Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #विश्व दृष्टि दिवस
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • श्रम स्वीकृति नवीकरण नगरे कल्याणकारी सेवा सुविधाबाट वञ्चित हुनुपर्ने
श्रम स्वीकृति नवीकरण नगरे कल्याणकारी सेवा सुविधाबाट वञ्चित हुनुपर्ने
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, मंसिर ६, २०७९
Hardik health
काठमाडौं- वैदेशिक रोजगारीका लागि कतार पुगेका नेपाली श्रमिकहरुलाई समयावधि सकिनु अगावै श्रम स्वीकृति नवीकरण गर्न कतारस्थित नेपाली दूतावासले अनुरोध गरेको छ । कतारमा रहेका नेपालीहरुलाई आफ्नो श्रम स्वीकृति अवधिको ख्याल गर्दै समयमै नवीकरण गरी आफू र आफ्नो परिवारले सरकारबाट पाउने कल्याणकारी सेवा सुविधा उपभोग गर्नबाट वञ्चित नहुन अनुरोध गरेको हो । दूतावासले सोमबार एक विज्ञप्ति जारी गर्दै वैदेशिक रोजगार ऐन, २०६४ बमोजिम अनिवार्य श्रम स्वीकृति नवीकरण गर्नुपर्ने प्रावधान रहेको जनाउँदै विदेशमा रोजगारीमा रहँदा भवितव्य परी मृत्यु भएमा श्रम स्वीकृति लिँदा वैदेशिक रोजगार कल्याणकारी कोषमा दाखिला गरेको रकम र विदेश जानुपूर्व नेपालमा नै गरेको बिमाबाट मृतकको शव व्यवस्थापन गर्ने र परिवारलाई कानुनले तोकेबमोजिमको सेवा सुविधा प्रदान गर्ने व्यवस्था रहेको उल्लेख गरेको छ । ‘अन्यथाः श्रम स्वीकृतिको अवधि सकिएपछि विदेशमा कुनै पनि कारणले मृत्यु भएमा, अन्य कुनै घटना भई गम्भीर बिरामी भएमा वा अगंभंग भएमा कानुनबमोजिम वैदेशिक रोजगार कल्याणकारी कोषको रकम र बिमाबापतको रकम दाबी गर्न सक्ने कानुनी व्यवस्था नरहेको जानकारी गराइन्छ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ । दूतावासले कतारबाटै श्रम स्वीकृति नवीकरण गर्न सकिने जानाएको छ । यसका लागि वैदेशिक रोजगार विभागको वेबसाइटमा लगइन गरी कतारबाटै श्रम स्वीकृति नवीकरण गर्न सकिने जनाइएको छ । रोजगारीमा रहेका श्रमिकहरुले नवीकरण गर्दा वैदेशिक रोजगार कल्याणकारी कोष र बिमाबापत दाखिला गर्नुपर्ने रकम कतारमा रहेको आफ्नो बैंक खाताबाट नेपालमा रहेको वैदेशिक रोजगार बोर्ड र सम्बन्धित बिमा कम्पनीको खातामा सोझै पठाउन सकिने दूतावासले उल्लेख गरेको छ । वैदेशिक रोजगारीमा जानेले एक पटक श्रम स्वीकृति लिई विदेश गएपछि श्रम स्वीकृतिको अवधि कायमै रहेको अवस्थामा नेपालमा फर्की पुनः सोही मुलुकको सोही काममा जाँदा पुनः श्रम स्वीकृति लिनु नपर्ने तर एक पटक लिएको श्रम स्वीकृतिको अवधि समाप्त भएपछि पुनः विदेशमा रोजगारीको लागि जानुपरेमा श्रम स्वीकृति नवीकरण गर्नुपर्ने वैदेशिक रोजगार ऐन, २०६४ ले व्यवस्था गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पनि एक हप्ताअघि एक विज्ञप्ति जारी गर्दै रोजगारीका लागि विदेश गएका सम्पूर्ण नेपालीहरुलाई श्रम स्वीकृतिको म्याद सकिनुअगावै नवीकरण गराउन सूचित गरेको थियो । विदेशमा रहेका नेपालीले आफ्नो श्रम स्वीकृतिको म्याद रहे÷नरहेको थाहा पाउन वैदेशिक रोजगार विभागको वेबसाइटमा गई जाँच गर्न सक्ने मन्त्रालयले जनाएको छ । समयमै श्रम स्वीकृति नवीकरण नगर्दा विदेशमा रोजगारीका सन्दर्भमा विभिन्न पीडा खेप्नुपर्ने, स्वदेश फर्कन कठिन हुने र कतिपय परिस्थितिमा जेल सजायसमेत भोग्नुपर्ने अवस्था आउने गरेको मन्त्रालयले उल्लेख गरेको छ ।  
प्रकाशित मिति: मंगलबार, मंसिर ६, २०७९  ०८:०७
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP