Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #महिला टी-२०
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • सुदूरपश्चिम प्रदेशबाट १५ हजारलाई पुनः श्रम स्विकृति
सुदूरपश्चिम प्रदेशबाट १५ हजारलाई पुनः श्रम स्विकृति
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, माघ १३, २०७६
Hardik health
धनगढी– सुदूरपश्चिम प्रदेशबाट एक वर्षको अवधिमा १५ हजार युवाहरूले पुनः श्रम स्विकृति लिई वैदेशिक रोजगारीका लागि विदेश गएका छन् । नेपाल सरकारले ११ माघ ०७५ देखि वैदेशिक रोजगारीबाट बिदामा नेपाल फर्किएका सुदूरपश्चिम प्रदेशका युवाहरूहरूलाई पुनः श्रम स्विकृति प्रदेशबाटै दिने व्यवस्था नेपाल सरकारले गरेको थियो । श्रम कार्यालय धनगढीको तथ्यांकबमोजिम आर्थिक वर्ष ०७५÷७६ को पाँच महिनाको अवधिमा एक हजार पाँच सयभन्दा बढी जनाले पुनः श्रम स्विकृति लिइएका थिए । त्यसैगरी चालु आर्थिक वर्ष ०७६÷७७ मा ४ हजार ७ सय ९० जनाले पुनः श्रम स्विकृति लिइएका छन् । सोही व्यवस्थाअनुसार श्रम कार्यालय धनगढीबाट पुनः श्रम स्विकृति लिने युवाहरूको संख्यामा वृद्धि भएको कार्यालय प्रमुख कृष्णानन्द जोशीले बताएका छन् । कार्यालय प्रमुख जोशीका अनुसार नेपाल सरकारले माघ ०७५ मा सातै प्रदेशमा वैदेशिक रोजगार कार्यालय स्थापना गरेसँगै सुदूरपश्चिम प्रदेशबाट पुनः श्रम स्विकृति लिने सेवाग्रहीहरूको भीड हुने गरेको छ । उनका अनुसार सुदूरपश्चिम प्रदेशमा श्रम स्विकृति लिन सजिलो भए पनि वैदेशिक रोजगारीका नाममा ठगिएका निवेदनहरू दर्ता हुने गरेको छ । कारबाहीका लागि जिल्ला प्रशासन कार्यालयबाट अघि बढ्ने र दण्ड सजाय, जरिवाना, थुनामा राख्ने अधिकार भने वैदेशिक रोजगार विभागलाई नै रहेको उनले बताए । आर्थिक वर्ष ०७५÷७६ मा सुदूरपश्चिम प्रदेशबाट ३ हजार २ सय ७६ जना पुरुष र महिलाले पुनः श्रम स्विकृति लिएका छन् । माघ ०७५ देखि ०७६ पुस मसान्तसम्म यस प्रदेशबाट ३ हजार २ सय ७६ जनाले वैदेशिक रोजगारका लागि पुनः श्रम स्विकृति लिई वैदेशिक रोजगारमा गएको श्रम कार्यालय धनगढीले जनाएको छ । सुदूरपश्चिम प्रदेशबाट वैदेशिक रोजगारमा जाने जिल्लाका युवाहरूको तथ्यांकमा सुदूरपश्चिम प्रदेशका नौ जिल्लाहरूमध्यै सबैभन्दा बढी वैदेशिक रोजागरमा जाने युवाहरूको संख्या कञ्चनपुरको रहेका छन् । पुनः श्रम स्विकृति लिने पुरुष १ हजार २ सय १७ र महिला १७ जना गरी १ हजार २ सय ३४ जना रहेका छन् । त्यसैगरी कैलालीबाट ९ सय १६ पुरुष र १८ जना महिला गरी ९ सय ३४ जना, बैतडीबाट ३ सय ९ जना, डडेलधुराबाट १ सय ८८ जना, डोटीबाट १ सय ५६ जना, दार्चुलाबाट १ सय ३३ जना, बझाङबाट ८२ जना बाजुराबाट ४२ जना र अन्य ९७ जना गरी सुदूरपश्चिम प्रदेशबाट ३ हजार २ सय ७६ जनाले पुनः श्रम स्विकृति लिएको कार्यालयका प्रमुख जोशीले बताए । सुदूरपश्चिम प्रदेशबाट कुन देशमा कति गए ? यस प्रदेशबाट विभिन्न देशमा जाने युवाहरूको संख्या सबैभन्दा बढी युएईका लागि पुनः श्रम स्विकृति लिएका छन् । युएईका लागि ११ सय ३ पुरुष १८ जना महिला गरी ११ सय २१ जनाले पुनः श्रम स्विकृति लिएको कार्यालयको तथ्यांकमा उल्लेख छ । त्यसैगरी साउदीका लागि ६ सय ९२ जना, मलेसिया ६ सय ५९ जना, कतार ५ सय ६९ जना, कुवेतका लागि १ सय २१ जना अन्य देश १ सय १४ गरी ३ हजार २ सय ७६ जनाले पुनः श्रम स्विकृति लिएको कार्यालयको तथ्यांकमा छ ।
प्रकाशित मिति: सोमबार, माघ १३, २०७६  ०५:४०
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
साउदीसँग जनवरीभित्रै श्रम सम्झौता गर्ने तयारी
साउदीसँग जनवरीभित्रै श्रम सम्झौता गर्ने तयारी बिहीबार, पुस १०, २०८२
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण 
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण  बुधबार, पुस ९, २०८२
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने बुधबार, पुस ९, २०८२
सरकारले गर्‍याे वृद्धि गरिएको  स्वास्थ्य परीक्षण शुल्क   खारेज
सरकारले गर्‍याे वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज मंगलबार, पुस ८, २०८२
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ मंगलबार, पुस ८, २०८२
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति मंगलबार, पुस ८, २०८२
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP