Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
  • #विश्व दृष्टि दिवस
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • बिप्रेषणका कारण नेपाली अल्छी बन्दै
बिप्रेषणका कारण नेपाली अल्छी बन्दै
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, माघ ५, २०७६
Hardik health
काठमाडौं– दक्षिण एसिया दृष्य व्यापार आर्थिक वातावरण संस्थाले गरेको अध्ययनले बिप्रेषणले नेपाली समाजलाई अल्छी बनाउँदै लगेको देखाएको छ । एक सक्रिय नेपालीले हप्तामा औसत ४० घन्टा काम गर्दै आए पनि बिप्रेषण घरमा भित्रिन थालेपछि औसतमा हप्तामा १५ घन्टाले काम गरेको र यता अन्य सदस्यहरूले पनि आम्दानीमूलक काम गर्न छाडेको अध्ययनले देखाएपछि बिप्रेषणले नेपाली समाजलाई अल्छी बनाएको देखाएको हो । बिप्रेषणले नेपाली अर्थतन्त्रलाई बलियो त बनाएको छ तर यसका साथसाथै नेपाली समाजको क्रियाशिलतामा ह्रास ल्याएको छ । बिप्रेषणले नयाँ उद्योग व्यावसाय सञ्चालनमा ल्याउन र सञ्चालनमा भएका उद्योग व्यावसाय सघाउनु साटो काम गर्ने बानी मै ह्रास आउँदा मुलुकलाई आर्थिक विपन्नतिर डोर्याइरहेको अध्ययनले देखाउँछ । वैदेशिक रोजगार विभागले नेपाल सरकारबाट श्रम स्विकृति लिएर जाने नेपालीे कामदारको तथ्यांक मात्र लिने गरेको छ । त्यसैले नेपालबाट वैदेशिक रोजगारका निम्ति भारत पलाएन भएका कामदारको विवरण नेपाल सरकारले नलिने भएकाले कामदारको एकीन तथ्यांक प्राप्त गर्न समस्या उत्पन्न भएको र श्रम स्विकृति लिएर जाने कामदारले मात्र पठाएको बिप्रेषणले पूर्ण नतिजा नआउने बताउँदै संस्थाले राष्ट्रिय जनगणनाबाट कामदारको तथ्यांक लिएको जनाएको छ । आर्थिक वर्ष ०७५÷७६ को ६ महिनामा ४ खर्ब ४३ अर्ब ३६ करोड रूपैयाँ बिप्रेषण भित्रिएको छ । अघिल्लो आर्थिक वर्षको ६ महिनाको तुलनामा ३०.२ प्रतिशतले बढेर पुस मसान्तसम्म ४ खर्ब ४३ अर्ब ३६ करोड रूपैयाँ बिप्रेषण भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । बिप्रेषणले अर्थतन्त्र चाँडै मक्किन सक्ने र मौसमी टेकोमा मुलुकको अर्थतन्त्र भर पर्नुले कुनै पनि समय अर्थतन्त्र ऋणात्मक हुने जोखिम निम्तिन सक्ने अर्थविद्हरूले बारम्बार बताउँदै आएका छन् । यस खालको अवस्था निम्तिरहँदा पनि बिप्रेषणले पार्न सक्ने असर एवं प्रभावका बारेमा सरकारी तवरबाट कुनै अध्ययन, अनुसन्धान भएको पाइँदैन । बिप्रेषणमा आइरहेको र भविष्यमा आउन सक्ने सम्भावित कमीलाई मध्यनजर गरी नेपालले उपयुक्त मौद्रिक तथा आर्थिक नीतिको अवलम्बन गर्न ढिला भइसकेको बताइन्छ । यो स्थितिमा बिप्रेषण र यसमाथि बढ्दो निर्भरताका नकारात्मक असरहरूबाट अर्थतन्त्रलाई बचाउन तथा आसन्न चुनौतीहरूको सामना गर्नका लागि सरकारलगायत सरोकारवालाहरूले बेलैमा तदारुकता देखाउन र गृहकार्य गर्न जरुरी देखिएको उनीहरू बताउँछन् ।
प्रकाशित मिति: आइतबार, माघ ५, २०७६  ०४:२८
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ मंगलबार, असोज ७, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP