काठमाडाैं - साउदी थप २४ जनाको एक्जिट भिसा प्राप्त भएकाे छ । रियादमा भएकाे नेपाली राजदुतावासले साउदी थप २४ जनाको एक्जिट भिसा प्राप्त भएकाे भन्दै समाजिक सञ्जालमार्फत सूचना निकालेकाे हाे ।
साउदी जवाजतको नयाँ नियम अनुसार हुरूब लागेकाहरूले एक्जिट भिसा लागेको २ हप्ताभित्र साउदी छोडिसक्नु पर्ने भएको भन्दै नामवलीसहित हुरूब लागेका व्यक्तिहरूले बढिमा अबको ०७ दिन भित्रै साउदी छोड्न दुतवासले अनुरोध गरेकाे छ ।
दुतवासका अनुसार २०-२४ नोभेम्बर २०२२ को अवधिमा जम्मा - २४ जनाको वहिर्गमन भिसा (exit visa) प्राप्त भएको छ ।

मोबाइलमा एक्जिट भिसा लागेको म्यासेज आएको छैन भने दूतावासमा गएर आफ्नो एक्जिट भिसाको पेपर लिएर जान अनुरोध गरेकाे छ । एक्जिट भिसा लागेको म्यासेज मोवाइलमा आएसकेको छ भने एयरपोर्टमा त्यही म्यासेज देखाउँदै एक्जिट पेपर लिनको लागि राजदूतावासमा आइरहनु नपर्ने बाताइएकाे छ ।
एक्जिट भिसा प्रोसेसिङ् निःशुल्क हुने दुतवासले जनाएकाे छ । यस बापत एक हलाला पनि कहिं कतै शुल्क बुझाउनु नपर्ने बताइएकाे छ । तर एक्जिट भिसा आइसकेपछि नेपाल फर्किने हवाई टिकट व्यक्ति स्वयंले व्यवस्था गर्नुपर्ने जनाइएकाे छ ।
दुतवासका अनुसार
- इकामाको म्याद सकिएको ३ महिना भन्दा बढि भैसकेका
- वा साउदी आएको ३ महिना भन्दा बढि समयसम्म पनि इकामा नबनाइदिएका
- वा हुरूब लागेका व्यक्तिको मात्र दूतावासबाट एक्जिट भिसा प्रोसेसिङ् गर्न सकिनेछ ।
इकामाको म्याद भएकाहरूको एक्जिट भिसा प्रोसेसिङ् दूतावासबाट गर्न मिल्दैन
कसरी लाग्छ त एक्जिट भिसा
कुनै केस छ भने वा फाइन/जरिवाना छ भने पनि- केस वा फाइन/जरिवाना क्लियर नभएसम्म एक्जिट भिसा लाग्दैन ।
राजदूतावासले आफैं एक्जिट भिसा दिने होइन । राजदूतावासले एक्जिट भिसाको लागि प्रोसेस मात्रै गरिदिने हो । एक्जिट भिसा दिने सम्पूर्ण अधिकार साउदीको अध्यागमन (जवाजत) अफिससँग हुन्छ । तसर्थ, राजदूतावासमा आएर फाराम भरेपछि एक्जिट भिसा लागि हाल्छ भन्ने कुनै ग्यारेन्टी हुँदैन ।
त्यसैगरी, जुन ठाउँबाट आफ्नो इकामा बनेको हो त्यही ठाउँको श्रम कार्यालय र अध्यागमन कार्यालयबाट मात्रै एक्जिट भिसाको लागि प्रोसेसिङ गर्नुपर्ने साउदी नियम रहेको छ । तसर्थ, एक्जिट भिसाको लागि राजदूतावासमा आउनु भन्दाअघि अनिवार्य रूपमा आफ्नो इकामा कहाँबाट बनेको हो साे थाहा पाउनुपर्ने हुन्छ ।
रियादबाट इकामा बनेकाहरू मात्रै एक्जिट भिसा प्रोसेसिङको लागि दूतावासमा आउन बताइएकाे छ ।रियाद भन्दा बाहिरबाट इकामा बनेकाहरूले एक्जिट भिसा प्रोसेसिङका बारेमा फोनबाटै जानकारी लिन सुझाइएकाे छ ।
एक्जिट भिसा प्रोसेसिङका लागि- यस राजदूतावासका सम्बन्धित कर्मचारीलाई मोबाइल नं. ०५००० २१४०९ वा ०५४ ७०४ ५२७२ र नेपाली महावाणिज्यदूतावास जेद्दाका सम्बन्धित कर्मचारीलाई मोबाइल नं. ०५८ २८१ ७१८८ मा सम्पर्क गर्न सकिने बताइएकाे छ ।