Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राजु योञ्जन तामाङ
  • #शिक्षा
  • #ट्रक_यातायात
  • #टेलिकमको ‘अफर’
  • #नारायणगढ–मुग्लिन सडक
  • #भेडाच्याङ्ग्रा
  • #आईसीटी
  • #गिद्ध
  • #सतिशकुमार_सिंह
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • कार्यान्वयन सबल बनोस्
कार्यान्वयन सबल बनोस्
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, असोज १२, २०७९
Hardik health
आगामी मंसिर ४ गतेका लागि तय भएको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि आचारसंहिता आजदेखि लागू भएको छ । आचारसंहितामा संघीय सरकारका प्रधानमन्त्री, मन्त्री, प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्री तथा स्थानीय तहका कार्यपालिका सदस्य चुनाव प्रचार–प्रसारमा हिँड्न नपाउने व्यवस्था गरिएको छ । सरकारी, अर्धसरकारी वा सार्वजनिक संस्थाले कुनै परियोजनाको स्रोत, साधन र सम्पत्ति दल तथा उम्मेदवारको पक्ष वा विपक्षमा प्रयोग गर्न नपाउने आचारसंहिताको व्यवस्था छ । चुनाव प्रचारमा सरकारी, अर्धसरकारी निकाय, विद्यालय विश्वविद्यालयलाई प्रयोग गर्न पनि पाइने छैन ।राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिह्न अंकित ज्याकेट, कमिज, भेस्ट टिसर्ट, क्याप, गम्छा, झोलाजस्ता सामग्री उत्पादन र प्रयोग गर्न पाउने छैनन् । बालबालिकालाई चुनाव प्रचारमा लगाउन पाइने छैन भने सामाजिक सञ्जालमा गलत, भ्रामक वा द्वेषपूर्ण सूचना प्रवाह गर्न वा गराउन नपाउने निर्वाचन आचारसंहितामा उल्लेख छ । निर्वाचनमा प्रतिकूल प्रभाव पार्ने उद्देश्यले कसैले पनि सामाजिक सञ्जालमा अकाउण्ट (खाता) सञ्चालन गर्न वा झुटा साइट खोल्न नपाउने आचारसंहितामा उल्लेख छ । सामाजिक सञ्जालमा निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले होच्याउने, दुष्प्रचार गर्ने भ्रामक सूचना सम्प्रेषण गर्ने अपमान गर्ने द्वेषपूर्ण भाषण गर्नेजस्ता टीकाटिप्पणी गर्न पनि नपाइने निर्वाचन आयोगले जारी गरेको आचारसंहितामा उल्लेख छ । आचारसंहिता अनुसार कुनै प्रयोजनका लागि प्रकाशन वा प्रसारण भएको सूचना वा सामग्री निर्वाचनमा प्रभाव पार्ने उद्देश्यले तोडमोड गरी सामाजिक सञ्जालमा सेयर, ट्याग, कमेन्ट गर्न पनि पाइने छैन । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आचारसंहिता कार्यान्वयन गर्नका लागि निर्देशनसमेत जारी गरेको छ । आयोगले राजनीतिक दलका नाममा आचारसंहिता कार्यान्वयनका लागि ६० बुँदे निर्देशन जारी गरेको छ । उक्त आचारसंहिता निर्वाचनमा सहभागी हुने दलका साथै तिनका उम्मेवारलाई पनि लागू हुने आयोगले बताएको छ । आयोगले उम्मेदवारले खर्च गर्न पाउने रकमको अधिकतम सीमा प्रस्ताव गरेको छ । आयोगले निर्वाचन क्षेत्रअनुसार फरक–फरक खर्च सीमा प्रस्ताव गरेको छ । आयोगले प्रतिनिधिसभातर्फ पाँचवटा समूह बनाएर अधिकतम खर्च सीमा प्रस्ताव गरेको हो । जसमा २५ लाख, २९ लाख, ३१ लाख र ३३ लाख निर्धारण गरिएको छ । त्यस्तै, प्रदेशसभातर्फ पनि पाँच समूह बनाएर १५ लाख, १७ लाख, १९ लाख, २१ लाख र २३ लाख प्रस्ताव गरिएको छ । आयोगले २०७४ को निर्वाचनमा प्रतिनिधिसभाका उम्मेदवारले २५ लाख र प्रदेशसभाका उम्मेदवारले १५ लाख रुपैयाँ खर्च गर्न पाउने सीमा निर्धारण गरेको थियो । आयोगले निर्वाचन आचारसंहिता लागू गर्दै गर्दा केही राजनीतिक दलहरूले असन्तुष्टि जनाएका छन् । सत्तापक्ष मात्र नभएर प्रतिपक्ष दलले पनि आचारसंहिताका केही प्रावधानमा असन्तुष्टि जनाएका छन् । आयोगसँगको छलफलमा पनि उनीहरूले यो विषय उठाएका थिए । तर, आयोगले आचारसंहितामा केही पनि हेरफेर नगरी जारी गरेको छ । यसले आयोग, सरकार र दलबीचको सम्बन्धमा खटपट हुनसक्ने, द्वन्द्व निम्तिन सक्ने जोखिम छ । उसो त दल तथा उम्मेदवारहरु लचिलो प्रावधान भए नै राम्रो मान्ने हुन् । तर, निर्वाचन गराउने प्रमुख दायित्व बोकेको आयोगचाहिँ स्पष्ट हुनुपर्छ । आयोगले जारी गरेको आचारसंहिताको पालनामा कडाइ गरोस् । जसरी दुई तहको अनुगमन संयन्त्र बनाउने भनिएको छ, त्यसको प्रभावकारी व्यवस्थापन होस् । आचारसंहिता कार्यान्वयन सबल बनोस् । यसमा आयोगले मात्र होइन राजनीतिक दल र उम्मेदवारहरुले पनि सहयोग गर्नुपर्छ । स्थानीय निर्वाचनका बेला आयोगले जसरी आचारसंहिता कार्यान्वयन र पालनाको पक्षमा तदारुकता देखाएको थियो, जुन काम गरेको थियो त्यसलाई अझ परिष्कृत गरोस् ।आवधिक निर्वाचन लोकतन्त्रको सुन्दरता भएकाले यसलाई सफल पार्न आचारसंहिता एक प्रमुख पक्ष हो । यसमा सबै सकारात्मक बनौं । चुनावलाई शान्तिपूर्णरुपमा, स्वच्छ र शान्त वातावरणमा सफल पार्न सबै लागिपरौं ।
प्रकाशित मिति: बुधबार, असोज १२, २०७९  १९:११
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
दलहरुमा संयमताको खाँचो
दलहरुमा संयमताको खाँचो शुक्रबार, असोज ३, २०८२
शीर्ष नेताको विश्राम अनिवार्य
शीर्ष नेताको विश्राम अनिवार्य बिहीबार, असोज २, २०८२
दललाई विश्वासमा लिनु जरुरी
दललाई विश्वासमा लिनु जरुरी बुधबार, असोज १, २०८२
उच्चस्तरीय आयोग चाँडो गठन गर
उच्चस्तरीय आयोग चाँडो गठन गर मंगलबार, भदौ ३१, २०८२
नवगठित सरकारको जिम्मेवारी
नवगठित सरकारको जिम्मेवारी सोमबार, भदौ ३०, २०८२
प्रधानमन्त्रीको राजीनामा, गृहमन्त्रीलाई कारबाही
प्रधानमन्त्रीको राजीनामा, गृहमन्त्रीलाई कारबाही मंगलबार, भदौ २४, २०८२
जेन-जीलाई नभड्काउ
जेन-जीलाई नभड्काउ सोमबार, भदौ २३, २०८२
लोकप्रिय
  • Week
  • Month
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP