काठमाडौं– दक्षिण कोरियामा ४ वर्ष १० महिना भन्दा बढी बसेर स्वदेश फर्किएका विदेशी श्रमिकलाई कोरिया प्रवेशमा पुनः अवसर दिने भएको छ । कोरिया सरकारले यस्ता श्रमिकलाई सीमित क्षेत्रका लागि प्रवेशको व्यवस्था गरेको हो ।
सन् २०२० देखि पुनः प्रवेशका लागि भाषा, दक्षता र सीपमूलक भएकाहरूलाई प्राथमिकतामा राखेको छ । भाषा र सीप भएका श्रमिक प्राथमिकतामा राखेर सीप परीक्षण गर्ने बताइएको भएको छ ।
भाषा र सीपयुक्त विदेशी श्रमिकलाई प्रोत्साहन गर्ने र यो अवघि तीन महिनाबाट एक महिनामा ल्याउने तयारी गरिरहेको छ । । कोरियाका साना तथा मझौला व्यवसायमा नेपाली श्रमिकको माग धेरै हुन थालेको एचआरडीले जनाएको छ । तर, कृति क्षेत्रका लागि भने यसालाई मान्यता दिइएको छैन ।
दुई वर्षयता कोरियाका उद्योगसँगै उत्पादनमा गिरावट आएपछि प्रतिदिन थप २ घण्टा विदेशी श्रमिकलाई बढी काम गर्न दिने तयारी गरेको जनाइएको छ ।
कोरियाले सन् २०२० बाट जनशक्तिको अभाव कम गर्न प्रति हप्ता ५२ घण्टा काम गर्ने नीति अगाडि सारेको छ । कोरियाको श्रम बजारमा स्थानीय कामदारको अभाव भएपछि कोरिया सरकारले सन् २००४ देखि रोजगार अनुमति प्रणालीअनुसार विदेशबाट कामदार लैजान सुरु गरेको थियो । नेपालबाट भने सन् २००८ बाट कामदार लान थालिएको हो । हाल कोरियामा करिब ४५ हजार नेपाली कामदार कार्यरत रहेका छन् ।
प्रकाशित मिति: बुधबार, माघ १, २०७६ ०५:२०