Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
  • #विश्व दृष्टि दिवस
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • दक्षिण कोरियाको मोह बढ्दै
दक्षिण कोरियाको मोह बढ्दै
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, माघ ७, २०७६
Hardik health
काठमाडौं– नेपालीका लागि आकर्षक श्रम गन्तव्य रूपमा मानिने दक्षिण कोरियाप्रति युवाहरूको मोह बढ्दै गएको छ । तुलनात्मक रूपमा अन्य मुलुकभन्दा राम्रो कमाइ हुने भएपछि दक्षिण कोरियाप्रति युवाहरूको मोह बढ्दै गएको हो । प्रत्येक युवाहरूमा सानो र सुखी परिवार बनाउने सोच भएसँगै सुरक्षित र आकर्षक कमाइ गर्ने गन्तव्यको रूपमा स्थापित भएपछि बर्सेनि कोरियन भाषा परीक्षा दिने र पढ्नेको संख्यामा पनि वृद्धि भएको छ । कोरियाले रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत सन् २००८ देखि नेपाली युवालाई आफ्नो देशमा रोजगारीका लागि अवसर दिँदै आएको छ । जसमा २००८ देखि २०२० सम्मको तथ्यांकलाई हेर्दा बर्सेनि कोरियन भाषामा पढ्नेको संख्यामा वृद्धि भएको देख्न सकिन्छ । अहिलेको अवस्थामा अधिकांश युवामा औपचारिक शिक्षाभन्दा पनि विभिन्न भाषाहरू पढ्नेको संख्या धेरै देखिन थालेको छ । जसमध्ये कोरियन भाषा पढ्ने धेरै देखिन्छन् । तथ्यांकलाई हेर्दा सन् २०१९ मा ९३ हजार युवाले भाषा परीक्षाका लागि आवेदन दिएका थिए । सन् २०१८ को भाषा परीक्षाका लागि ८२ हजार २ सय ६४ ले आवेदन दिएका थिए । त्यस्तै, सन् २०१७ मा ६८ हजार ३ सय ८३ जनाले आवेदन भरेका थिए । यो तथ्यांकलाई हेर्दा बर्सेनि भाषा परीक्षा दिने विद्यार्थीको संख्या वृद्धि भएको देख्न सकिन्छ । त्यस्तै सन् २०१६ मा ६० हजार ६ सय २६ जनाले भाषा परीक्षा दिनका लागि आवेदन दिएका थिए । २०१५ मा ५१ हजार १ सय ३७, २०१४ मा ५८ हजार ७ सय ४६ र २०१३ मा ४४ हजार १ सय २२ जनाले आवेदन फारम भरेका थिए । सन् २०१२ मा भाषा परीक्षाका लागि आवेदन खुलेन । त्यस्तै, सन् २०११ मा ५० हजार ४३ जना आवेदन दिएका थिए । २०१० मा ३६ हजार २ सय ३ र २००८ मा ३१ हजार ५ सय २५ जनाले आवेदन दिएका थिए । जसमध्ये अहिलेसम्म ७० हजार ४ सय ६९ जनाले भाषा परीक्षा उत्तीर्ण गरे पनि ५८ हजार १ सय ३८ जनाले मात्र कोरिया जाने मौका पाएको इपिएसको तथ्यांक छ । जसमा करिब १२ हजार युवाहरू विभिन्न कारणले कोरिया जान पाएका छैनन् । तथ्यांकका अनुसार अहिलेसम्म महिलाको तुलनामा पुरुष दुई गुणा बढीले कोरिया गएका छन् । यसरी कोरिया गएका युवाहरूले ४ वर्ष १० महिनासम्म कामको अवसर पाउनेछन् । त्यस्तै, सोही अवधिमा एकपटक आफ्ना परिवारका सदस्यलाई कोरिया लैजान पाउने व्यवस्था छ । तर सन् २०१९ देखि भाषा र सीप गरी दुवै परीक्षा दिनुपर्ने व्यवस्था भएको छ । यसअघि कोरिया जानका लागि भाषा परीक्षा मात्र पास गरे पुग्थ्यो । २०१९ देखि भाषा परीक्षाको उत्पादनमूलक क्षेत्रको १०० अंक र कृषि तथा पशुपालन क्षेत्रको ९० अंकमा पढ्ने २० र सुन्ने २० गरी कुल ४० वटा प्रश्न हुने इपिएस शाखाले जनाएको छ । जसमा २५–२५ गरी ५० मिनेटको परीक्षा हुन्छ । त्यसैगरी, दोस्रो चरणको सीप परीक्षण उत्पादनमूलक क्षेत्रको १०० अंक र कृषि तथा पशुपालन क्षेत्रको ११० अंकको हुन्छ । त्यसैले भाषा र सीप परीक्षा दुवै पास भई कोरिया गएर राम्रो कमाएर परिवार र आफू आत्मानिर्भर बन्ने आसामा अहिले लाखौँ युवाहरू तन, मन र धन खर्चेर लागेका छन् । हाल २०२० मा अत्याधिक मानिसहरूको माग भएसँगै कोरियन भाषा पढ्ने विद्यार्थीहरूको भिड लाग्न थालेको भाषा इन्स्टिच्युटहरूले जनाएका छन् ।
प्रकाशित मिति: मंगलबार, माघ ७, २०७६  ०४:४९
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ मंगलबार, असोज ७, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP