Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवीन्द्र_तामाङ
  • #जनैपूर्णिमा
  • #रजु राणा
  • #जर्मन प्राज्ञ
  • #भूमि विधेयक
  • #भव्य नगर
  • #कमला नदीको पक्की पुल
  • #उत्तराखण्ड बाढी
  • #सवारी दुर्घटना
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • धार्मिक सहिष्णुतालाई भड्काउन पाइँदैन
धार्मिक सहिष्णुतालाई भड्काउन पाइँदैन
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, माघ ६, २०७६
धार्मिक हिसाबले हेर्ने हो भने विश्वमै नेपाल अत्यन्तै गौरव गर्न लायक मुलुक हो । यहाँ एक धर्मले अर्को धर्ममाथि देखाउने सहिष्णुतालाई विश्वले अपनाउन खोजेको छ । अन्य मुलुकहरूमा धर्मका नाममा मारामार काटाकाट भइरहेको छ । तर, नेपालमा भने एक धर्मले अर्को धर्मप्रति देखाएको सदासयता कहिल्यै बिर्सन नसकिने खालको छ । यहाँ धर्मका नाममा कोही तल, माथि गरिएको छैन । एक धर्मले अर्को धर्मलाई स्वीकार गरेको अवस्था छ । यो चलन आज बनाइएको नभएर सदियौँदेखि चल्दै आएको चलन हो । हिजो जो जस्ले जे धर्म मान्यो, त्यसमा कोही कसैको हस्तक्षेप छैन । यत्तिका मिल्दो मुलुक नेपाल भएकाले नै नेपाललाई विश्वकै अनुपम मुलुकका रूपमा चिनिँदै आएको देखिन्छ । यहि चलन विश्वका कतिपय मुलुकले अपनाउन चाहे पनि उनीहरूले आफ्नो जनताको मनमा धार्मिक सहिष्णुता जगाउन नसक्दा धर्मका नाममा लाखौँ जनताले ज्यान गुमाइरहेको देखिन्छ । यसै कारणले नेपालले विश्वमै धार्मिक सहिष्णुताको सन्देश लिएर निस्कनुपर्ने भएको छ । नेपाल धार्मिक सहिष्णुताको अनुपम मुलुक भएकाले नै आजसम्म मुलुकमा धार्मिक युद्ध कहिल्यै पनि आएको छैन । तर, अहिले केही समूहले धर्मका नाममा युद्ध चाहेका छन् । नेपाल धार्मिक सहिष्णुता र जातीय सद्भाव भएकाले त्यसप्रति नेपालले मात्र नभएर विश्वले गर्व गर्नुपर्ने बेला धर्मका नाममा लडाइँको बिउ छर्न खोज्नेहरू क्रियाशील छन् । उनीहरूलाई आज नै सरकारले दण्डित गर्नुपर्छ । यो समाजलाई बिगार्न पाइँदैन । एक नेपाली र अर्को नेपालीसित वैरभाव साट्न लगाउने समूहलाई सरकारले कुनै पनि हालतमा माफी दिनु मिल्दैन । विश्वमा धेरै स्थानमा धार्मिक तथा जातीय युद्ध भएको तर नेपाल सानो देशमा विभिन्न धर्म र सम्प्रदाय तथा सामाजिक विविधतायुक्त भएर पनि कहिल्यै पनि धार्मिक तथा जातीय युद्ध भएको छैन, धार्मिक सहिष्णुताको अनुपम उदाहरण पाउन सकिने मुलुकमा अस्थिरता पैदा गराउने काम गर्न खोज्नु अपराधभन्दा अरु केही होइन । साँच्चै हिन्दू धर्मको बाहुल्यता रहेको नेपालमा अल्पसंख्यकमा भएका विशेषगरी किराँत, बौद्ध, ख्रिस्चियन, मुस्लिमलगायत धार्मिक समुदायले असुरक्षा महशुस गर्नु परेको छैन । धर्म र सम्प्रदायबीचको अनुपम सहिष्णुताले नै नेपाल विश्वमै कहलिएको हो । यहि शान्ति समाजलाई भड्काउन खोज्नेहरूका कारण मुलुकमा धार्मिक युद्ध फैलने सम्भावना बढ्दै गइरहेको छ । तर, यसलाई सरकारले परास्त गर्नु सक्नुपर्छ । प्राकृतिक सम्पदा र प्राकृतिक सौन्दर्यताले भरिपूर्ण देशलाई धार्मिक आस्था र विश्वाससमेतले नेपाललाई विश्वकै एक उदाहरण दिनलायक मुलुकका रूपमा नेपाल रहेको छ । धार्मिक पर्यटनका माध्यमबाट विभिन्न मुलुकबाट बढीभन्दा बढी पर्यटक आउने क्रम जारी छ । हिन्दूहरू पशुपतिनाथ, बुद्धिस्टहरू गौतमबुद्धको जन्मस्थल लुम्बिनी, किराँतको उद्गमस्थल खोटाङको तुवाचुङ जायजुमजस्ता धार्मिक स्थलमा आउनेहरूबाट पनि मुलुक विश्वकै एक धार्मिक स्थलका रूपमा चिनिन थालेको छ । भारत र चीनका अलावा अन्य मुलुकसमेतबाट धार्मिक पर्यटक भित्र्याउन यी धार्मिक स्थलले सहयोग पुर्याइरहेको छ । तर, धर्मका नाममा गरिएको विभिन्न गलत कामका कारण मुुलुक अशान्तितिर अघि बढ्यो भने यसले मुलुकलाई नै घाटा पु¥याउने हुनाले धार्मिक सहिष्णुता भड्काउन खोज्ने जो कोहीलाई पनि माफी दिनु हुँदैन ।
प्रकाशित मिति: सोमबार, माघ ६, २०७६  ०८:०५
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
कारागारलाई अपराधको हैन सुधार केन्द्र बनाऊ
कारागारलाई अपराधको हैन सुधार केन्द्र बनाऊ सोमबार, साउन २६, २०८२
राजनीतिमा वर्षैभरि गाईजात्रा
राजनीतिमा वर्षैभरि गाईजात्रा आइतबार, साउन २५, २०८२
अभिमुखीकरण तालिममा बेथिति
अभिमुखीकरण तालिममा बेथिति शुक्रबार, साउन २३, २०८२
वैकल्पिक दलमा पनि पुरानै रोग !
वैकल्पिक दलमा पनि पुरानै रोग ! बिहीबार, साउन १५, २०८२
मधेसको समस्या सम्बोधनमा जुटौं 
मधेसको समस्या सम्बोधनमा जुटौं  बुधबार, साउन १४, २०८२
स्वतन्त्र र स्वायत्त हुनुपर्छ मिडिया काउन्सिल
स्वतन्त्र र स्वायत्त हुनुपर्छ मिडिया काउन्सिल मंगलबार, साउन १३, २०८२
स्रोतको पहिचान र बाँडफाँट न्यायोचित होस्
स्रोतको पहिचान र बाँडफाँट न्यायोचित होस् सोमबार, साउन १२, २०८२
लोकप्रिय
  • Week
  • Month
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
गाईजात्राका अवसरमा टोलटोलबाट सांस्कृतिक झाँकी प्रदर्शन
गाईजात्राका अवसरमा टोलटोलबाट सांस्कृतिक झाँकी प्रदर्शन
सानिमा रिलायन्स लाईफको ‘ब्राभो एनुअल कन्क्लेभ २०८२’सम्पन्न
सानिमा रिलायन्स लाईफको ‘ब्राभो एनुअल कन्क्लेभ २०८२’सम्पन्न
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: prabhabdailynews@gmail.com
marketing2prabhab@gmail.com

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP