Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #विश्व दृष्टि दिवस
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • ‘वैदेशिक रोजगारी अनिवार्य विकल्प’
‘वैदेशिक रोजगारी अनिवार्य विकल्प’
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, माघ २, २०७९
Hardik health
काठमाडौं- नेपाली कांग्रेसका प्रमुख सचेतक एवं संघीय सांसद रमेश लेखकले रोजगारीको विकल्प वैदेशिक रोजगारी भएको बताएका छन् । नेपाल वैदेशिक रोजगार संघको यही माघ ६ गते हुने निर्वाचनमा नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनका उम्मेदवारहरुको आधिकारिक टिम घोषणा कार्यक्रममा लेखकले उक्त कुरा बताएका हुन् । मुलुक लामो समयदेखि वैदेशिक रोजगारीमा निर्भर रहँदै आएको भन्दै लेखकले वैदेशिक रोजगारी अनिवार्य विकल्प भएको बताए । उनले विदेश जानबाट युवाहरुलाई रोक्ने, मुलुकमै रोजगारी सिर्जना गर्ने चिल्ला कुरा मात्रै भएको र यसप्रति कसैले ध्यान नदिएको बताए । ‘रोजगारी सिर्जनका लागि आवश्यक भौतिक पूर्वाधार, उद्योग कलकारखाना, कृषि तथा व्यवसायिक उत्पादनमा सुधार नगरी स्वदेशमा नै रोजगारीको कुरा गरिरहनुको कुनै अर्थ छैन,’ लेखकले भने, ‘वैदेशिक रोजगारी विश्वव्यापी टेण्डेन्सी हो, नेपालीहरु मलेसिया, खाडी कोरिया जान्छन् त्यहाँका मान्छे विकसित मुलुकमा गइरहेका छन्, यसलाई रोक्न सकिन्न ।’ उनले माओवादी जनयुद्धको समयमासमेत वैदेशिक रोजगारीले मुलुकको अर्थतन्त्र थामेको स्मरण गर्दै अहिले पनि रेमिट्यान्सकै भरमा मुलुक चलिरहेको बताए । सांसद लेखकले वैदेशिक रोजगारीको क्षेत्रमा उल्लेख्य भूमिका खेलेको भन्दै म्यानपावर व्यवसायीहरुको प्रशंसा गरे । संघको निर्वाचनमा कुमुद खनाल नेतृत्वको लोकतान्त्रिक प्यानललाई विजयी गराउन पनि उनले आग्रह गरे । उनले संघको निर्वाचनका सम्बन्धमा लोकतान्त्रिक एसोसिएसनभित्र देखिएको विवादलाई हल गरी एकतावद्ध भएर निर्वाचनमा जानुपर्ने बताए । यसका लागि एसोसिएसनमा विमति राखी व्यवसायीहरुले अध्यक्षलगायतका पदमा दिएको उम्मेदवारी स्थगन गरी सहमति र नीति, सिद्धान्तमा ध्यान दिन आग्रह गरे । नेपाली कांग्रेसको शुभेच्छुक संस्था लोकतान्त्रिक एसोसिएसनमा संघको निर्वाचनलाई लिएर उम्मेदवारी दिने आकांक्षीहरु धेरै भएपछि उत्पन्न भएको विवाद मिलाउने जिम्मा लेखकलाई दिइएको छ । यद्यपि, लेखकले विवाद समाधानका लागि गरेका प्रयास सफल नभएपछि एसोसिएसनका तर्फबाट भन्दै अध्यक्षमा भुवनसिं गुरुङले उम्मेदवारी दर्ता गराएका छन् भने उनले सिंगो प्यानल नै खडा गरेका छन् । तर, नेपाली कांग्रेसले खनाल समूहको प्यानललाई नै आधिकारिकता दिँदै आइतबार टिम घोषणा गरेको छ । लोकतान्त्रिक प्यानल घोषणा वैदेशिक रोजगार व्यवसायी संघको यही माघ ६ गते हुने निर्वाचनका लागि नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनका उम्मेदवारहरुको आधिकारिक टिम घोषणा गरिएको छ । संघको नेतृत्वका लागि लामो समयदेखि उम्मेदवारीका विषयमा देखिएको विवादका बाबजुद पनि एसोसिएसनले आधिकारिक टिम घोषणा गरेको हो । नेपाली कांग्रेसले शुभेच्छुक संस्था लोकतान्त्रिक एसोसिएसनबाट कुमुद खनाललाई अध्यक्षमा अघि सारेको छ भने उनकै नेतृत्वको प्यानललाई आधिकारिकता दिएपछि आइतबार टिम घोषणा गरिएको हो । नेपाली कांग्रेसका प्रमुख सचेतक एवं सांसद लेखकको उपस्थितिमा घोषणा गरिएको टिमको अध्यक्षमा खनाल, प्रथम, द्वितीय र तृतीय उपाध्यक्षमा किशोरकुमार केसी, अख्तर हुसेन र सञ्जय पनेरु महासचिवमा मेघनाथ भुर्तेल, सचिवमा कर्णराज कटुवाल र कोषाध्यक्षमा हिमा गुरुङ उम्मेदवार रहेका छन् । त्यस्तै सदस्यहरुमा चन्द्र बहादुर लिम्बू, कैलाश पाठक, तोरणकुमार कार्की, नारायण भुसाल, राजकाजी भोलान, विक्रम श्रेष्ठ, मो. इजरायल, फिरोज खानलाई उम्मेदवारमा समेटिएको छ । १७ सदस्यीय कार्यसमितिका लागि दुई जनाको नाम अझै तय भइनसकेको एसोसिएसनले जनाएको छ । एसोसिएसनले तराई मधेस म्यानपावर व्यवसायी संघसँग पनि गठबन्धन गरेको छ । साथै, संघको तदर्थ समितिका संयोजक विमल ढकालले पनि एसोसिएसनलाई समर्थन गरेका छन् । उनले टिम घोषणा कार्यक्रमबाटै एसोसिएसनका उम्मेदवारलाई निर्वाचित गराउन सबै व्यवसायीलाई मतदान गर्न आग्रह गरे । त्यस्तै कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका लेखकले उम्मेदवारहरुलाई कुनै निराश नभई निर्धक्कसँग चुनावमा भाग लिन र नतिजा आफ्नो पक्षमा पार्न निर्देशन नै गरे । टिम घोषणापछि अध्यक्षका उम्मेदवार खनालले वैदेशिक रोजगार व्यवसायलाई मर्यादित, व्यवस्थित, नियमित गर्ने तथा पेसागत हक हितको सुरक्षाका साथै कामदारका हकहित र सुरक्षामा ध्यान दिने मूल उद्देश्यका साथ आफूले उम्मेदवारी दिएको बताए । उनले वैदेशिक रोजगारको क्षेत्रमा भइरहेको चौतर्फी आक्रमणको अन्त्य गर्नका लागि व्यवसायिक एकतासहितको सक्षम र जुझारु नेतृत्व एवं समन्वयकारी भूमिका निर्वाह गर्न सक्ने संघको भूमिकालाई बढाउन लोकतान्त्रिक समूहलाई निर्वाचित गराउन आग्रह गरे ।  
प्रकाशित मिति: सोमबार, माघ २, २०७९  १६:१२
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP