Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • नेपालको आधिकारिक नक्शा खै ?
नेपालको आधिकारिक नक्शा खै ?
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, माघ २, २०७६
Hardik health
राष्ट्रवादको नारामा बनेको वर्तमान सरकारको राष्ट्रवाद नेपाली सीमामा पोखिएको छ । राष्ट्रवादको भाषण गर्न नथाक्ने नेताहरू सत्तामा पुगेपछि सीमा मिचिँदा पनि बोल्न नसक्नु उदेकलाग्दो अवस्था हो । इतिहासमा नेपालको क्षेत्रफल १,४७,१८१ वर्ग किलोमिटर भएको भनिए पनि वास्तवमा यो क्षेत्रफल घटेको छ । तर, सरकारलाई कुनै वास्ता छैन । आफ्नो कुुर्सी जोगाउनुभन्दा अरु केही नजान्ने सरकारले नेपालको सीमा रक्षा गर्न असफल भएकै हो । नेपालले उहिले ५० वर्षअघिको नक्साले काम चलाएको छ । उसले आफ्नो नयाँ नक्सा सार्वजनिक गर्न नसक्नु ज्यादै लज्जास्पद कुरा हो । भारतले नेपाली जग्गा मिचेर भारत बनाइसक्दा पनि नेपाल सरकार बोल्न सकेको छैन । सत्तामा बस्ने रहरलाई पूरा गरिदिने हो भने सरकारले मुलुक नै बेच्न तयार देखिएको छ । आफूलाई सत्तामा टिकाउनका लागि टनकपुर, महाकाली बेच्ने सरकारले कुनै बेला नेपाल बेच्न पछि पर्दैनन् । नेपाली जमिन भनेर चिनिने कालापानी र लिम्पियाधुरा भारतले मिचिसकेको छ । यस्तो अवस्थामा भारतले नयाँ नक्सा सार्वजनिक गरिसकेको छ । नेपालको भने आफ्नो नक्सा सार्वजनिक गर्न सकेको छैन । राष्ट्रवादको नारा लगाउन नथाक्नेहरू आज देशको सीमाको सुरक्षा गर्न नसक्नुको कारण नेपाली जनतालाई यसको जवाफ दिनैपर्छ । अब राष्ट्रवादी सरकारले नेपालको सम्पूर्ण भूभाग समावेश गरी नक्शा सार्वजनिक गर्नै पर्छ । जुन आधिकारिक नक्सा होस् । आफ्नो भूभाग मिचिएको छ भने यसलाई कुनै पनि हालतमा फिर्ता ल्याउनै पर्छ । यसरी अरुको भूमि मिच्ने अन्तर्राष्ट्रिय कानुन नभएकाले यसलाई अन्तर्राष्ट्रियकरण गर्नैपर्छ । अन्यथा सरकारले कुर्सी छाड्नै पर्छ । नेपाली जमिन मिचिएको छ भने यसलाई कूटनीतिक पहलबाट समस्या समाधान गर्न सरकार अघि सर्नुपर्छ । अन्यथा सरकारले नेपालको नक्सा सार्वजनिक गरेर सो नक्सालाई विश्वविद्यालय, विद्यालयका विद्यार्थी र अन्तर्राष्ट्रिय स्तरमा पनि वितरण गर्नुपर्छ । नेपालले आफ्नो सम्पूर्ण भूभागलाई समेटेर नयाँ नक्सा जारी गर्नु पर्छ । कुर्सी र सीमाबीच लेनदेन गर्नु हुँदैन । अहिले सरकारमा रहनेहरूले सीमा र कुर्सी साटासाट गरेको देखिन्छ । सरकारले आफ्नै देशको भूभाग समेटेर नक्सा सार्वजनिक गर्न अलमल गर्नुको पछाडि अनेकौँ कारणहरू हुन सक्छन् । देशको नक्सा सार्वजनिक गर्न सरकारलाई कसैले रोकेको छैन । रोकेको छ त केवल, कुर्सीले । सरकारको कुर्सीले त मुलुकको रक्षा गर्नुपर्ने हो तर यहाँ त्यसो नभएर सीमालाई कुर्सीसँग साटिएको छ । सरकारलाई जनस्तरबाट व्यापक दबाब सिर्जना भइरहँदा पनि सरकारले नक्सा सार्वजनिक गर्न नसक्नु योभन्दा अर्को दुर्गति हुनै सक्दैन । सरकारले मुलुकको नक्सा जारी नभएपछि नागरिक स्तरबाट नयाँ नक्सा सार्वजनिक गर्ने काम भएको छ । जनताले देशभक्ती देखाउँदा पनि सरकारले भने केही चासो नदेखाउनु सरकारमा केही न केही दाग छ । नापी विभागले नक्सा सार्वजनिक गर्न स्विकारे पनि भूमि सुधार मन्त्रालयले नमानेको बताइन्छ । यस्तो सरकारबाट मुलुक शोसित छ भने अरु कुरा के गर्नु ? परराष्ट्र मन्त्रालय तहबाट दुवै देशबीच भएको पत्राचारलाई अहिलेसम्म सरकारले प्रकाशित गर्न सकेको छैन । तैपनि उसले आफूलाई राष्ट्रवादी भनेर भन्न छाडेको छैन । राष्ट्रवादी हो कि होइन भनेर सरकारले नयाँ नक्सा सार्वजनिक गर्नुपर्छ अन्यथा सरकारमाथि शंकाको बादल मडारिने छ ।
प्रकाशित मिति: बिहीबार, माघ २, २०७६  ०८:१९
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु शुक्रबार, कात्तिक २१, २०८२
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP