Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • वीर अस्पताल सञ्चालनमा ध्यान देऊ
वीर अस्पताल सञ्चालनमा ध्यान देऊ
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, माघ ५, २०७६
Hardik health
सरकारले जनताको शिक्षा र स्वास्थ्यमा ध्यान दिनुपर्छ । संविधानमा शिक्षा र स्वास्थ्यलाई मौलिक अधिकारमा राखिए पनि सरकारले शिक्षा र स्वास्थ्यमा व्यापार गर्ने काम गरेको छ । जनताको स्वास्थ्यको जिम्मा सरकारको हो तर उसले यसलाई निजीक्षेत्रलाई जिम्मा दिएर गैरजिम्मेवारी काम गरेको छ । जनताले गलत काम गरेको खण्डमा कानुनी कारबाही हुने तर सरकारले संविधानविपरीत काम गर्याे भने उसलाई कारबाही नहुने ? यो कस्तो कानुनी राज्य ? सरकारको यो कदम कानुनी राज्यको उपहासभन्दा अरु हुनै सक्दैन । सरकारले आफ्नो जनताको स्वास्थ्यप्रति गम्भीर छैनन् भने उसलाई कुर्सीमा बस्ने कुनै अधिकार पनि छैन । नेताहरू बिरामी भए भने सिंगापुर गएर स्वास्थ्योपचार गर्ने तर जनताको स्वास्थ्यमा चाहिँ सरकारले ध्यान नदिने ? जनताले तिरेको करबाट नेताले ज्वरो आएमा विदेश जानुपर्ने तर त्यहि कर तिर्ने जनता चाहिँ सिटामोल खान नपाएर अकालमा मृत्युवरण गर्ने ? सरकारले लोककल्याणकारी राज्यको कल्पना गरेको छ । कल्पना सोह्रै आना ठीक छ । तर, एक नेता काठमाडौंबाट ३२ किलोमिटर टाढा धुलिखेल जानका लागि हेलिकोप्टर प्रयोग गर्ने तर एक किसानले भने १३ किलोमिटर टाढा भक्तपुरबाट तरकारी बेच्न खर्पनमा बोकेर पैदल हिँड्नु पर्ने अवस्था छ । स्वास्थ्य तथा जनसंख्यामन्त्रीले आर्थिक अनियमितता र भ्रष्टाचारले गर्दा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र वीर अस्पतालजस्ता अस्पतालहरू थला पर्ने सम्भावना रहेको छ भन्दै बिलौना गर्दै छन् । जबकि कानुन कार्यान्वयन तहमा बस्नेले वीर अस्पताल बचाउन होइन, छाडा छाड्ने नभए बन्द गर्ने लाचारीपन देखाएको पाइन्छ । मन्त्रीले सरकारी निकायमा भएको बेथितिलाई सुधार गर्नुपर्ने हो तर उनैले सत्तालत्ता छाडेको पाइन्छ । यसको अर्थ सरकारी अस्पताल बन्द गराएर निजी क्षेत्रलाई रजाइँ गर्न दिने प्रपञ्च मात्र हो । जनताको स्वास्थ्यभन्दा पनि निजी क्षेत्रको सेवा गर्न उद्यत् मन्त्रीहरूकै कारण यो मुलुक जर्जर अवस्थामा पुगेको हो । वीर अस्पताललाई उठाउनेभन्दा पनि थला पार्ने काममा सरकारबाट नै प्रपञ्च सुरु भएको छ । त्यहाँ ४६ करोड लागतमा किनिएका दुई वटा मेसिन लामो समयदेखि प्रयोगमा नआएकाले त्यसमा पनि केहि शंका गर्ने ठाउँ रहेको छ । सरकारले यसबारे छानबिन गर्नुको सट्टा वीर अस्पताल नै बन्द होस् भन्ने चाहन्छ । किनभने वीर अस्पताल बन्द भयो भने सर्वसाधारण महँगो अस्पतालमा उपचार गर्न बाध्य हुन्छन्, जसबाट मन्त्रीले कमिसन पाउँछन् । कस्तो गज्जबको योजना । सरकारका केही सदस्य र कर्मचारीको मिलेमतोमा खरिद गरिएको सामान प्रयोग नगर्नु षड्यन्त्रभन्दा अरु केही होइन । नयाँ मन्त्री आएपछि स्वास्थ्य क्षेत्रमा सुधारको अनुभूति होला भन्ने जनता अहिले मारमा परेका छन् । मन्त्रीहरू कमाउनेभन्दा अरु केही काममा ध्यान दिएका छैनन् । आफूभन्दा अघिल्लो मन्त्रीहरूले गरेको अनियमिततालाई ढाकछोप गरेर आफू पनि उहि कमाउधन्दामा लाग्ने मन्त्रीहरूको पुरानै चलन हो । मुलुकको जेठो अस्पताललाई बन्द गराउने होइन, यसबाट सर्वसाधारणले कसरी सेवा पाउँछन् ? यसबारे सोच्नुपर्छ । कम्युनिस्ट सरकारले वीर अस्पताल बन्द गरायो भने यो कदम उसका लागि युगकै सबैभन्दा ठूलो अपराध लाग्नेछ ।
प्रकाशित मिति: आइतबार, माघ ५, २०७६  ०७:१९
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु शुक्रबार, कात्तिक २१, २०८२
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP