Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बर्ड फ्लु
  • #प्रतिनिधिसभा बैठक
  • #टेरामक्स प्रकरण
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • रोजगार विभागबाट मेनपावरमा छापा,कहाँ कहाँ?
रोजगार विभागबाट मेनपावरमा छापा,कहाँ कहाँ?
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, मंसिर ९, २०७९
काठमाडाैं - मेनपावर कम्पनीको आवरणमा ठगी गर्दै आएको लिंक इन्टरनेशनल प्लेसमेन्ट सर्भिसमा वैदेशिक रोजगार विभागले छापा हानेको छ । सरकारले नि:शुल्क वा न्यूनतम शुल्क तोकेको खाडीका ६ मुलुक र मलेसियामा समेत मोटो रकम असुलेर कामदार पठाउने गरेको खुलासा भएपछि विहीबार विभागका डाइरेक्टर गोपाल तिमिल्सीना र अफिसर शम्भु कटुवालको टोलीले उक्त मेनपावर कम्पनीमा छापा हानेको हो । छापा हान्ने क्रममा लिंक इन्टरनेशनल मेनपावर कम्पनीबाट केही महत्वपूर्ण कागजातसमेत लगिएको र आवश्यकता अनुसार बयान लिन सकिने विभागीय स्रोतले जानकारी दिएको छ । मेनपावरका सञ्चालक कमल काफ्लेले खाडी र मलेसिया जाने कामदारसँग प्रतिव्यक्ति साढे दुई लाखदेखि तीन लाखसम्म असुल्दै आएका थिए । त्यतीमात्र नभएर त्यत्रो मोटो रकम बुझाएर खाडी पुगेकाहरुले त्यहाँ भनेअनुसारको पारिश्रमिक नपाउनुका साथै सेवा-सुविधाका सवालमा समेत शोषणमा पर्नु परेपछि फिर्ता आएका उनीहरुले बुझाएको रकम आश मार्नु परेको अवस्था थियो । यस्तै-यस्तै गुनासा बढ्दै जाँदा विभागले लिंक इन्टरनेशनल मेनपावर कम्पनीमा छापा हानेको हो । विभागले छापा मारेको घट्नाले काफ्लेलाई धर्मसंकटमा पारेको छ । विभाग स्रोतका अनुसार पूर्व स्वीकृती नै नलिएर यूरोपको पोर्चुगल पठाउने भन्दै थुप्रै व्यक्तिसँग एडभान्स बापत केही रकम र राहदानी समेत लिंक इन्टरनेशनल प्लेसमेन्ट सर्भिसका सञ्चालक कमल काफ्लेले लिएर लामो समयदेखि अलमल्याउँदै आएको गुनासो पनि सार्वजनिक भइरहेको छ भने जापान, साइप्रस र क्यानडा पठाउने भनेर समेत काफ्लेले कयौं व्यक्तिबाट रकम असुलेको पाइएको छ । केही समयअघि पोर्चुगल पठाउने भन्दै रकम असुल गरेकै कारण लिंक इन्टरनेशनलका सञ्चालक काफ्लेकै नातेदार समेत रहेका सुजन भट्टराई पक्राउ परेर हाल थुनामा छन् । एजुकेशनल कन्सल्टेन्सी खोलेर बसेका भट्टराईले पोर्चुगल पठाउने भन्दै युवाहरुसँग मोटो रकम असुल्दै आएका थिए । आम्दानीमा भागवण्डा गर्ने गरी लिंक इन्टरनेशनलका काफ्ले र भट्टराईले अवैद्यरुपमा पोर्चुगल पठाउने भन्दै रकम असुलेको अवस्थामा भट्टराई पक्राउ परेर कारवाही भोग्दै गरे पनि काफ्ले भने मेनपावरकै आवरणमा जोगिइरहेका छन् । छापा हान्न गएको वैदेशिक रोजगार विभागको टोलीले यस विषयमा पनि सोधपुछ गरेको थियो । तर, काफ्ले आफूमाथि अनावश्यक लान्छना लगाइएको जवाफ दिएका थिए । त्यसैगरी, भारतीय मानवतस्करको निर्देशनमा सञ्चालीत लिंक इन्टरनेशनल प्लेसमेन्ट सर्भिसमाथि उही नाम, एकै काम र हुबहु लोगोका विषयमा पनि विभागले प्रश्न उठाउने भएको छ । भारतमा वैदेशिक रोजगारीको विषयमा सुक्ष्म अनुगमन भइरहने भएकाले भारतीय दलालले नेपालको मेनपावर कम्पनीलाई प्रयोगमा लिएर आफ्नो धन्दा सञ्चालन गर्न चाहेको अवस्थालाई लिंक इन्टरनेशनलका कमल काफ्लेले सहज बनाइदिएका हुन् । नाइल ओभरसिजलाई भारतको मुम्बईमा प्रधान कार्यालय रहेको लिंक इन्टरनेशनल प्लेसमेन्ट सर्भिसको नेपालको शाखा जस्तै गरी काम गर्न मन्जुर भई सञ्चालक कमल काफ्लेले लिंक इन्टरनेशनल प्लेसमेन्ट सर्भिस नै नाम परिवर्तन गरेका हुन् । पछिल्लो समय भारतीय मानवतस्करले खोजेको डिमाण्डमा आपूर्ति गरिएका नेपाली कामदार यतीबेला विभिन्न ठाउँमा समस्यामा परेका छन् । कतिपयले नेपालबाट गएदेखिकै पारिश्रमिक पाएका छैनन् भने कोही आधापेट खाएर समेत डुयूटी गर्न बाध्य छन् । यता, लिंक इन्टरनेशनल मेनपावर कम्पनीका सञ्चालकले भने विभागले छापा हानेको विषयलाई नियमित अनुगमन भन्दै नाक जोगाउने प्रयत्न गरिरहेको अवस्था छ । यहीबीच, वैदेशिक रोजगार विभागबाट प्राप्त जानकारी अनुसार लिंक इन्टरनेशनल प्लेसमेन्ट सर्भिसका सञ्चालक कमल काफ्लेले आफ्नै गृह जिल्लावासी श्रम तथा सामाजिक मन्त्रालयका सचिव एकनारायण अर्यालको समेत असान्दर्भीक अवस्थामा नाम लिने गरेको आरोप लाग्दै गर्दा मन्त्रालयकै दबाबमा पनि अनुगमन गर्नु पर्ने अवस्था निम्तीएको हो । सचिव अर्यालको नाम काफ्लेले किन र के-कस्तो विषयमा जोडेको हो भन्ने जानकारीमा आइसकेको छैन । नेपाली काँग्रेस निकट वैदेशिक रोजगार व्यवसायी संघका महासचिव समेत रहेका लिंक इन्टरनेशनलका सञ्चालक काफ्ले विभागमा अन्य मेनपावर कम्पनीका उजुरबाजुर र उनीहरुका गुनासो सम्वोधन गर्ने गराउने कार्यमा अग्रसर देखिन्छन् । यही कारण पनि उनको विभागमा प्रभाव रहेको बताइन्छ । स्मरणीय छ, आवुधावीस्थित फराह कन्ट्र्याक्टीड एण्ड जनरल ट्रान्सपोर्ट कम्पनीमा कार्यरत ६ नेपाली श्रमिकले त्यहाँ पुगेर काम थालेदेखिकै पारिश्रमिक नपाएको गुनासो सार्वजनिक भइरहेको अवस्थामा लिंक इन्टरनेशनल मेनपावर कम्पनीमा अनुगमन हुनुले वैदेशिक रोजगार विभागले कस्तो कारवाही गर्ला ? त्यो पनि हेर्नुछ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  १५:४५
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप वैदेशिक रोजगार
साउदीमा कामविहीन भएका नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू
साउदीमा कामविहीन भएका नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू शुक्रबार, जेठ २, २०८२
श्रमिकको कल्याणकारी कोषदेखि व्यवसायीको धरौटी दूरुपयोग
श्रमिकको कल्याणकारी कोषदेखि व्यवसायीको धरौटी दूरुपयोग शुक्रबार, जेठ २, २०८२
सिण्डिकेटविरुद्ध संघको खबरदारी
सिण्डिकेटविरुद्ध संघको खबरदारी बिहीबार, जेठ १, २०८२
दक्षिण कोरियामा रोजगारी वृद्धि
दक्षिण कोरियामा रोजगारी वृद्धि बुधबार, वैशाख ३१, २०८२
साउदी अरबमा अलपत्र परेका नेपालीको उद्धार गर्न माग
साउदी अरबमा अलपत्र परेका नेपालीको उद्धार गर्न माग बुधबार, वैशाख ३१, २०८२
दक्षिण कोरियाका लागि ‘एनओसी’ स्थगित
दक्षिण कोरियाका लागि ‘एनओसी’ स्थगित बुधबार, वैशाख ३१, २०८२
पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ मंगलबार, वैशाख ३०, २०८२
लोकप्रिय
  • Week
  • Month
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
भारत–पाकिस्तान तनाव : नेपालमा चिन्ता
भारत–पाकिस्तान तनाव : नेपालमा चिन्ता
छ महिनाभित्र नयाँ रोजगारदाता छान्न पाउने
छ महिनाभित्र नयाँ रोजगारदाता छान्न पाउने
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - आशुतोष कार्की
- श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- गंगा फुयाल
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter Prabhab Online
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP