
दोहा– राष्ट्रपति विद्यादेवी भण्डारीले उपहार स्वरूप पठाएको बाल साहित्यका पुस्तकहरू कतार राष्ट्रिय पुस्तकालयका उपकार्यकारी निर्देशक प्याट्रिक लान्ड्रीलाई कतारका लागि नेपाली राजदूत डा.नारदनाथ भारद्वाजले हस्तान्तरण गरेका छन् ।
राष्ट्रपति भण्डारीले उपहार स्वरूप पठाएका पुस्तकहरूमा मैना चरीको अन्तिम गीत, म राउत्या रौतेला, आँटी पुतली, मित भ्यागुता तथा विज्ञाताका कथाहरू रहेका कतारस्थित नेपाली दूताबासले जनाएको छ । पुस्तकहरू नेपाली र अरवि भाषामा छन् ।
यस अघि पनि कतारको राष्ट्रिय संग्रहालयलाई राष्ट्रपति भण्डारीले पठाएको नेपालको राष्ट्रिय फूल लालिगुराँस अंकित कार्पेट राजदूत डा.भारद्वाजले कतारको राष्ट्रिय संग्रहालयका प्रमुख अहमद मुसा अल नाम्लालाई हस्तान्तरण गरेका थिए ।
राष्ट्रपति भण्डारीले गत अक्टोबर २०१८ मा कतार भ्रमणका क्रममा सो पुस्तकालयको पनि भ्रमण गरेकी थिइन् ।