Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • टिकटको कालोबजारी रोक
टिकटको कालोबजारी रोक
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, असोज १४, २०७९
Hardik health
सहर तथा गाउँमा दसैंको माहोल तातिएको छ । नेपालबाहिर रहेकाहरु दसैंका लागि स्वदेश फर्किएका छन् भने सहरमा हुनेहरु पनि दसैं मनाउन गाउँ फर्किन थालेका छन् । खासगरी काठमाडौं उपत्यकालगायत देशका प्रमुख सहरमा रोजगारी, अध्ययन र विभिन्न पेसा व्यवसाय गरिरहेकाहरु गाउँ फर्किने क्रम जारी छ । बडादसैं सुरु भएसँगै काठमाडौं उपत्यकाबाट बाहिरिनेको संख्या बढेको छ । घटस्थापनादेखि बिहीबारसम्म झण्डै चार लाखले उपत्यका छाडेका छन् । घटस्थापनाको दिन सोमबार र अर्को दिन मंगलबार करिब एक/एक लाखले उपत्यका छाडेका थिए । बुधबार र बिहीबार पनि एक/एक लाखभन्दा धेरै यात्रु उपत्यका बाहिरिएका छन् । उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार निजी तथा सार्वजनिक यातायातका सवारीसाधनबाट उक्त संख्यामा यात्रुहरू बाहिरिएका हुन् । यसमा हवाईमार्गबाट यात्रा गर्नेहरुको संख्या जोडिएको छैन । ट्राफिक प्रहरीले उपत्यकाका चारवटै नाकामा बाहिरिने यात्रुको रेडर्क राख्ने गर्छ । चाबहिल, जगाती, बल्खु, थानकोटलगायत नाकाबाट निजी तथा सार्वजनिक यातायातमा बाहिरिनेको संख्या संकलन गरिन्छ । सामान्य अवस्थामा दैनिक १५–२० हजारले उपत्यका छाड्ने भए पनि दसैंमा ह्वात्तै बढेको ट्राफिक प्रहरीले जनाएको छ । यसपटक दसैंमा झण्डै २० लाखले उपत्यका छाड्ने आकलन गरिएको छ । चाडबाड नजिकिएसँगै बजारमा एकातिर महँगी बढेको छ भने अर्कोतिर यात्रुबाट तोकेभन्दा बढी भाडा असुल्ने गरेका छन् । दसैं लागेयता मात्र काठमाडौंमा १०० भन्दा धेरै जना पक्राउ गरिसकेका छन् । तोकिएकोभन्दा बढी भाडा लिने, अनावश्यक हैरानी दिने, टिकटमा तोकिएको सिट नदिनेजस्ता गतिविधि गर्नेलाई प्रहरीले पक्राउ गर्ने गरेको छ । जसको निगरानीका लागि सादा पोसाकमा प्रहरी खटिएका छन् । दसैंको बेला हुनसक्ने सम्भावित अवाञ्छित गतिविधि, दुर्घटना, चोरी, डकैती रोक्न प्रहरी परिचालन गरिएको छ । दसैंको बेला घर जाने यात्रुले सिट नपाउने समस्या नयाँ होइन । बढी भाडा असुल्ने पनि समस्या पनि दोहोरिरहन्छ । यतिमात्र होइन चाडबाडकै बेला सवारी दुर्घटना पनि बढ्ने गरेका छन् । बुधबार मात्र सल्यानमा भएको सवारी दुर्घटनामा ८ जनाको मृत्यु भयो । बिहीबार पाल्पामा भएको दुर्घटनामा चार जनाको मृत्यु भयो । यी जोखिमलाई रोक्न सवारीधनी, सवारी चालक, यात्रु सबै जिम्मेवार बन्नुपर्छ । लापरवाहीलाई रोक्नुपर्छ । मादक पदार्थ र लागुपदार्थ सेवन गरेका सवारी चलाउन हुँदैन । प्रहरीले चेकजाँचमा कडाइ गरी लापरवाही गरेको भेटिए, मादकपदार्थ र लागुपदार्थ सेवन गरी सवारी चलाउनेलाई कानुनी कारबाही गर्नुपर्छ । उपत्यकाबाट बाहिरिने यात्रुको चाप बढ्ने हुँदा सरकारले अग्रिम टिक बुकिङ खोल्ने गरेको छ । यो वर्ष पनि अग्रिम टिक बुकिङ खुला भइसकेको छ । तर, यात्रुलाई टिकट पाउन सकस भइरहेको छ । टिकट काउण्टरबाट रित्तो हात फर्किएका समाचार बाहिर आइरहेका छन् । यसरी टिकट नपाउने यात्रुमाथि यातायात व्यवसायी र विचौलियाले ठगी गर्ने गरेका छन् । यात्रुसँग बढी पैसा असुल्दै कालोबजारी हुने गरेका छन् । यस्तो कार्यबाट दसैं मनाउन घर जाने यात्रुले सास्ती बेहोर्नुपरेको छ । यस्ता क्रियाकलाप रोक्न टिकट कालोबजारी गर्ने कार्यमा संलग्नलाई कडा कारबाही गर्नु आवश्यक छ । यसतर्फ सरोकारवाला निकायको तत्काल ध्यान जाओस् ।
प्रकाशित मिति: शुक्रबार, असोज १४, २०७९  १२:४५
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु शुक्रबार, कात्तिक २१, २०८२
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP