Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #विश्व दृष्टि दिवस
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • प्रलोभन देखाएर ठगी गरे कारबाही
प्रलोभन देखाएर ठगी गरे कारबाही
सोमबार, माघ २३, २०७९
Hardik health
काठमाडौं (प्रस)– सरकारले वैदेशिक रोजगारीको नाममा प्रलोभन देखाएर ठगी गरेको पाइए कडा कारबाही गर्ने चेतावनी दिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नीतिगत, कानुनी र प्रक्रियागत व्यवस्थाको बर्खिलाप हुनेगरी कोही कसैले वैदेशिक रोजगारीमा जान चाहने नेपाली नागरिकहरुलाई ठगी गरेको पाइएमा कठोरतापूर्वक कानुनी कारबाही गर्ने चेतावनी दिएको हो । मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै पछिल्लो समय व्यक्तिगत तथा संस्थागत रुपमा वैदेशिक रोजगारीमा जान चाहने नेपाली नागरिकहरुलाई विभिन्न व्यक्ति तथा संस्थाबाट अनेक प्रकारका प्रलोभन देखाइ ठगी गर्ने गरेको उजुरी तथा गुनासा आउने गरेको जनाएको छ । यस्ता विषयमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ । ‘वैदेशिक रोजगारीको सिलसिलामा देशभित्र मात्र नभई विदेशमासमेत नेपालीले नेपालीलाई र रोजगारदाताले नेपाली श्रमिकलाई ठगी गर्ने गरेको विषयमासमेत मन्त्रालयमा गुनासो तथा उजुरीहरु आएको अवस्था विद्यमान छ,’ विज्ञप्तिमा भनिएको छ । मन्त्रालयले म्यानपावर व्यवसायीहरुलाई पनि कानुनी एवं नीतिगत व्यवस्थाको परिपालना गर्न सचेत गराएको छ । ‘वैदेशिक रोजगारीमा पठाउन इजाजतप्राप्त व्यवसायीहरुबाट समेत कानुनी एवं नीतिगत व्यवस्थाको परिपालना गरी पेसागत इमान्दारिताका साथ काम गर्नुहुनसमेत मन्त्रालय हार्दिक अनुरोध गर्दछ,’ मन्त्रालयले भनेको छ । यस्तै व्यक्तिगत श्रम स्वीकृतिमार्फत वैदेशिक रोजगारीमा जान चाहने नागरिकहरुले सरकारी राजस्वबाहेक कुनै पनि व्यक्ति वा संस्थालाई कुनै पनि प्रकारको शुल्क बुझाउनु नपर्ने मन्त्रालयले जनाएको छ । यदि व्यक्तिगत श्रम स्वीकृतिमा जान चाहने श्रमिकहरुलाई कोही कसैले भ्रम वा दबाबमा पारी ठगी गर्ने उद्देश्यले गैरकानुनी रकम माग गरेको अवस्थामा नेपाल सरकारका सम्बन्धित निकायमा जानकारी गराउन मन्त्रालयले आग्रहसमेत गरेको छ । यसैगरी संस्थागत श्रम स्वीकृतिमा वैदेशिक रोजगारीमा जान चाहने युवा जनशक्तिलाई आफूले जान खोजेको मुलुक, कामको प्रकृति, आफूसँग भएको सीप, रोजगारदाताले उपलब्ध गराउने सेवा सर्त राम्रोसँग अध्ययन गरेरमात्रै प्रक्रिया अघि बढाउन विज्ञप्तिमार्फत सुझाइएको छ । विदेश जाने जनशक्तिले वैदेशिक रोजगारीमा हुने सेवासुविधा एवं लाग्ने शुल्क र आफूलाई पठाउने म्यानपावर कम्पनीको विषयमा पूर्णरुपमा जानकारी लिएर मात्र प्रक्रिया थालनी गर्नुपर्ने मन्त्रालयका सहसचिव एवं प्रवक्ता डण्डुराज घिमिरेले बताए । मन्त्रालयमा विदेश पठाउँदा गैरकानुनी एवं अनधिकृतरुपमा रकम असुल्ने गरेको उजुरी तथा गुनासो अधिक आउने गरेको भन्दै प्रवक्ता घिमिरेले कुनै पनि शुल्क बुझाउँदा व्यक्तिलाई नभई संस्था (म्यानपावर कम्पनी)लाई बुझाउन र बुझाएको प्रमाण अनिवार्यरुपमा लिन सम्बद्ध सबैलाई पटक–पटक सूचित गरिरहेको जानकारी दिए । मन्त्रालयले पछिल्लोसमय स्वदेशभित्र नै प्रशस्त रोजगारीका अवसरहरु सिर्जना गर्ने र श्रम बजारमा प्रवेश गर्ने युवा जनशक्तिलाई रोजगारीको प्रत्याभूति दिनेसम्बन्धमा प्राथमिकताका साथ काम गरिरहेको उल्लेख गरेको छ । यद्यपि, श्रम बजारमा आपूर्ति भइरहेका जनशक्तिलाई आन्तरिक रोजगारी मात्रै पर्याप्त नहुने बताउँदै वैदेशिक रोजगारी बाध्यात्मक अस्थायी विकल्पको रुपमा रहेको जनाएको छ । वैदेशिक रोजगारीलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन मन्त्रालयले विभिन्न नीतिगत, संस्थागत तथा प्रक्रियागत सुधारका लागि गृहकार्य गरिरहेको जानकारी दिएको छ ।
प्रकाशित मिति: सोमबार, माघ २३, २०७९  १४:२९
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP