Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #विश्व दृष्टि दिवस
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • वैदेशिक रोजगारीका नाममा ठगीधन्दा बढ्दो
वैदेशिक रोजगारीका नाममा ठगीधन्दा बढ्दो
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, पुस २०, २०७९
Hardik health
काठमाडौं-  वैदेशिक रोजगारीका नाममा हुने ठगी घटना अनियन्त्रित बनेको छ । पछिल्लो एक सातामै यस्ता ठगीमा संलग्न तीन जना पक्राउ परेका छन् । नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो । ठगीमा संलग्नहरुले कतार, साइप्रस र अमेरिकालगायतका देशमा पठाइदिने भन्दै अकर्षक आम्दानीको प्रलोभनमा पारी रकम ठगी गरेको प्रहरीले जनाएको छ । कीर्तिपुर बस्दै आएका झापा, धुलाबारी १० स्थायी घर भएका ३२ वर्षीय हेमसागर भण्डारीले वैदेशिक रोजगारीका लागि कतार पठाइदिने भन्दै समिर तामाङसँग पटक–पटक गरी एक लाख ७२ हजार रुपैयाँ लिएर फरार भएको आरोपमा प्रहरीले काठमाडौंको बानेश्वरबाट यही पुस १७ गते पक्राउ गरेको जनाएको छ । भण्डारीले कतारको एक प्रतिष्ठित कम्पनीमा मासिक एक लाखसम्म कमाइ हुने प्रलोभन देखाई पीडितसँग पैसा लिएर सम्पर्कमा नबसी फरार भएको अवस्थामा पक्राउ परेको प्रहरीले उल्लेख गरेको छ ।ठगी गरेको आरोपमा पक्राउ परेका अर्का व्यक्ति हुन् राजेश थापा । ललितपुर महानगरपालिका कुपण्डोल स्थायी घर भएका ४४ वर्षीय थापाले वैदेशिक रोजगारीमा अमेरिका, क्यानडा, अस्ट्रेलिया र हङकङ पठाइदिने भन्दै विभिन्न व्यक्तिहरुबाट एक करोड ६२ लाख छ हजार रुपैयाँ संकलन गरी फरार रहेको अवस्थामा प्रहरीले पक्राउ गरेको जनाएको छ । उल्लेखित देशमा मासिक तीन लाख रुपैयाँ बढी तलब हुने प्रलोभन देखाई प्रतिव्यक्ति २५ लाख रुपैयाँ लाग्ने भन्दै पीडितहरुसँग रकम संकलन गरी सम्पर्कविहीन भएको भनी परेको उजुरीका आधारमा थापालाई लैनचौरबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । थापाले ती देशमा पठाइदिने मात्र नभई ग्रिन कार्ड, पिआर र हङकङ आइडीसमेत बनाइदिने आश्वासन दिएको पीडितहरुको भनाइ छ । यसैगरी ठगी आरोपमा पक्राउ परेका तेस्रो व्यक्ति हुन् विनोद लुहार । पुरानो बानेश्वर बस्दै आएका कञ्चनपुर भीमदत्त नगरपालिका स्थायी घर भएका ३० वर्षीय लुहारले वर्किङ भिसामा साइप्रस पठाइदिने भन्दै सौरभ नेपालसँग छ लाख रुपैयाँ लिएर सम्पर्कमा नबसी फरार रहेको अवस्थामा प्रहरीले पक्राउ गरेको जनाएको छ । लुहारले साइप्रसको एक प्रतिष्ठित होटलमा काम लगाइदिने भन्दै १५ लाख रुपैयाँ लाग्ने बताएर पटक–पटक गरी नेपालसँग छ लाख रुपैयाँ लिएको उजुरीका आधारमा नयाँ बानेश्वरबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । आकर्षक आम्दानीको लोभ देखाई विदेश पठाइदिने नाममा ठगी गरेको पाइएकाले उनीहरुलाई अनुसन्धानका लागि पक्राउ गरी सरोकारवाला निकायमा बुझाइएको अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए । भण्डारी र लुहारलाई वैदेशिक रोजगार विभागले पक्राउ गरी उपस्थित गराइदिन आग्रह गर्दै पत्राचार गरेपछि प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुलाई थप अनुसन्धानका लागि विभागमा बुझाइएको कोइरालाले बताए । थापालाई भने मुलुकी अपराध संहिताबमोजिम अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय टेकुमा पठाइएको प्रहरीले जनाएको छ । विदेशमा आकर्षक तलब प्राप्त हुने लोभमा फस्दा नेपालीहरु दैनिकजसो ठगिँदै आएको विभागका निर्देशक एवं सूचना अधिकारी कृष्ण प्रसाद भुसालले बताए । पछिल्लो समय ठगीको घटना बढ्दै गएको उनले बताए । भुसालले विभागमा थुप्रै उजुरी पर्ने गरेको र नेपाल प्रहरीको समन्वयमा ठगीमा संलग्नहरुलाई पक्राउ गरिरहेको बताए । यद्यपि विभागले पक्राउ परेकाहरुबाट पीडितहरुलाई क्षतिपूर्तिसमेत दिलाउँदै आएको जनाएको छ । विभागले चालु आर्थिक बर्षको पाँच महिनाको अवधिमा एक हजार १९० वटा ठगीका उजुरी परेको उल्लेख गरेको छ । उजुरी परेकामध्ये १७० वटा मुद्दालाई मिलापत्र गराई आठ करोड ५१ लाख ५३ हजार रुपैयाँ क्षतिपूर्ति दिलाएको विभागले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, पुस २०, २०७९  ०९:०५
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP