद हुने योग्यता नै सभामुख हुने योग्यता हो । तर, यसो भन्दैमा विभिन्न मुद्दाका आरोपीलाई सभामुख बनाएर जनताको नजरबाट नेता गिर्ने काम गर्नु हुँदैन । शिक्षकको समेत लामो समय अनुभव सम्हालेकाले सभामुखको जिम्मेवारी कुशलतापूर्वक निर्वाह सक्लान्, त्यसो त यसअघिका सभामुख पनि शिक्षण पेसाबाट नै राजनीतिमा होमिएका थिए । अहिले पनि उहि दल, उहि कर्म र उहि पृष्ठभूमि (शिक्षण) बाट आएका व्यक्तिले गरिमामय सभामुख पद सम्हालेका छन् । शिक्षण पेसाजस्तो अत्यन्तै गौरव क्षेत्रबाट आएका व्यक्तिहरू पनि शक्तिशाली पदमा पुगेपछि गलत काम गरेको उदाहरणहरू बग्रेल्ती भएका कारण अबका सभामुखले शिक्षण पेसाको पनि गरिमालाई बिर्सन हुँदैन । त्यसमाथि सभामुखजस्तो मुलुककै सर्वोच्च निकायलाई हाँक्ने काम भने हिजो निहत्था जनतालाई मारेजस्तो सजिलो भने हुँदैन । जे जस्तो भए पनि आफ्नो मुद्दाका बारेमा अदालतको फैसला भने पर्खनुपथ्र्यो । हतारमा उक्त पदमा पुग्ने प्रयास गर्नु र सो पद दिलाउने नेताहरूले नैतिकताको प्रश्न आफैँमाथि गर्नुपथ्र्यो । अब नयाँ सभामुखले निष्पक्ष र सन्तुलित भूमिका निर्वाह गर्नसक्ने कि नसक्ने ? हिजो विधेयक पारित गर्दा निवर्तमान सभामुखले गरेजस्ता सत्तापक्षको मात्र पक्षपोषण गर्ने हो भने जनताले विश्वास नगर्न सक्ने हुनाले जनताको ख्याल राख्नु उचित हुन्छ ।
प्रकाशित मिति: बुधबार, माघ १५, २०७६  १०:२६
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु शुक्रबार, कात्तिक २१, २०८२
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP