Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #विश्व दृष्टि दिवस
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • दक्षिण कोरियामा आप्रवासी श्रमिकले १० वर्ष बस्न पाउने
दक्षिण कोरियामा आप्रवासी श्रमिकले १० वर्ष बस्न पाउने
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, पुस १९, २०७९
Hardik health
काठमाडौं- दक्षिण कोरियाली सरकारले आप्रवासी श्रमिकहरुलाई लगातार १० वर्षसम्म रोजगारीका लागि बस्न पाउने नीति ल्याउने भएको छ । कोरियाको श्रम मन्त्रालयले गैरव्यवसायिक भिसा (ई–९) अन्र्तगत रोजगारीका लागि कोरिया आउने विदेशी कामदारहरुलाई १० वर्षसम्म बस्न दिने नीति ल्याउन लागेको हो । हाल रोजगार अनुमति प्रणाली (इपिएस)मार्फत विदेशी कामदार आपूर्ति गर्दै आएको कोरियामा लामो समयसम्म आफ्नो काममा दक्षता प्राप्त गर्न संघर्षरत कामदारहरुलाई लगातार १० वर्षसम्म बस्न दिने योजना बनाएको त्यहाँको श्रम मन्त्रालयले गत बिहीबार जानकारी दिएको हो । अहिले इपिएसअन्तर्गत कोरिया प्रवेश गर्ने विदेशी कामदारहरूका लागि पहिलो चरणमा अधिकतम चार वर्ष १० महिना काम गर्न पाइने प्रावधान रहेको छ । अब यसलाई बढाएर १० वर्ष पु¥याउन लागिएको र संयुक्त परामर्शका लागि न्याय मन्त्रालयमा पठाइएको मन्त्रालयले जनाएको छ । यद्यपि, १० वर्ष बस्ने व्यवस्था लागू गर्न खोजिए पनि अधिकतम कति समयसम्म भिसा अवधि रहने भन्ने निक्र्योल छलफलपछि टुंगो लाग्ने बताइएको छ । सरकारले ल्याउन खोजेको पछिल्लो योजनाअनुसार कोरियामा एउटै कार्यस्थलमा ३० महिना वा सोभन्दा लामो समय वा रोजगारी दिने पहिलो कम्पनीमा २४ महिना वा सोभन्दा बढी समय काम गर्ने आप्रवासी कामदारहरूलाई दीर्घकालीन कामदारको रूपमा मान्यता दिई १० वर्षसम्म काम गर्ने सक्ने व्यवस्था लागू गर्न खोजिएको मन्त्रालयले जनाएको छ । विद्यमान कानुनअनुसार कोरियामा चार वर्ष १० महिनाबाहेक थप काम गर्न चाहनेहरूले स्वदेश फर्केर पुनः श्रम स्वीकृतिका लागि आवेदन दिनुपर्ने बाध्यात्मकता व्यवस्था रहेको छ । यस प्रावधानले पुनः कोरिया प्रवेश गर्न लामो समय लाग्ने र कोरियाली रोजगारदाताहरूले पनि दक्ष कामदार गुमाउनुपर्ने अवस्था देखिएको भन्दै यस्तो झन्झटिलो प्रक्रियाको अन्त्य गर्न नयाँ नीति ल्याउन लागेको बुझिएको छ । मन्त्रालयका अनुसार १० वर्ष काम गर्न चाहने कामदारहरूले सरकारको सोसियल इन्टिग्रेसन एजुकेसन र कोरियाली भाषा परीक्षामा थप एक निश्चित तह उत्तीर्ण गर्नुपर्ने अनिवार्य सर्त राखिएको छ । त्यस्तै विदेशी कामदारका लागि अनुमति नभएको सामान डेलिभरी गर्ने कामको दायरा बढाउन कानुन परिमार्जन हुने जनाइएको छ । कोरिया सरकारले ल्याउन लागेको नयाँ नीतिले लाखौं आप्रवासी कामदार लाभान्वित हुने बताइएको छ । रोजगारीका हिसावले आकर्षक गन्तव्य मानिएको कोरियामा हाल ४० हजारभन्दा बढी नेपालीहरु इपिएसमार्फत काम गरिरहेका वैदेशिक रोजगार विभागको तथ्यांकले देखाएको छ । यो नियम लागू भएमा गइसकेका र अब जाने अधिकतम नेपालीले उल्लेख्य लाभ लिनसक्ने सरोकारवालाहरुको भनाइ छ । कोरियाले नेपाल, कम्बोडिया, भियतनाम, इण्डोनेसियालगायतका मुलुकबाट इपिएस प्रणालीमार्फत कामदार लैजाने गरेको छ । नेपाल सरकारले जिटुजी सम्झौता गरेर सन् २००८ देखि नेपाली कामदार कोरिया पठाउन थालेको हो ।  
प्रकाशित मिति: मंगलबार, पुस १९, २०७९  १०:३९
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP