दोहा– कतारमा घरेलु कामदारले करार अवधिकै आफू कार्यरत कम्पनी त्याग्न पाउने भएका छन् । यसअघि काम छाड्न रोजगारदाताको अनुमति (एक्जिट परमिट) अनिवार्य गरिएको भए पनि अब भने तीन दिनअघि जानकारी दिएर काम छाड्न पाउने भएका हुन् ।
कतारले नयाँ श्रम कानुन ल्याएसँगै यो सुविधाको उपयोग गर्नेहरू बढ्ने बताइन्छ । कतारले आङ्खनो श्रम कानुन सुधार गर्दै घरेलु कामदारको लागि नयाँ नियम ल्याएको हो ।
कतारले लागू गरेको नयाँ कानुनअनुसार ग्यास, तेल कम्पनीमा कार्यरत, म्यारिटाइम, कृषि, सरकारी तथा सार्वजनिक संस्थान र आवधिक प्रकृतिका कम्पनीमा काम गर्ने कामदारले आङ्खनो करार अवधिमै काम छाड्न सक्नेछन् तर कतार प्रहरीमा भने यो नियम लागू हुने छैन ।
नयाँ कानुनले नयाँ श्रम बजार खुलाउनका लागि प्रोत्साहन गरेको र नयाँ श्रम कानुनले दक्ष श्रमिक ल्याउन सहयोग पुग्ने जनाइएको छ । श्रम कानुनअन्तर्गत पर्ने कामदारले भने यस अघिदेखि नै बिनापत्र कतार छाडन पाउने नियम छ ।
प्रधानमन्त्री तथा आन्तरिक मन्त्री शेख अब्दुलाह बिन नस्सेर बिन खलिफा अल थानीले मन्त्रिपरिषद्को २०१९ को निर्णय नम्बर ९५ जारी गर्दै तत्कालै लागू हुने गरी श्रम कानुनअन्तर्गत नपर्ने कामदार कतार छाडन चाहिने गमन पत्रको आवश्यकता हटाइएको कतारी सञ्चार माध्यमहरूले जनाएका छन् ।
कतारले गएको वर्षको अक्टोबरमै यो प्रणाली लागू गर्ने भनेको थियो र २०२० को जनवरीबाटै काफला प्रणाली पूर्णतया खारेज गरिने जनाएको थियो ।
प्रकाशित मिति: सोमबार, माघ ६, २०७६ ०५:०५