Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #विश्व दृष्टि दिवस
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • विवादै विवादकाबीच राजीनामा
विवादै विवादकाबीच राजीनामा
सोमबार, माघ २३, २०७९
Mantri Aryal copy
Hardik health
काठमाडौं– श्रम, रोजगार तथा समाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले जिम्मेवारी सम्हालेको १९ दिनमा नै पदबाट राजीनामा दिएका छन् । श्रममन्त्रीमा नियुक्त हुँदादेखि नै विवादमा फसेका उनी अन्ततः उनको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र प्रधानमन्त्री पुष्पकमल दाहालबीचको टकरावका कारण राजीनामा दिने अवस्थामा पुगेका हुन् । प्रधानमन्त्री दाहालले लामिछानेलाई पुनः गृहमन्त्री बनाउन अस्वीकार गरेपछि रास्वपाले सरकारबाट बाहिरिने निर्णय गरेको हो । पार्टीको निर्णयबमोजिम श्रममन्त्री अर्यालसहित रास्वपाबाट मन्त्री बनेकाहरुले आइतबार साँझ प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका हुन् । अर्याल माघ ३ गते श्रममन्त्री नियुक्त भएका थिए । उनको नियुक्तिसँगै वैदेशिक रोजगार व्यवसायीलाई मन्त्री बनाएको भन्दै रास्वपाको चर्को आलोचना भएको थियो । स्वार्थ बाझिने मन्त्रालय लिएको भन्दै उनको आलोचना भएको हो । तर, अर्यालले आफू म्यानपावरमा आबद्ध भएको प्रमाणित गर्न सञ्चारमाध्यमलाई चुनौती दिएका थिए । उनी नयाँ बानेश्वरस्थित सृष्टि ओभरसिज इम्प्लोयमेन्ट सर्भिस प्रालिका अन्तर्राष्ट्रिय बजार निर्देशक रहेको खुलासा भएको थियो । अर्याल म्यानपावर व्यवसायी भएको सार्वजनिक हुनासाथ उक्त म्यानपावरको वेबसाइट नै नखुल्ने बनाइएको थियो । यतिमात्र नभई उनी रेमिट्यान्स तथा ट्राभल एजेन्सी सञ्चालक भएको पनि खुलेको थियो । म्यानपावर व्यवसाय र वैदेशिक रोजगारको क्षेत्रलाई नियमन गर्ने मन्त्रालयको नेतृत्वमा म्यानपावर कम्पनीसँग जोडिएका व्यवसायी पुगेपछि स्वार्थ बाझिएको भन्दै विवादित भए । मन्त्रालयको नेतृत्व सम्हालेलगत्तै वैदेशिक रोजगारीको बाध्यकारी अवस्था अन्त्य गर्छु भनेका अर्यालले त्यसको दुई दिनमा नै ‘रोजगार व्यवसायीलाई फाइदा हुनेगरी काम गर्छु’ भन्ने विवादित अभिव्यक्ति दिए । साथै, ‘फ्रि भिसा, फ्रि टिकट’ कार्यान्वयनमा नगई पुनरवलोकन गर्ने अभिव्यक्ति दिएर कामदारको थाप्लोमा आर्थिक भार थोपर्ने विवादित नीति अख्तियार गर्ने तयारी गर्दै थिए । यसबीचमा थुप्रै नीतिगत विवाद हुने कार्य गर्ने तयारी गरिरहेको मन्त्रालयकै उच्च अधिकारीहरुको भनाइ छ । यद्यपि, उनले कसैलाई पनि कुनै काममा दबाब नदिएको दाबी गर्दै आएका थिए । पछिल्लो समय पार्टीमा देखिएको अन्तरिक समस्याले पनि उनलाई विवादमा तान्यो । पार्टी सभापति लामिछानेले सर्वोच्च अदालतको फैसलाअनुरुप सांसद, संसदीय दलको नेता, उपप्रधान तथा गृहमन्त्रीको पद गुमाएपछि अर्याललाई संसदीय दलको नेता बनाइयो । यसमा पनि उनी विवादमा परे । संसदीय दलमा उपनेता रहेका विराजभक्त श्रेष्ठलाई पन्छाउँदै अर्याल संसदीय दलको नेता बने । यही आन्तरिक विवादकाबीच मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका अर्यालले पार्टीको निर्णयका आधारमा राजीनामा गरे ।
प्रकाशित मिति: सोमबार, माघ २३, २०७९  १३:४३
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP