Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #विश्व दृष्टि दिवस
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • वैदेशिक रोजगार व्यवसायीलाई श्रममन्त्रीको चेतावनी: बेथिति र ठगीका घटना नरोके कारबाही
वैदेशिक रोजगार व्यवसायीलाई श्रममन्त्रीको चेतावनी: बेथिति र ठगीका घटना नरोके कारबाही
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, मंसिर १४, २०७९
Hardik health
काठमाडौं- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीमा बढ्दै गएको बेथिति र ठगीका घटना रोक्न म्यानपावर व्यवसायीहरुलाई निर्देशन दिएका छन् । पछिल्लो समय वैदेशिक रोजगारीमा जाने नेपालीहरु ठगिने, श्रम शोषणमा पर्ने, सम्झौताविपरीतको काम गर्नुपर्ने अवस्थाबाट गुज्रिएको भन्दै व्यवसायीलाई यस्तो बेथिति रोक्न निर्देशन दिएका हुन् । मंगलबार श्रम मन्त्रालयमा म्यानपावर व्यवसायीसँग भएको छलफलमा मन्त्री कुँवरले वैदेशिक रोजगारीलाई मर्यादित र सुरक्षित बनाउन सबै उत्तरदायी हुनुपर्ने र मिलेर समस्याको समाधान गर्नुपर्ने बताए । छलफल कार्यक्रममा एक हजारभन्दा बढी कामदार मलेसिया पठाउने व्यवसायीहरुको सहभागिता रहेको मन्त्री कुँवरको सचिवालयले जनाएको छ । मलेसियमा जाने कामदारहरुको लागि ‘फ्रि भिसा, फ्रि टिकट’को व्यवस्थाविपरीत चर्को रकम असुलेका खबर सार्वजनिक भइरहेको भन्दै उनले यसको जिम्मेवार म्यानपावर व्यवसायी नै भएको बताए । ‘सरकारले नीति नियम बनाएको छ, फ्रि भिसा फ्रि टिकटमा कामदार पठाउन श्रम सम्झौता गरेको छ,’ मन्त्री कुँवरले भने, ‘तर पनि सामान्य परिवारको व्यक्ति मलेसिया जान लाखौं रकम तिर्न बाध्य छ, यसमा हामी कडा अनुगमन गर्छौं, तपाईंहरुले पनि विशेष ध्यान दिनुहोला ।’ उनले वैदेशिक रोजगारीको क्षेत्रमा भइरहेको विकृतिलाई न्यूनीकरण गर्दै मर्यादित र सुरक्षित रोजगारीका लागि सरकारको तर्फबाट नीति नियम संशोधन गर्नेदेखि अनुगमनका पक्षलाई पनि कडाइका साथ लागू गर्ने जानकारी दिए । मन्त्री कुँवरले म्यानपावर व्यवसाय पनि राज्यको एक हिस्सा भएकाले यस क्षेत्रमा समस्या र व्यवसायीका मागलाई सम्बोधन गर्न सरकार बाधक नभएको बताए । तर, उनले वैदेशिक रोजगारीका नाममा ठगी गर्ने व्यक्ति र संस्थाहरुविरुद्ध कारबाही गर्नबाट सरकार पछि नहट्ने प्रतिबद्धता व्यक्त गरे ।मन्त्रालयका सचिव एकनारायण अर्यालले मलेसियाको रोजगारीलाई व्यवस्थित बनाउनका लागि सबै मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिए । उनले पछिल्लो समय मलेसिया जाने नेपाली कामदार ठगिने समस्या धेरै आएकाले यसलाई व्यवस्थापन गर्नका लागि व्यवसायीलाई आग्रह गरे । साथै, सचिव अर्यालले मलेसियामा सहजरुपमा कामदार पठाउने विषयमा वैदेशिक रोजगार ऐनमा भएका केही अप्ठ्यारो बुँदालाई संशोधन गर्न मन्त्रालय तयार रहेको जानकारी दिए । वैदेशिक रोजगार विभागका महानिर्देशक उमाकान्त आचार्यले म्यानपावर कम्पनीविरुद्ध विभागमा आएका उजुरीले ध्यानाकर्षण भएको बताए । छलफलका क्रममा मलेसियामा कामदार पठाउँदा ‘फ्रि भिसा, फ्रि टिकट’मै पठाउने गरेको र बीचमा कामदारलाई ल्याउने एजेण्टका कारण बदनाम हुनुपरेको म्यानपावर व्यवसायीले बताए । उनीहरुले बिचौलियालाई रोक्नका लागि नीति नियम बनाउन पनि सरकारलाई आग्रह गरे ।  
प्रकाशित मिति: बुधबार, मंसिर १४, २०७९  ०८:०१
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP