Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #विश्व दृष्टि दिवस
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • भदौमा ७६ हजारभन्दा बढीले लिए श्रम स्वीकृति
भदौमा ७६ हजारभन्दा बढीले लिए श्रम स्वीकृति
बुधबार, असोज ५, २०७९
Hardik health
मोहनप्रसाद पन्त काठमाडौं– चालु आर्थिक वर्षको दोस्रो महिना अर्थात् भदौमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ह्वात्तै बढेको पाइएको छ । यस महिना वैदेशिक रोजगारीमा जानका लागि ७६ हजार ४०३ जनाले श्रम स्वीकृति लिएको तथ्यांक वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको छ । यो संख्या अघिल्लो महिनाको तुलनामा करिब १३ हजारले बढी हो । विभागका अनुसार गत साउन महिनामा ६३ हजारले वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिएका थिए । चालु आवमा एकपछि अर्को महिना रोजगारीका लागि विदेशिने नेपालीको संख्या झण्डै ९ प्रतिशतले बढेको विभागको तथ्यांकमा देखिन्छ । कोरोना महामारीले थला परेको वैदेशिक रोजगारी गत आर्थिक वर्षबाट पुरानै लयमा फर्किएको थियो । यो क्रमले चालु आवको सुरुआतबाटै निरन्तरता पाएको छ । चालु आर्थिक वर्ष सुरु भएयता मलेसिया जाने नेपाली कामदारको संख्या पनि उल्लेख्य बढेको छ । कोरोनाका कारण पछिल्ला दुई वर्ष कामदार लैजान रोकेको मलेसियाले आप्रवासी कामदार आपूर्ति गर्न खुल्ला गरेस“गै मलेसिया जान गत साउन महिनामा २४ हजार ४८४ जनाले श्रम स्वीकृति लिएकोमा भदौ महिनामा बढेर ३५ हजार ३७२ पुगेको छ । यतिखेर रोजगारीका लागि अन्य गन्तव्य मुलुकभन्दा मलेसियामा नेपालीको माग र आकर्षण बढ्दो रहेको विभागको तथ्यांकले देखाएको छ । मलेसिया जाने कामदारको संख्या साउन महिनाको तुलनामा भदौमा ४४.४६ प्रतिशतले बढेको छ । आगामी दिनमा मलेसिया जाने नेपालीको संख्या अझै बढ्ने विभागका निर्देशक एवं सूचना अधिकारी कृष्णप्रसाद भुसालले बताए । उनका अनुसार मलेसिया मात्र नभई समग्रमा वैदेशिक रोजगारीमा जानेको संख्या आगामी दिनमा अझै बढ्ने देखिन्छ । गत आर्थिक वर्षमा ३५ हजारको हाराहारीमा मात्रै मलेसिया जान नेपालीहरुले श्रम स्वीकृति लिएका थिए । गत आवमा नेपालीहरुका लागि पा“चौं श्रम गन्तव्य बन्न पुगेको मलेसियामा अहिले दुई महिनामा नै झण्डै ६० हजारले रोजगारीका लागि श्रम स्वीकृति लिएको विभागको तथ्यांकले देखाउछ ।
गत आवमा नेपालीहरुका लागि पाचौं श्रम गन्तव्य बन्न पुगेको मलेसियामा अहिले दुई महिनामा नै झण्डै ६० हजारले रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् । साउन महिनाको तुलनामा भदौमा मलेसिया जानेको संख्या ४४ प्रतिशतले बढेको छ ।
त्यस्तै भदौ महिनामा कतारमा ११ हजार ७७५, संयुक्त अरब इमिरेट्स (युएई)मा आठ हजार ३६५, साउदी अरेबियामा छ हजार ७८४ र कुवेतमा जान पा“च हजार २९ जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ । यी पा“च देशले मात्रै कूल श्रम स्वीकृतिको ९० प्रतिशतभन्दा बढी हिस्सा ओगटेको देखिन्छ । त्यस्तै माल्टामा एक हजार ४२१, रोमानियामा ७७३, बहराइनमा ६९७, जापानमा ६३७, क्रोएसियामा ६०४ र ओमानमा ५३२ जनाले रोजगारीमा जानका लागि श्रम स्वीकृति लिएका छन् । त्यस्तै कूल श्रम स्वीकृति लिनेमध्ये पुनः श्रम स्वीकृति लिने १८ हजार ७१० जना छन् भने पहिलोपटक विदेश जान श्रम स्वीकृति लिनेको संख्या ५७ हजार ६९३ रहेको छ । समग्रमा भदौ महिनामा श्रम स्वीकृति लिनेमध्ये सात हजार ५१९ जना महिला रहेको विभागले उल्लेख गरेको छ । विभागको तथ्यांकअनुसार जिल्लागतरुपमा मधेसका जिल्लाबाट सबैभन्दा बढी रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् । धनुषा, सिरहा, महोत्तरी, सर्लाही, सप्तरीबाट विदेश जानेको संख्या अन्य जिल्लाको भन्दा बढी रहेको छ । झापा, मोरङ, सुनसरी र रुपन्देहीबाट पनि उल्लेख्य मात्रामा नेपालीहरु विदेश गएको विभागले जनाएको छ । चालु आर्थिक वर्षको सुरुआती महिनादेखि नै रोजगारीका लागि मलेसिया जाने नेपाली श्रमिकको संख्या बढ्दा म्यानपावर व्यवसायीहरु उत्साहित देखिएका छन् । युक्रेन युद्धका कारण खाडी मुलुकमा कामदारको माग घटेका कारण मलेसियामा जाने नेपालीको संख्यामा वृद्धि भएको नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनका अध्यक्ष कुमुद खनालले बताए । तुलनात्मक रुपमा मलेसिया मौसम र पारिश्रमिकको हिसाबले पनि खाडी मुलुकभन्दा राम्रो रहेको उनको भनाइ छ । ‘पछिल्लो समय मलेसिया जाने नेपालीको संख्या बढ्नु हामी व्यवसायीका लागि राम्रो र खुसीकै कुरा हो,’ खनालले भने । पछिल्लो समय मलेसिया सरकारले श्रमिकको आधारभूत पारिश्रमिक बढाउने निर्णय गरेस“गै नेपालीहरुका लागि मलेसिया अकर्षक गन्तव्य बनेको खनालले बताए ।
प्रकाशित मिति: बुधबार, असोज ५, २०७९  १५:४६
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP