Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #विश्व दृष्टि दिवस
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • श्रमिक र देशहितमा काम गर्न श्रममन्त्रीको निर्देशन
श्रमिक र देशहितमा काम गर्न श्रममन्त्रीको निर्देशन
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, पुस ५, २०७९
Hardik health
काठमाडौं - श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले भर्खरै नियुक्त भएका काउन्सिलर (श्रम) र श्रम सहचारीलाई श्रमिक र देशको हितमा काम गर्न निर्देशन दिएका छन् । रोजगारीका लागि विभिन्न मुलुकमा रहेका नेपालीहरूको समस्या समधानको पहल गर्न र रोजगारीका अवसरहरूलाई समन्वय गर्नुपर्ने जिम्मेवारीसहित पदस्थापन भएका उनीहरूलाई मन्त्री कुँवरले उक्त निर्देशन दिएका हुन् । विभिन्न मुलुकमा पदस्थापन भई जाने काउन्सिलर र श्रम सहचारीका लागि सञ्चालन गरिएको तीन दिने अभिमुखीकरण तालिम समापनका अवसरमा मन्त्री कुँवरले विदेशमा रहेका श्रमिकहरूको समस्या सम्बोधन नभएको धेरै गुनासा आउने गरेको बताउँदै उनीहरूको समस्या समाधानका लागि प्रभावकारी भूमिका खेल्नुपर्ने बताए । उनले श्रमिकको हक अधिकारको संरक्षण, समस्या परेको अवस्थामा उद्धार तथा  रोजगारदाता र कामदारबीच भएको विवाद समाधानमा काउन्सिलर र श्रम सहचारीहरूले समन्वयात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । मन्त्री कुँवरले उनीहरूलाई सम्बन्धित गन्तव्य मुलुकमा काम गर्दा त्यहाँको ऐन, कानुनको अध्ययन गरेर मात्रै आवश्यक कदम चाल्न र उचित व्यवहार गर्न आग्रह गरे । मन्त्रालयका सचिव एकनारायण अर्यालले काउन्सिलर र श्रम सहचारीलाई आफ्नो जिम्मेवारी र उत्तरदायित्वको बोध गराउँदै काम गर्न निर्देशन दिए । उनले परिस्थितिअनुसार समन्वय र सञ्चार, श्रमिकको अवस्था, डिमाण्ड दिने कम्पनीको विस्तृत जानकारी राखेर मात्रै श्रमसम्बन्धी प्रक्रिया बढाउनुपर्ने बताए । उनले सम्बन्धित देशको ऐन कानुन प्रस्ट बुझेर मात्रै काम गर्न सुझाए । काउन्सिलर र श्रम सहचारीलाई अभिमुखीकरण अवधिभर वैदेशिक रोजगार व्यवस्थापन प्रणाली, श्रम आप्रवासन, द्विपक्षीय श्रम सम्झौता, श्रम कूटनीति, वैदेशिक रोजगारसम्बन्धी कानुनलगायतका विषयमा विज्ञहरूले प्रशिक्षण दिएका थिए । मन्त्रालयले विदेशमा नेपाली श्रमिकहरूको सहयोगका लागि काउन्सिलर तथा श्रम सहचारी राख्न सकिने कानुनी व्यवस्थाका आधारमा उनीहरूलाई विभिन्न मुलुकमा पदस्थापन गरेको हो । जसअन्तर्गत काउन्सिलर पदमा मलेसियाका लागि भोलानाथ गुरागाईं, दक्षिण कोरियाका लागि चन्द्रकला चौलागाईं ओली र कतारका लागि टीकामणि न्यौपानेलाई नियुक्त गरेको छ । त्यसैगरी श्रम सहचारीमा साउदी अरेबियामा ताम्रराज काफ्ले, मलेसियामा दीलिप खड्का, ओमानमा गोविन्दप्रसाद आचार्य र युुएईमा आविद अन्सारीलाई खटाइएको छ ।
प्रकाशित मिति: मंगलबार, पुस ५, २०७९  ०९:३१
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP