Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • पहिला काठमाडौंको छाउगोठ भत्काऊ
पहिला काठमाडौंको छाउगोठ भत्काऊ
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, माघ ७, २०७६
Hardik health
अहिले छाउगोठको भाषणले आमजनतालाई वाक्क पारिसकेको छ । हरेक सञ्चारमाध्यमा कुनै न कुनै रूपबाट छाउपडीको समाचार नआउने भए, उक्त समाचारपत्र बिक्दैन, अनलाइन समाचार पोर्टल खुल्दैनन् । यो अत्यन्तै खुसी लाग्दो कुरा हो । समाजमा व्यप्त गलत संस्कारलाई कुनै न कुनै रूपमाट हटाइनै पर्छ । यहाँ रगत चल्ने तर उनको हातको पानी नचल्ने संस्कार देखिएको छ । यो कस्तो संस्कार हो । एक मानिस अर्को मानिसबाट अछूत हुनुपर्ने, कस्तो संस्कार ? यहि कारण यो समाज साँच्चै बिखण्डित छ । अहिले एउटा खेमाले क्रिस्चियनहरूको विरोध र अर्को खेमाले समर्थन गरेको सुनिन्छ । नेपालजस्तो धार्मिक सहिष्णुता कायम रहेका मुलुकमा धर्मको बारेमा द्वन्द्व हुने सम्भावना बढ्दै गएको छ । अहिले यसको विरोध गर्नेहरू बग्रेल्ती पाइन्छन् । तर, यसको कारण चाहिँ कोही कसैबाट खोजिएको छैन । मुलुकमा क्रिस्चियनहरूको संख्या बढ्नुको कारक तत्व नै छूत र अछूतका कारण हो । मानिसलाई सानो जात र ठूलो जातको भनिएका कारण समाज बिखण्डित छ । यो जातीय विभेद् हटाउने हो भने क्रिस्चियन धर्मलाई अँगाल्नेहरू फेरि आफ्नो स्थानमै आउँछन् । तर, जातीय विभेद् हटाउन कस्ले नेतृत्व गर्ने ? अहिले छाउपडी प्रथा पनि त्यहि भएको हो । अहिले पश्चिममा छाउपडी गोठ बन्ने क्रम जारी हुनु भनेको पनि त्यहि हो । नेपालीको हरेक घरमा रजस्वला भएकी महिलालाई ३ दिनसम्म छुट्टै राख्ने तर पश्चिममा घरबाहिर राख्दा चाहिँ आवाज उठाउने ? यो कस्तो आवाज हो ? पश्चिममा जारी छाउपडी प्रथा हटाउने हो भने हरेक नेपालीले ३ दिनसम्म छुट्टै राखिने प्रथा बन्द गर्ने हिम्मत गर्नुपर्छ । रजस्वला भएकी महिलाले तेस्रो दिन नुहाइधुवाइ नगरी श्रीमान्सँग सुत्न पाउँदिनन् । उसले खाने थाल बेग्लै हुन्छ । यत्तिसम्म कि अरुले प्रयोग गर्ने कुनै पनि सामान ती महिलाले ३ दिनसम्म छुनसम्म पाउँदिनन् । फरक यत्ति हो, पूर्व वा मध्यतिर घरभित्र बस्छन्, तर पश्चिममा भने घरबाहिर । पश्चिमको छाउगोठ भत्काएर वाहवाही कमाउने इच्छा पाल्नेहरूका कारण यस्तो काम भएको हो । रजस्वला भएकी महिलालाई घरमा नै अछूत राख्ने नेपालीले ठूलो कुरा गर्नु सुहाउँदैन । रजस्वला भएकी महिलालाई घरमा खाना पकाउनदेखि लिएर पूजापाठ गर्न लगाउने हिम्मत कोहीसँग छ ? देखावटी होइन, व्यवहारमा यसलाई हटाउने गरी अभियान चलाउने कोही छ ? डोटीमा छाउपडी गोठ भत्काउने अभियानअन्तर्गत हालसम्म ६७ गोठ भत्काइएको जिल्ला प्रहरी कार्यालय डोटीले तथ्यांक निकालेको छ । तर, आज त्यहि प्रहरीले रजस्वला भएकी श्रीमतीको हातको पानी खाँदैनन् । जिल्लाका नौ स्थानीय तहमा प्रहरीको सक्रियता र जनप्रतिनिधिको रोहवरमा छाउपडी गोठ भत्काउने क्रम जारी छ । तर, तिनै जनप्रतिनिधिहरूले रजस्वला भएकी श्रीमतीलाई खाना पकाउन लगाउँछन् त ? सक्दैनन् । हो, यहि हो, देखावटी र व्यवहार । गाउँमा छाउपडी गोठ भत्काउने अभियान सुरु गरेर सञ्चारमाध्याममा नाम आउला तर आफ्नो मनमा रहेको विद्यमान छाउगोठ भत्काउने हिम्मत गर्ने को ? छाउगोठ भत्काएर केही हुँदैन । पहिला काठमाडौंको घरघरमा रहेको छाउगोठ परम्परा हटाएर देखाऊ अनि मात्र बाहिर निस्कने हिम्मत गर्नु आवश्यक छ, न कि प्रचारबाजी ।
प्रकाशित मिति: मंगलबार, माघ ७, २०७६  ०८:२९
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु शुक्रबार, कात्तिक २१, २०८२
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP