काठमाडौं - नेपाल वैदेशिक रोजगार व्यवसायी संघको साधारणसभा र चुनाव यही ८ पुसमा हुने निश्चित भएको छ ।संघको चुनाव गराउने जिम्मेवारी पाएको निर्वाचन समितिले कार्यतालिका प्रकाशन गरेको हो ।
यसअघिपटक–पटक स्थगित हुँदै आएको संघको निर्वाचन कार्यतालिका प्रकाशन भएसँगै चुनाव हुने पक्का भएको हो ।
प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालको चुनाव सार्नुपर्ने मागका बाबजुद संघले निर्धारित समयमै चुनाव गर्न लगेको जनाएको छ । मञ्चले एक हप्ता अघिसम्म पनि मतदाता नामावली सार्वजनिक नभएको भन्दै पुसको अन्त्यतिर चुनाव गर्नुपर्ने माग गरेको थियो ।
संघको साधारणसभा र निर्वाचनको विषयमा कानुनी सल्लाहकार, संघलाई छाता संस्था मान्ने राजनीतिक दलनिकट व्यवसायी संगठन तथा भेगीय संस्थाका प्रतिनिधिहरूसँगको छलफलबाट पुस ८ गते साधारणसभा र चुनाव गर्ने निष्कर्ष निकालिएको
संघका संयोजक विमल ढकालले बताए ।
मंसिर २९ गतेसम्म नवीकरण भएका ३७९ संस्थाका प्रतिनिधिमात्रै मतदानमा सहभागी हुने अवस्था आएको संघले जनाएको छ ।
संघको निर्वाचन हुने कार्यतालिका आएलगत्तै व्यवसायीहरूमा चुनावी दौड सुरु भएको छ ।
प्रकाशित मिति: मंगलबार, पुस ५, २०७९ ०९:२७