Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • वाक स्वतन्त्रमाथि अंकुश नलाऊ
वाक स्वतन्त्रमाथि अंकुश नलाऊ
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, माघ १, २०७६
Hardik health
सरकारले जनताको मुख थुन्न खोजेको छ । संविधानमा जनताको वाक स्वतन्त्रतामाथि बन्देज नलगाइने भनेर स्पष्ट रूपमा भन्दै गरेको भए पनि सरकारले भने कानुन ल्याएर जनताको मुख थुन्ने प्रयास गरेको छ । जनताले आफ्नो असन्तुष्टि जनाउने थलोका रूपमा लिइएको सामाजिक सञ्जाललाई रोक लगाउने मात्र होइन, सरकारविरुद्ध केही लेख्नेमाथि ५ वर्ष कैद र १५ लाख रूपैयाँ जरिवाना लगाउने तयारी भइरहेको छ । बलात्कारले पाउने सजायभन्दा पनि बढी कैद र जरिवाना तोकेर सरकारले बलात्कार गर्न छुट तर सरकारविरोधी काम गर्न भने बन्देज लगाएको देखिन्छ । राणा शासन र पञ्चायती शासनका बखत पनि यत्तिका क्रूर कानुन ल्याइएको थिएन । तर, लोकतान्त्रिक सरकारले अधिनायकवादलाई मात खुवाउने गरी जनताको मुख थुन्नका लागि सरकारले संसदमा पेश गरेको सूचना प्रविधि विधेयक संसदमा पेस गरेको छ । सूचना प्रविधि विधेयक मौलिक हकविरुद्ध जनता सडकमा ओर्लनु पर्ने भएको छ । वाक स्वतन्त्रताको पक्षपाती जनताले यस्तो अधिनायकवाद शैलीको सरकारलाई स्वीकार गर्ने देखिएको छैन । हिजो राणा र राजाले पनि जनताको मुख थुन्ने प्रयास गर्दा आज उनीहरू भारत र जंगलको बास बस्नु परेको छ । संविधानले प्रत्याभूत गरेको मौलिक हकविरुद्धमा विधेयक ल्याइएको छ । सरकारले यसलाई सच्चाएन भने अब जनता सडक संघर्षमा उत्रनै पर्ने भएको छ । आफू शासन सत्तामा बस्दा आफ्नो विरोध पन नपराउनेहरू जनताको पक्षपाती हुनै सक्दैनन् । लोकतान्त्रिक सरकारले नागरिकको मौलिक हकलाई कुण्ठित गर्न विधेयक ल्याउन पाउँदैन । जनताको प्रतिनिधि भएर जनताको अधिकारमाथि कु गर्ने नैतिक अधिकार सरकारसँग छैन । संविधानले ग्यारेन्टी गरेका अधिकारको विरुद्धमा सरकारले कुनै पनि कानुन ल्याउनै पाउँदैन । उक्त विधेयक प्रेस स्वतन्त्रताको विरुद्धमा भएकाले आम नागरिकले यसको विरोध गर्नुको विकल्प छैन । विधेयक नसच्याएरै पारित गर्न खोजिए अहिलेका शासकहरू बढारिने छन् । विधेयकमा भएका आपत्तिजनक प्रावधान नसच्चाए सडक तात्दा शासकहरू कि त जंगलको बास कि त विदेश पलायन हुनुको विकल्प देखिएको छैन । संविधानअनुसार बनाइएका अन्य कानुनभन्दा विधेयकमा बढी जरिवाना तोकिनु सरकार पक्कै पनि सही बाटोमा हिँडिरहेको छैन । संविधानले दिएको वाक स्वतन्त्रतामाथि कुठाराघात गर्ने सरकारको गलत सोचाइले सरकारलाई नै बढार्ने देखिन्छ । सरकारले नागरिकलाई निरुत्साहित गर्न विधेयक ल्याउनु जनताको पक्षमा हुँदै होइन । नागरिकको मौलिक हकविरुद्धमा आउने कुनै पनि कानुन जनताले अस्विकार गर्नैपर्छ । नागरिकले लामो संघर्षबाट पाएको संघीय व्यवस्थामा सरकारले मौलिक हकलाई नियन्त्रण गर्न खोज्नु सबैभन्दा दुर्भाग्य हो । सरकारले नागरिकको आवाजबाट डराएर विधेयक ल्याएको देखिन्छ । जनताको आवश्यकतका पूरा गर्नुभन्दा पनि जनताको मुख थुनेर शासन गर्ने सरकारको सोचाइ देखिन्छ । यो विधेयक पारित भयो भने यसले जनताको सम्मान गर्दैन बरु जनताको हुर्मत लिने काम सरकारले गरेको ठहर्छ । यो विधेयक पारित भयो भने जनता र शासकबीच बैरीको जस्तो सम्बन्ध हुने देखिन्छ । जब जनता नै खुसी छैनन् भने सरकारले ल्याएको विधेयकले केही अर्थ लाग्ला त ?
प्रकाशित मिति: बुधबार, माघ १, २०७६  ०६:२४
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु शुक्रबार, कात्तिक २१, २०८२
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP