Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवीन्द्र_तामाङ
  • #जनैपूर्णिमा
  • #रजु राणा
  • #जर्मन प्राज्ञ
  • #भूमि विधेयक
  • #भव्य नगर
  • #कमला नदीको पक्की पुल
  • #उत्तराखण्ड बाढी
  • #सवारी दुर्घटना
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • कानुनको उपहास
कानुनको उपहास
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, माघ ९, २०७६
वास्तवमा कानुन भन्नु सानाका लागि मात्र भएको छ । ठूलाठालूहरूका लागि कानुन केवल खेलाँची भएको छ । न्यायलयहरूमा मानिसको मूर्ति, जस्को आँखामा पट्टी र हातमा तराजु राखेको पाइन्छ । यसको अर्थ न्याय र अन्याय छुट्टयाउनका लागि आँखा बन्द गरी सही र गलतलाई तराजुमा राखेर यसको छिनोफानो गर्नुपर्छ भनिएको भनेर भनिँदै आएको छ । तर, अहिले मुलुकमा लोकतान्त्रिक गणतन्त्र छ । यस्तो बेला कानुनको त्यो परिभाषा फेरिएको देखिएको छ । अहिले ठूलालाई देख्यो कि कानुनले आँखामा पट्टी बाँध्छ र सानालाई देख्यो कि आँखा खोलेर कारबाही गर्ने भएको छ । नेताहरूले भन्दै आएका कानुनी राज्य यहि हो त ? हिजो कानुनभन्दा माथि राजा भयो भनेर आन्दोलन सुरु गरेका नेताहरू सशस्त्र आन्दोलनसम्म पुगेका थिए । तर, आज उनीहरू नै सत्तामा पुगेपछि उनीहरू नै कानुनभन्दा माथि भएका छन् । उनीहरू नै अहिले छोटेराजाको रूपमा अघि बढेका छन् । हत्या आरोपमा अदालतमा मुद्दा खेपिरहेका व्यक्तिलाई सभामुख बनाएर नेताहरूले कानुनी राज्यको उपहास गरेका छन् । अदालतलाई नै प्रभाव पार्ने स्थानमा आरोपी पुगेपछि उनीविरुद्धको मुद्दाले कसरी पार पाउँछ ? जनताको नाममा नेताहरूले जे पनि गर्न पाउने हो भने नेताहरूले राजा किन फाल्नु पर्याे ? उनलाई जनताको हत्या गरेको आरोप लागेको छ । उनीविरुद्ध अहिले मुद्धा चलिरहेको छ । तर, उनै नेताले जनताको नाममा ध्वाँस पिट्ने काम भएको छ । त्यसो भए जनता को हो ? यसबारे नेताहरूले स्पष्ट रूपमा भन्नुपर्छ । जनतालाई मारेर जनताको नाममा नेता हुने प्रक्रिया प्राकृतिक हुँदै होइन । एकजनालाई रुवाएर आफू माथि पुग्ने नेताहरूको संस्कार ठीक छ त ? अहिले सभामुख बन्न लागेकाविरुद्ध नागरिक खबरदारी आउन थालेको छ । सभामुखजस्तो गरिमामय पदलाई अहिले सस्तो बनाइएको छ । हिजोका सभामुखलाई बलात्कारको अभियोग लागेको छ । भोलि हुने सभामुखलाई हत्या आरोपित हुनु भनेको कानुनी राज्यलाई नेताहरूले कमजोर बनाएकै हुन् । व्यक्ति हत्या आरोपीलाई सभामुख बनाउने हो भने कानुनी राज्य कहाँ छ ? उनी सभामुख बन्न सक्छन् तर उनलाई अदालतले सफाइ दिनुपर्छ । कानुनी राज्यको कल्पना गर्ने नेताहरूले कानुनसँग लाज सरम मान्नुपर्छ । हत्या घटनामा अनुसन्धानको क्रममा रहेका व्यक्तिलाई सभामुख बनाउने हो भने सरकारले भनेको सुशासन केवल नारा मात्र हुनेछ । अदालतको संवैधानिक इजलासमा मुद्दा भएका व्यक्तिलाई सभामुख बनाएर कानुनको घाँटीमा अँठ्ठ्याउने काम सरकारबाट हुन्छ भने यो सहनै नसकिने कुरा हो । सानातिनाको हत्या गरेर ठूला मान्छे भन्ने प्रवृत्तिलाई लोकतान्त्रिक गणतन्त्रमा संस्थागत गर्ने गरी काम अघि बढ्यो भने सरकारप्रति जनताको विश्वास मर्न सक्छ । द्वन्द्वपीडित र नागरिक समाजले व्यक्ति हत्याका आरोपीलाई सभामुख नबनाउन आग्रह गरेका छन् । जनताको मागलाई बेवास्ता गरिन्छ भने यसको मूल्य सत्तारुढ दलले निक्कै ठूलो गरी चुकाउनुपर्ने हुन्छ । हिजो राजाले कानुन मिच्दा जनताले बोल्न पाउँदैनथे, यसैको काउन्टरमा जनताले मुलुकमा गणतन्त्र ल्याएका हुन् । तर, आज सत्तामा बस्ने नेताहरूले जनताको कुरा सुन्दैनन् भने उनीहरूलाई जनताले दण्डित गर्ने कि नगर्ने ?
प्रकाशित मिति: बिहीबार, माघ ९, २०७६  ०८:३५
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
कारागारलाई अपराधको हैन सुधार केन्द्र बनाऊ
कारागारलाई अपराधको हैन सुधार केन्द्र बनाऊ सोमबार, साउन २६, २०८२
राजनीतिमा वर्षैभरि गाईजात्रा
राजनीतिमा वर्षैभरि गाईजात्रा आइतबार, साउन २५, २०८२
अभिमुखीकरण तालिममा बेथिति
अभिमुखीकरण तालिममा बेथिति शुक्रबार, साउन २३, २०८२
वैकल्पिक दलमा पनि पुरानै रोग !
वैकल्पिक दलमा पनि पुरानै रोग ! बिहीबार, साउन १५, २०८२
मधेसको समस्या सम्बोधनमा जुटौं 
मधेसको समस्या सम्बोधनमा जुटौं  बुधबार, साउन १४, २०८२
स्वतन्त्र र स्वायत्त हुनुपर्छ मिडिया काउन्सिल
स्वतन्त्र र स्वायत्त हुनुपर्छ मिडिया काउन्सिल मंगलबार, साउन १३, २०८२
स्रोतको पहिचान र बाँडफाँट न्यायोचित होस्
स्रोतको पहिचान र बाँडफाँट न्यायोचित होस् सोमबार, साउन १२, २०८२
लोकप्रिय
  • Week
  • Month
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
गाईजात्राका अवसरमा टोलटोलबाट सांस्कृतिक झाँकी प्रदर्शन
गाईजात्राका अवसरमा टोलटोलबाट सांस्कृतिक झाँकी प्रदर्शन
सानिमा रिलायन्स लाईफको ‘ब्राभो एनुअल कन्क्लेभ २०८२’सम्पन्न
सानिमा रिलायन्स लाईफको ‘ब्राभो एनुअल कन्क्लेभ २०८२’सम्पन्न
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: prabhabdailynews@gmail.com
marketing2prabhab@gmail.com

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP