Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #विश्व दृष्टि दिवस
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • मलेसियामा अलपत्र श्रमिक आज नेपाल फर्किंदै
मलेसियामा अलपत्र श्रमिक आज नेपाल फर्किंदै
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, पुस २६, २०७९
Hardik health
काठमाडौं- वैदेशिक रोजगारीका लागि मलेसिया पुगेर अलपत्र परेका नेपाली श्रमिकहरु मंगलबार नेपाल फर्किंदै छन् । क्वालालम्पुरस्थित नेपाली दूतावासले उनीहरुलाई नेपाल फर्काउन लागेको जानकारी दिएको हो । नेपालबाट वैदेशिक रोजगारीमा पठाउने कम्पनी, रोजगारदाता र अलपत्र परेका नेपाली युवासँगको छलफल र समन्वयमा उनीहरुको उद्धार गरी नेपाल फर्काउन लागिएको दूतावासले जनाएको छ ।दूतावासले सोमबार एक सूचना जारी गर्दै मलेसियामा नेपाली नागरिकहरु अलपत्र परेको भन्ने विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा आएका समाचारहरुप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अलपत्र परेकाहरुको उद्धार तथा सहयोगका लागि काम भइरहेको दूतावासले उल्लेख गरेको छ । दूतावासले उल्लेख गरेअनुसार मलेसियाको प्लान्टेसन क्षेत्रमा काम गर्ने कम्पनी पिआरएस फरेस्ट म्यानेजमेन्ट एसडिएन बिएचडीमा काम गर्न गएका नेपालीले सम्झौताअनुसारको सेवा सुविधा र तलब नपाएको गुनासोसहित दूतावासमा गुनासो आएको जनाएको छ । गुनासो आउनासाथ गत डिसेम्बर २५ र २८ मा रोजगारदातालाई पत्राचार गर्दै जानकारी दिएको र ३० डिसेम्बरमा १३ जना नेपाली पठाउने त्रिवेणी ह्युमन रिसोर्स सोलुसन्सका प्रतिनिधिको रोहबरमा उनीहरूलाई नेपाल फर्काउने समझदारी भएको दूतावासले जनाएको छ । उक्त सहमतिका आधारमा १३ जनालाई नेपाल फर्कनका निम्ति आवश्यक पर्ने मलेसियाली अध्यागमन विभागको चेकआउट मेमो (एक्जिट पास) र हवाइ टिकटको व्यवस्था एवं नेपाल नफर्केसम्मका लागि खाने बस्ने व्यवस्था गरिएको दूतावासको भनाइ छ । उनीहरुमध्ये छ जना आज (१० जनवरी) र बाँकी सात जना १३ जनवरीमा नेपाल फर्कन लागेको दूतावासले जनाएको छ । यस्तै मलेसियाको कुखुरा आपूर्ति गर्ने कम्पनी होङ तेज इन्टरप्राइजेजमा काम गर्न पुगेका २८ जना नेपालीहरु अलपत्र परेको सम्बन्धमा मलेसियाली प्रहरीसमक्ष उजुरी गरिएको र यस विषयमा सम्बन्धित पीडकलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरिरहेको दूतावासले उल्लेख गरेको छ । नेपालीहरुलाई काम गर्ने सिलिसिलामा कम्पनीका तर्फबाट भनाभन, कुटपिट भएको र तत्पश्चात् कम्पनीबाट निकालेर अन्यत्र राखेको भनी उजुरी परेको दूतावासले जनाएको छ । यस घटनामा ४ जनवरी २०२३ मा दूतावासका प्रतिनिधिले पीडित नेपाली नागरिकलाई भेटी समस्या समाधानको प्रयास भइरहेको जानकारी दिएको उल्लेख छ ।उक्त भेटपश्चात् ६ जनवरीमा नेपालीहरुलाई मलेसिया रोजगारीमा पठाउने खोजी रिक्र्युटमेन्टका प्रतिनिधि, रोजगारदातासमेतको सहभागितामा दूतावासमा भएको छलफलले नेपाल फर्कन चाहने नेपालीहरुलाई तुरुन्त घर फर्काउने र काममा फर्कन चाहनेलाई सुरक्षित कार्य वातावरणको प्रत्याभूति गराउने निर्णय भएको दूतावासले जनाएको छ । उक्त निर्णयका आधारमा नौ जना नेपाली नागरिक सोही काममा फर्किसकेको, सात जना ११ जनवरीको दिन नेपाल फर्कने व्यवस्था भएको र बाँकी १२ जनालाई नेपाल फर्कने वा रोजगारीमा फर्कने भन्नेबारे उनीहरुको छनोटअनुसारको व्यवस्था गरिने दूतावासले प्रस्ट पारेको छ ।यसै सन्दर्भमा विभिन्न माध्यमबाट मलेसिया गएका नेपालीहरु समस्यामा (बन्धक) भएको गुनासो तथा भिडियो सार्वजनिक भएपछि सोमबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहालले उनीहरुको अवस्था बुझेर तत्काल रिहाइ तथा उद्धारको पहल गर्न मुख्यसचिव शंकरदास वैरागीलाई निर्देशन दिएका थिए । सोही आधारमा परराष्ट्र मन्त्रालयमार्फत मलेसियास्थित नेपाली दूतावासलाई आवश्यक उद्धार कार्य गर्न निर्देशन दिइएको थियो ।
प्रकाशित मिति: मंगलबार, पुस २६, २०७९  ०९:३२
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP