Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #विश्व दृष्टि दिवस
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • चुनावी दौडमा व्यवसायी प्रगतिशील र लोकतान्त्रिकले घोषणा ग¥यो आ–आफ्नो टिम
चुनावी दौडमा व्यवसायी प्रगतिशील र लोकतान्त्रिकले घोषणा ग¥यो आ–आफ्नो टिम
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, माघ १, २०७९
Hardik health
काठमाडौं– वैदेशिक रोजगार व्यवसायीहरुमा चुनावी सरगर्मी बढेको छ । व्यवसायीहरुको छाता संगठन नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनसहितको साधारणसभा यही माघ ६ गते हुँदै छ । पटक–पटक स्थगित हुँदै आएको निर्वाचन यसपटक भने अन्तिम तयारीमा पुगेको छ । संघको नेतृत्व लिन व्यवसायीहरुबीच चर्को प्रतिस्पर्धा देखिएको छ । त्यसैले व्यवसायहरुमाझ चुनावी सरगर्मी बढेको हो । संघको आगामी कार्यकालका लागि सहमतिमा नेतृत्व चयन गर्न नसक्दा व्यवसायीहरु चुनावमा होमिएका छन् । नयाँ कार्यसमितिमा जान शुक्रबार व्यवसायीहरुले उम्मेदवारी दर्ता गरिसकेका छन् । यद्यपि, विभिन्न राजनीतिक दलनिकट व्यवसायीहरुको संगठनले आपसी सहमति जुटाउन नसक्दा प्यानल घोषणा गर्नुपरेको छ ।नेकपा एमालेनिकट व्यवसायीहरुको संगठन प्रगतिशील वैदेशिक रोजगार मञ्चले शनिबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी आफ्नो टिम घोषणा गरेको छ । नेपाली कांग्रेसनिकट व्यवसायीहरुको संगठन नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार एसोसियसनले औपचारिकरुपमा टिम घोषणा नगरे पनि आफ्नो आधिकारिक उम्मेदवारहरुको सूची सार्वजनिक गरेको छ । त्यस्तै उम्मेदवारी दर्ता गरे पनि माओवादी केन्द्रलगायत अन्य दलनिकट संघसंस्थाले आधिकारिक टिम घोषणा गरेका छैनन् ।अन्तिम समयसम्म पनि सहमतिका लागि गरिएको प्रयास असफल भएको भन्दै प्रगतिशील मञ्चले राजेन्द्र भण्डारीको नेतृत्वमा प्यानल सार्वजनिक गरेको छ । प्यानलको अध्यक्षमा भण्डारी, प्रथम, द्वितीय र तृतीय उपाध्यक्षमा क्रमशः डिकबहादुर खत्री, सञ्जु गुरुङ र रोशन कटुवाल, महासचिवमा मिलन कट्टेल, सचिवमा राजेन्द्र अधिकारी, कोषाध्यक्षमा सरिता घले रहेका छन् । कार्यसमिति सदस्यका लागि देउमान नेम्वाङ, वैकुण्ठ पौडेल, शिवहरी मैनाली (शितल), आनन्द कोइराला, खेमनाथ गौतम, मोहनप्रसाद आचार्य, राजेन्द्र बस्नेत, जनकलाल बास्तोला, श्यामचन्द्र खतिवडा, उमेश महतो रहेका छन् । यसैगरी लोकतान्त्रिक एसोसियसनले पनि औपचारिक कार्यक्रम नगरे पनि आधिकारिक उम्मेदवारको सूची सार्वजनिक गर्दै प्यानल प्रस्तुत गरेको छ । थुप्रै व्यवसायीहरु संघको पदाधिकारी एवं सदस्यमा आकांक्षी रही उम्मेदवारी दर्ता गरेपछि लोकतान्त्रिकले आधिकारिक सूची जारी गर्नु परेको जनाएको छ । सूचीअनुसार अध्यक्षमा कुमुद खनाल, प्रथम, द्वितीय र तृतीय उपाध्यक्षमा क्रमशः किशोरकुमार केसी, अखतर हुसेन र सञ्जय पनेरु महासचिवमा मेघनाथ भुर्तेल, सचिवमा कर्णराज कटुवाल र कोषाध्यक्षमा हिमा गुरुङ आधिकारिक उम्मेदवार रहेका छन् । त्यस्तै सदस्यहरुमा चन्द्रबहादुर लिम्बू, कैलाश पाठक, तोरणकुमार कार्की, नारायण भुसाल, राजकाजी भोलान, विक्रम श्रेष्ठ, कामेश्वर साह, मो. इजरायल, फिरोज खान र चन्द्रकमल श्रेष्ठलाई आधिकारिक उम्मेदवारको रुपमा समेटिएको छ । आधिकारिक सूचीमा नपरेका भुवनसिं गुरुङले पनि लोकतान्त्रिक एसोसियसनको तर्फबाट भन्दै संघको अध्यक्षमा उम्मेदवारी दर्ता गएका छन् । यसअघि संघमा गुरुङको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयनको प्रयास भएपनि भाँडिएको थियो । त्यस्तै अन्य पदाधिकारी र सदस्यहरुमा पनि उम्मेदवारी दर्ता गरेका थुप्रै व्यवसायीहरु आधिकारिक सूचीबाट बाहिर परेका छन् । आन्तरिक किचलोका कारण लोकतान्त्रिक एसोसियसनमा विवाद देखिएपछि यसको लाभ प्रगतिशील मञ्चले लिन सक्ने व्यवसायीहरुको भनाइ छ । यद्यपि, प्रगतिशील मञ्चले शनिबार टिम घोषणा गर्दासम्म सत्ता समीकरणका रहेका दलनिकट व्यवसायीका संघसंगठनले समर्थन गरेका छैनन् । तर, सहमति र समर्थनका लागि अधिकतम छलफल भइरहेको बताइएको छ । माओवादी केन्द्रनिकट संगठनबाट ईश्वरबाबु जिसीले अध्यक्षमा उम्मेदवारी दिएका छन् । उनले प्यानल घोषणा गरेका छैनन् । प्रगतिशील मञ्चको टिम घोषणा कार्यक्रममा प्रमुख अतिथिको रुपमा आएका एमाले महासचिव शंकर पोखरेलले पनि सत्ता समीकरणमा रहेका दलनिकट व्यवसायीहरु मिलेर संघको निर्वाचनमा सामेल हुनु उपयुक्त रहेको बताए । उनले अहिलेको परिदृश्यमा सबै मिल्न सके परिणाम प्रगतिशीलहरुकै पक्षमा आउन कसैले रोक्न नसक्ने बताए । पोखरेलले व्यवसायीहरुकै चुनावबाट पनि वाम एकताको सन्देश प्रवाह हुने बताए । यसअघि पुस ८ गते तोकिएको संघको चुनावमा व्यवसायीहरुले सदस्यहरुको नवीकरण तथा आन्तरिक तयारी नपुगेको भन्दै रोकेका थिए । यतिखेर साधारणसभा तथा निर्वाचनका लागि राजनीतिक दलनिकट सबै व्यवसायी संघसंगठन तयारी अवस्थामा रहेको र झण्डै सात सयको हाराहारीमा प्रतिनिधि दर्ता भएको संघले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, माघ १, २०७९  १२:४७
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP